Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, December 2
    Trending
    • भाग्योदयको स्वर्णमहोत्सव उदघाटनमा राष्ट्रपति पौडेल स्याङ्जा आउने
    • पूर्वनगरप्रमुख थापाको स्मृति दिवसमा रक्तदान
    • त्रिभुवन आदर्श माध्यमिक बिधालयमा बिज्ञान प्रदर्शनी
    • गल्याङमा लैगिक हिंसा विरुद्ध सचेतना कार्यक्रम
    • भीरकोटमा महिलासमूहबीच पञ्चेबाजा प्रतियोगितासंगै सचेतनामूलक कार्यक्रम
    • वालिङमा दश दिने बारिष्टा सीप स्तरोन्नति तालिम सुरु
    • मौलिकता झल्कनेगरि पालिकागान रचना गर्न वालिङको आग्रह
    • एमाले स्याङ्जाको महाधिवेशन प्रतिनिधि छनोैट सर्बसम्मत
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » सहायता सामाग्री बितरणदेखि दिप प्रज्वलनगरि स्याङ्जाभर मनाइयो अपांगता दिवस
    पुतलीबजार नगरपालिका

    सहायता सामाग्री बितरणदेखि दिप प्रज्वलनगरि स्याङ्जाभर मनाइयो अपांगता दिवस

    Syangja SandeshBy Syangja SandeshDecember 4, 2024Updated:December 4, 2024No Comments3 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १८ मंसिर । अपांगता भएका ब्यक्तिहरुका ३३ अन्र्तराष्ट्रिय दिवस पारेर मंगलबार सांझ पुतलीबजार नगरपालिका १ स्थित सहिद चोकमा दिप प्रज्वलन गरिएको छ ।

    पुतलीबजार नगरपालिका नगरकार्यपालिकाको कार्यालयको आयोजना स्याङ्जा अपांग समाज जिल्ला कार्य समिति स्याङ्जा र अपांगता सशक्तिकरण तथा सामुदायिक विकास केन्द्र स्याङ्जाको समन्वयमा दिप प्रज्वलन सहित बिबिध कार्यक्रम सम्पन्न गरिएको छ ।

    दिप प्रज्वलन कार्यक्रमको शुभारम्भ गर्दै जिल्ला समन्वय समिति प्रमुख श्रीप्रसाद जिटीले ब्यक्तिभित्रका अन्र्तनिहिन ब्यक्तित्व र क्षमता रहने बताउनुभयो । अवसर पाएमा अपांगता ब्यक्तिहरुले धेरै राम्रा काम तथा सेवा गरिरहेको बताउदै लक्षित बर्गलाई आमनागरिक सरह बनाउनेगरी राज्यले बिशेष शिक्षा सहितका बिशेष अवसर सृजना गर्नुपर्नेमा जोड दिनुभयो ।

    कार्यक्रममा शिक्षा विकास समन्वय इकाई कार्यालय प्रमुख विश्वराज आचार्य, पुतलीबजार प्रमुख प्रशासकिय अधिकृत धर्मराज ढुंगाना, वडाअध्यक्ष उत्तमप्रसाद श्रेष्ठ, प्रधानाध्यापक मुक्तिप्रसाद रेग्मी, पत्रकार महासंघका उपाध्यक्ष भवानी अधिकारी लगायत को उपस्थिती रहेको थियो । स्याङ्जा अपांग समाज जिल्ला कार्य समिति स्याङ्जाका अध्यक्ष राम शर्मा पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन अपांगता सशक्तिकरण तथा सामुदायिक विकास केन्द्र स्याङ्जाका अध्यक्ष युवराज पराजुलीले गर्नुभएको थियो ।

    पुतलीबजार नगरपालिका ३ स्थित बहिरा बिद्यालयमा अध्ययरत २४ जना बालबालिकालाई न्यानो कपडा प्रदान गरिएको छ । न्यानो कपडा बितरण कार्यक्रममा नगरप्रमुख तुलसीराम रेग्मी, उपप्रमुख देवी अर्याल, प्रमुख प्रशासकिय अधिकृत धर्मराज ढुंगाना, अपांगता सशक्तिकरण तथा सामुदायिक विकास केन्द्र स्याङ्जाका अध्यक्ष युवराज पराजुली लगायतले जाडोको मौसमलाई लक्षित गर्दे सो बिद्यालयमा अध्ययरत बालबालिकालाई लक्षित गर्दे न्यानो कपडा बितरण गरिएको बताउनुभयो ।

    सामाजिक विकास कार्यालय स्याङ्जाको आयोजना तथा स्याङ्जा अपांग समाज स्याङ्जाको समन्वयमा गल्याङ्को भानुभक्त माविमा अध्ययरत ८ जना बालबालिकालाई शैक्षिक सामाग्री सहित २२ जना अपांगता भएका ब्यक्तिहरुलाई सहायक सामाग्री उपलब्ध गराइएको छ । सो कार्यक्रममा नगरप्रमुख गुरुप्रसाद भट्टराई, उपप्रमुख हेमा न्यौपाने, सामाजिक विकास कार्यालय प्रमुख जीवन पौडेल, स्याङ्जा जिल्ला अपांग समाज स्याङ्जाका अध्यक्ष राम शर्मा पाखरेल लगायतले सामाग्री बितरणले लक्षित बर्गको जीवनयापनका लागि सहज बन्नेमा जोड दिनुभएको थियो ।

    फेदीखोला गाउँपालिकामा पनि प्रभातफेरी सँगै सामाजिक विकास कार्यालयको तर्फबाट अपाङ्गता भएका व्यक्तिहरुको लागि सहायता सामाग्री वितरण गरिएको थियो । कार्यक्रममा गाउँपालिका अध्यक्ष घनश्याम सुवेदी , उपाध्यक्ष अन्य जनप्रतिनिधिको उपस्थितिमा विगत ४ वर्ष देखी आफ्नो पालिकामा भित्र रहनुभएका अंपागता भएका व्यक्तिको लागि निःशुल्क स्वास्थ्य विमा गरेको र गाउँपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

    फेदीखोला गाउँपालिका वडा नं. १ मा रहेको कालाभैरव मा.वि.मा दृष्टिविहिन बालबालिकालाई शैक्षिक सामाग्री र सहायता सामाग्री सेतो छडी वितरण गरिएको सामाजिक विकास कार्यालयका प्रमुख जीवन पौडेलले बताउनु भयो ।

    पुतलीबजार नगरपालिका वटा नं. ३ मा रहेको चण्डी आधारभूत विद्यालयमा बहिरा अपांगता भएका विद्यार्थीबीच खेलकूद प्रतियोगिता गरी पुरस्कार वितरण गरिएको छ । यसैगरी, सामाजिक विकास कार्यालय स्याङ्जाको आयोजना तथा सहयोगमा स्याङ्जा जिल्लाभरका विभिन्न पाँच वटा स्थानमा पुगेर अपांगता दिवस मनाएको कार्यालयले जनाएको छ ।

    हरेक वर्ष डिसेम्बर ३ तारिख हिजोका दिन मनाइने दिवस मनाउन यस वर्ष संयुक्त राष्ट्र संघले तय गरेको अन्तर्राष्ट्रिय नारा समावेशी र दिगो भविष्यको पूर्वाधार, अपांगता भएका ब्यक्तिहरुको प्रवल नेतृत्व यसको आधार भन्ने मूल नारा तय गरेको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    भाग्योदयको स्वर्णमहोत्सव उदघाटनमा राष्ट्रपति पौडेल स्याङ्जा आउने

    December 2, 2025

    पूर्वनगरप्रमुख थापाको स्मृति दिवसमा रक्तदान

    December 2, 2025

    त्रिभुवन आदर्श माध्यमिक बिधालयमा बिज्ञान प्रदर्शनी

    December 2, 2025

    गल्याङमा लैगिक हिंसा विरुद्ध सचेतना कार्यक्रम

    December 2, 2025

    भीरकोटमा महिलासमूहबीच पञ्चेबाजा प्रतियोगितासंगै सचेतनामूलक कार्यक्रम

    December 2, 2025

    वालिङमा दश दिने बारिष्टा सीप स्तरोन्नति तालिम सुरु

    December 2, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    भाग्योदयको स्वर्णमहोत्सव उदघाटनमा राष्ट्रपति पौडेल स्याङ्जा आउने

    December 2, 2025

    पूर्वनगरप्रमुख थापाको स्मृति दिवसमा रक्तदान

    December 2, 2025

    त्रिभुवन आदर्श माध्यमिक बिधालयमा बिज्ञान प्रदर्शनी

    December 2, 2025

    गल्याङमा लैगिक हिंसा विरुद्ध सचेतना कार्यक्रम

    December 2, 2025

    भीरकोटमा महिलासमूहबीच पञ्चेबाजा प्रतियोगितासंगै सचेतनामूलक कार्यक्रम

    December 2, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    भाग्योदयको स्वर्णमहोत्सव उदघाटनमा राष्ट्रपति पौडेल स्याङ्जा आउने

    December 2, 2025

    पूर्वनगरप्रमुख थापाको स्मृति दिवसमा रक्तदान

    December 2, 2025

    त्रिभुवन आदर्श माध्यमिक बिधालयमा बिज्ञान प्रदर्शनी

    December 2, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.