स्याङ्जा १२ असोज । जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जेनजीको आन्दोलनका बेला लुटिएका हातहतियार फिर्ता गराउन सहित कारागारबाट फरार कैदीबन्दी र थुनुवालाई सम्पर्कमा आउन आग्रह गरेको छ ।
भदौ २३ र २४ गते भएको प्रर्दशनका क्रममा सुरक्षा निकायबाट हातहतियार र अन्य बन्दोबस्ती सामाग्री लुटिएको र देशका बिभिन्न जिल्लाका कारागारबाट केही कैदीबन्दी तथा थुनुवाहरु भागेको अवस्था भएको जनाउदै प्रहरीको १ सय नम्बरमा फोनगरि सम्पर्कमा आउन आग्रह गरिएको हो ।
यसरी भागेर बिभिन्न स्थानमा लुकिछिपी बसेका थुनुवा तथा कैदीबन्दी साथै लुटिएका हातहतियारबाट आपराधिक घटना हुन सक्ने संभावना रहेको जनाउदै तत्काल सम्पर्क आउन प्रशासकिय अधिकृत सूर्यप्रसाद शर्माद्धारा जारी जरुरी सूचना मार्फत आग्रह गरिएको हो ।