स्याङ्जा २६ भदौ । नेपाल तरुण दल स्याङ्जाले संविधान बमोजिम राष्ट्रपतिबाटै सरकार गठन गरी ‘जेनजी’ पुस्ताले उठाएका माग सम्बोधन गर्नू पर्ने जनाएकोे छ ।
बिहीबार साँझ स्याङ्जा सदरमुकाम स्थित सहिदचोकमा आयोजित कार्यक्रममा बोल्दै तरुण दलका कार्यवाहक अध्यक्ष रविन केसीले संविधानद्वारा तोकिएको जिम्मेवारी बमोजिम राजनीतिक निकास दिनु पर्नेमा जोड दिनुभयो । सरकार विहीन अवस्थामा रहेको मुलुकलार्ई जतिसक्दो छिटो संवैधानिक निकास दिन उहाले आग्रह गर्नुभयो ।
आन्दोलनका क्रममा भएको जनधनको अपुरणीय क्षतिप्रति दुख ब्यक्त गर्नुभयोे । संबैधानिक मूल्य मान्यता बमोजिम सबैको सहमति बमोजिम जेनजी पुस्ताले उठाएको जायज मागलाई सम्बोधन गर्नुपर्ने कार्यवाहक अध्यक्ष केसीको भनाई छ । तरुण, युवा, बिद्यार्थी लोकतान्त्रिक, गणतान्त्रिक शक्ति एकै ठाँउमा उभिएर संबिधानको रक्षा गर्नु आजको आवश्यकता रहेको जनाउनुभयो । राजनीतिक दलहरु संगठित हुदै एक पटक सच्चिएर अघि बढेर देशलाई गतिमा लैजान समेत कावा अध्यक्ष केसीले आग्रह गर्नुभयो ।
स्वतस्फुर्त रुपमा निस्केको रयालीले मुख्य बजारको परिक्रमागरी सहिदचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । सहभागीले संबैधानिक सर्बोच्चता कायम गर, संविधानको रक्षा गर, ‘जेनजी’ का जायज माग पुरा गर भन्ने मुख्य नारा लगाउदै बजार परिक्रमा गरेका थिए ।