Close Menu
    Facebook X (Twitter) Instagram
    Saturday, November 1
    Trending
    • हलगोरु पालक किसानलाई गल्याङको प्रोत्साहन अनुदान
    • रोयल बचत तथा सहकारीको २४ औं बार्षिक साधारणसभा सम्पन्न, पत्रकार सिग्देललाई सम्मान
    • स्याङ्जाका सहायक ४० मार्गमा तोकिए नयाँ भाडादर
    • स्याङ्जा सडक महोत्सव सहित सामुहिक बेल विवाह गरिने
    • डिजिटल साक्षरता र कृत्रिम बुद्धिमत्ता तालिम सञ्चालन
    • काशीराज पाण्डे भागवत् प्रतिष्ठानद्धारा समाजसेवी र बिद्यार्थी सम्मानित
    • हिमान्सुको जन्मदिनमा आश्रमलाई खाद्यान्न र स्वास्थ्य परिक्षण
    • पुतलीबजारको ११ करोड ५६ लाखको विकासे बजेट
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » रोयल बचत तथा सहकारीको २४ औं बार्षिक साधारणसभा सम्पन्न, पत्रकार सिग्देललाई सम्मान
    पुतलीबजार नगरपालिका

    रोयल बचत तथा सहकारीको २४ औं बार्षिक साधारणसभा सम्पन्न, पत्रकार सिग्देललाई सम्मान

    Syangja SandeshBy Syangja SandeshNovember 1, 2025Updated:November 1, 2025No Comments3 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १४ कात्तिक । स्याङ्जा सदरमुकाम स्थित रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २४ औं बार्षिक साधारणसभा शुक्रवार सम्पन्न भएको छ । पुतलीबजार नगरपालिका १ स्थित सहकारीको भवनमा शुक्रवार सभाको आयोजना गरिएको हो ।

    सभाको उदघाटन गर्दै मुक्तिनाथ कृषि कम्पनीका अध्यक्ष सीताराम काफलेले सहकारीले नयाँ र साझा सोच दिए मात्र नयाँ काम हुने बताउनु भएको छ । सामाजिक सहयोग र सदभाव कायम राख्ने पनि सहकारीे नै भएको उहाले बताउनुभयो ।
    विकास र समृद्धी कृषिबाटै सम्भव भएको उहाले बताउनुभयो । ‘गाउँको उत्पादन बजारमा र बजारको पुँजी गाउँमा’ भन्ने मुल नाराका साथ कृषि कम्पनी स्थापना गरेको उहाले जानकारी गराउृनुभयो।

    धेरै क्षेत्रहरु संस्थागत हुँदा पनि कृषि कम्पनी संस्थागत बन्न नसक्नु दुःखद पक्ष रहेको बताउदै खोलिएका कम्पनी पनि राम्रो हुन नसकेको अध्यक्ष काफलेले सुनाउनुभयो । निजी क्षेत्र, सहकारी र स्थानीयपालिकाबीचको समन्वयले कृषिमा सफलता मिल्ने रोयल सहकारीका संस्थापक अध्यक्ष समेत रहेका काफलेकोे भनाई छ । ‘वास्तविक किसानले अनुदान पाएका छैनन् । तर, केही दिनका लागि टनेल देखाएर नक्कली किसान बन्दै अनुदान लिने गरेका छन्’ उहाले भन्नुभयो ।

    रोयल तथा मुक्तिनाथ विकास बैंकका संस्थापक एवं परिकल्पनाकार भरतराज ढकालले युवाहरुले रोजगार र अवसर नपाएकै कारण गएको भदौ २३ मा जेन—जी आन्दोलन भएको बताउनुभयो । युवा संरक्षण गर्न नसकेसम्म यस्ता आन्दोलन भइरहने उहाले बताउनुभयो । नेपालमा कृषि मार्फत उद्यम गर्न सकिन्छ । स्थानीय सरकारले सहयोग गरेमा कृषिमा काम गर्न जति पनि सकिने र बजारको अभाव नहुने संस्थापक ढकालको भनाई छ । कुनै एक सहकारी अर्थात रोयलले नै ब्यवस्थापन गरेर जिल्लाका ११ वटै पालिकासंग समन्वय गरेर कृषिमा काम गर्न चाहेमा मुक्तिनाथ कृषि कम्पनीले काम गर्न तयार रहेको मुक्तिनाथ विकास बैंकका पूर्व प्रमुख एवं र मुक्तिनाथ कृषि कम्पनीका पूर्व अध्यक्ष ढकालले जानकारी गराउनुभयो।

    मुक्तिनाथ विकास बैंकका संचालक सदस्य एवं रोयलका पूर्वअध्यक्ष भरतप्रसाद लम्सालले रोयल सहकारीको जननीका रुपमा स्थापित मुक्तिनाथ विकास बैंक अब छिटै वाणिज्य बैंकका रुपमा रुपान्तरित हुने बताउनुभयो ।
    सहकारीका संचालक, कर्मचारी, शेयर सदस्य र कारोवारीका असल कार्यका कारण रोयल हुदै विकास बैंक र अब, वाणिज्य बैंकका रुपमा फड्को मार्ने चरणमा पुगेकोे जानकारी गराउनुभयो।

    कार्यक्रममा रोयलका पूर्वसंचालक सदस्य एवं अधिवक्ता रामप्रसाद पोखरेल, पत्रकार महासंघका गण्डकी प्रदेश सदस्य श्रीकृष्ण सिग्देल, मुक्तिनाथ बिकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रघुम्न पोखरेल, रोयल सहकारीका सल्लाहकार नारायणप्रसाद पौडेल, नागरिक समाजका अध्यक्ष एवं पत्रकार महासंघका पूर्वअध्यक्ष ओमप्रकाश शर्मा, जिल्ला बचत तथा ऋण सहकारीका अध्यक्ष लोकनाथ रेग्मी लगायतले सहकारीका अवस्था, चुनौती र समाधानका उपायका बारेमा आ आफना धारणा सहितका मन्तब्य ब्यक्त गर्नुभएको थियो

    सभामा सहकारीका अध्यक्ष बिष्णुप्रसाद पोखरेलले, सचिव प्रकाश डोटेल, कोषाध्यक्ष बिपिन्द्रमान श्रेष्ठ, लेखा तथा सुपरीबेक्षण समिति संयोजक बद्रीप्रसाद श्रेष्ठ र ऋण उपसमिति संयोजक कुलानन्द लम्सालले आ आफना क्षेत्रगत प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
    सहकारीका अध्यक्ष बिष्णुप्रसाद पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष कुलानन्द लम्सालले स्वागत एव. सचिव प्रकाश डोटेलले संचालन गर्नुभएको थियो ।

    स्याङ्जा सदरमुकाम अर्थात पुतलीबजार नगरपालिका १ मा बिसं २०५९ सालमा स्थापित सहकारीको चालु आर्थिक बर्षमा ३ करोड ६८ लाख शेयर पुँजी, २३ करोड ५१ लाख निक्षेप संकलन, १८ करोड ९५ लाख लगानी, एक करोड ५४ लाख जगेडा कोषमा र बैंक मौज्यादमा ६ करोड २४ लाख रहेको प्रतिवेदनमा उल्लेख छ ।

    साधारण सभामा प्रस्तुत बिभिन्न प्रतिवेदनहरु, शेयर लाभांश र संरक्षित पुँजी सम्बन्धी, लेखा परीक्षकको नियुक्ति, बिनिमय पूर्नलेखन तथा नीति कार्यबिधि संशोधन लगायत बिबिध निर्णय एवं प्रस्ताव पारितगर्दै सम्पन्न भएको छ ।

    सोही सभामा एकजना पत्रकार सहित २ जना सहकारीका नियमित बचतकर्तालाई सम्मान गरिएको छ । सम्मान गरिनेमा सहकारी क्षेत्रमा कलम चलाएको भन्दै पत्रकार महासंघका गण्डकी प्रदेश सदस्य श्रीकृष्ण सिग्देललाई सम्मान गरिएको छ । अर्जुनचौपारी गाउँपालिका जन्मथलो भएका सिग्देल वालिङमा बसेर बिगत २५ बर्षदेखि पत्रकारितामा क्रियाशिल हुनुहुन्छ । हाल उनी सगरमाथा टेलिभिजन सहित राजधानी दैनिक र स्याङ्जाबाट प्रकाशित हुने पब्लिक आवाजका सम्पादक हुनुहुन्छ ।

    यस्तै, नियमित बचततर्फ पुतलीबजार नगरपालिका १० का मेडिकल ब्यवसायी बिनोद अर्याल र असल ऋणीकातर्फबाट बिरुवा गाउँपालिकाका ज्योतीमाया थापालाई पनि सम्मान गरिएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    हलगोरु पालक किसानलाई गल्याङको प्रोत्साहन अनुदान

    November 1, 2025

    स्याङ्जाका सहायक ४० मार्गमा तोकिए नयाँ भाडादर

    October 31, 2025

    स्याङ्जा सडक महोत्सव सहित सामुहिक बेल विवाह गरिने

    October 31, 2025

    डिजिटल साक्षरता र कृत्रिम बुद्धिमत्ता तालिम सञ्चालन

    October 31, 2025

    काशीराज पाण्डे भागवत् प्रतिष्ठानद्धारा समाजसेवी र बिद्यार्थी सम्मानित

    October 30, 2025

    हिमान्सुको जन्मदिनमा आश्रमलाई खाद्यान्न र स्वास्थ्य परिक्षण

    October 30, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    हलगोरु पालक किसानलाई गल्याङको प्रोत्साहन अनुदान

    November 1, 2025

    रोयल बचत तथा सहकारीको २४ औं बार्षिक साधारणसभा सम्पन्न, पत्रकार सिग्देललाई सम्मान

    November 1, 2025

    स्याङ्जाका सहायक ४० मार्गमा तोकिए नयाँ भाडादर

    October 31, 2025

    स्याङ्जा सडक महोत्सव सहित सामुहिक बेल विवाह गरिने

    October 31, 2025

    डिजिटल साक्षरता र कृत्रिम बुद्धिमत्ता तालिम सञ्चालन

    October 31, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    हलगोरु पालक किसानलाई गल्याङको प्रोत्साहन अनुदान

    November 1, 2025

    रोयल बचत तथा सहकारीको २४ औं बार्षिक साधारणसभा सम्पन्न, पत्रकार सिग्देललाई सम्मान

    November 1, 2025

    स्याङ्जाका सहायक ४० मार्गमा तोकिए नयाँ भाडादर

    October 31, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.