Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, August 26
    Trending
    • हरितालिका तीज सुरु, आज दर खाने दिन
    • स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो
    • वालिङमा एक महिने कुक तालिम सम्पन्न
    • तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न
    • कुटपिटबाट वालिङका एक युवकको मृत्यु, २ जना पक्राउ
    • भेषजराज साहित्य प्रतिष्ठानको ८८ औं रचना वाचन
    • मुक्तिनाथ फाउण्डेशनद्धारा बृद्धाश्रमलाई खाद्यान्न सहयोग
    • स्याङ्जाका पालिका स्वमुल्याङ्कनमा सुधारोन्मुख
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » रोयल सहकारीको साधारणसभा तथा १० औं अधिवेशन
    पुतलीबजार नगरपालिका

    रोयल सहकारीको साधारणसभा तथा १० औं अधिवेशन

    Syangja SandeshBy Syangja SandeshDecember 6, 2024No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङजा २१ मंसिर । पुतलीबजार नगरपालिका १ स्थित रोयल बचत तथा ऋण सहकारी सस्था लिमिटेडको २३ औ बार्षिक साधारणसभा तथा दशौं अधिवेशन शुक्रवारदेखि सुरु भएको छ ।

    अधिवेशनको उदघाटन गर्दै जिल्ला समन्वय समिति प्रमुख श्रीप्रसाद घर्तिले २०४६ सालअघि जिल्ला सदरमुकाममा दुई बटा बैंक रहेको र सेवा लिनका लागि यही आउनु पर्ने वाध्यता हुने गरेको बताउनुभयो ।

    बहुदलीय ब्यवस्थासंगै निजीकरणको अवधारणा अनुरुपपछि धेरै निजी क्षेत्रका पनि बैंक तथा बित्तिय संस्थाको स्थापनाले आमनागरिकलाई सहज बनाएको उहाले भन्नुभयो । जिल्लाकै उदाहरणीय तथा नमूना सहकारीका रुपमा परिचित रोयल सहकारीले सर्वसाधारणमा समेत राम्रा प्रभाव पार्न सकेको जनाउदै बहुउदेश्यीय सहकारी बन्न लागेकोमा खुशी ब्यक्त गर्नुभयो ।

    मुक्तिनाथ बिकास बैंकका अध्यक्ष भरतराज ढकालले कृषिका माध्यमबाट रोजगार र आत्मनिर्भर बन्न सक्ने बताउनुभयो । स्याङ्जाको मुख्य उत्पादन पहिचानगरी जिल्ला र पोखरा महानगरपालिकासंग समन्वय गर्दे उत्पादन र बजारीकरणमा जोडिन सकिने संभावना रहेको उहाले औल्याउनुभयो । स्वनियममा चल्न सक्ने कुनै पनि बित्तिय संस्था नोक्सान नहुने जनाउदै बित्तिय तथा गैरबित्तिय संस्था स्थापनागरि आयआर्जनमा जोडिन सकिने उहाको भनाई छ ।

    कार्यक्रममा मुक्तिनाथ विकास बैंकका संचालक सदस्य एवं रोयल सहकारीका निवर्तमान अध्यक्ष भरतरप्रसाद लम्सालले संस्थाको उन्नती र प्रगतीका निम्ति निस्वार्थ भावले सहकारीका नियम बमोजिम संचालन गरेमा सहकारीको गरिमा बढ्दै जानेमा जोड दिनुभयो ।

    जिल्ला बचत संघका अध्यक्ष रविन्द्र श्रेष्ठ, पुतलीबजार नगरपालिकाका वरिष्ठ अधिकृत धनप्रसाद कोइराल, नागरिक समाजका अध्यक्ष ओमप्रकाश शर्मा, राष्ट्रिय सहकारी बैंक पुतलीबजार शाखा प्रमुख दिपक कोइराला, पत्रकार महासंघका अध्यक्ष श्रीकृष्ण सिग्देल लगायतले सहकारीले पुरयाउदै आएको सेवाप्रवाह उत्साहपद रहेकोे जनाउदै जिल्लाकै एक नमूना सहकारी बन्न पुगेकोे बताउनुभयो ।

    सोही कार्यक्रममा अध्यक्ष नारायणप्रसाद पौडेल, सचिव प्रकाश डोटेल, कोषाध्यक्ष बद्रीप्रसाद श्रेष्ठ, लेखा नथा सुपरिवेक्षण समितिका सदस्य नविन ढकालले आ आफना जिम्मेवारीमा रहेका प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

    सोही कार्यक्रममा संचार क्षेत्र लगायत बिबिध क्षेत्रमा योगदान पुरयाउनुहुने ९ जनालाई सम्मान गरिएको थियो । पत्रकार तथा प्रेस यूनियन स्याङ्जाका निवर्तमान अध्यक्ष प्रदीप कोइरालालाई नगद, दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको थियो ।


    यसैगरी, सहकारीमा योगदान पुरयाएको भन्दै भोलानाथ लम्साल, नियमित बचतकर्ता खीमामाया गुरुङलाई सम्मान गरिएको थियो ।
    नियमित बचतकर्ता एवं जेष्ठ नागरिकहरुमा पूर्णचन्द्र उपाध्याय, रामबहादुर केसी, भुवनलाल खाती सुनार, लोकराज शर्मा, बेदप्रसाद उपाध्याय, हरिनारायण शर्मालाई सम्मान गरिएको थियो ।


    सहकारीका अध्यक्ष नारायणप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष बिष्णुप्रसाद पोखरेलले स्वागत एवं सचिव प्रकाश डोटेलले संचालन गर्नुभएको थियो । नयाँ कार्यसमिति तथा संचालक समिति चयन गर्दै भोली सम्पन्न हुने सहकारीले जनाएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025

    वालिङमा एक महिने कुक तालिम सम्पन्न

    August 25, 2025

    तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न

    August 25, 2025

    कुटपिटबाट वालिङका एक युवकको मृत्यु, २ जना पक्राउ

    August 25, 2025

    भेषजराज साहित्य प्रतिष्ठानको ८८ औं रचना वाचन

    August 24, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025

    वालिङमा एक महिने कुक तालिम सम्पन्न

    August 25, 2025

    तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न

    August 25, 2025

    कुटपिटबाट वालिङका एक युवकको मृत्यु, २ जना पक्राउ

    August 25, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025

    वालिङमा एक महिने कुक तालिम सम्पन्न

    August 25, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.