स्याङजा १९ मंसिर । पुतलीबजार नगरपालिकाले राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य दिवस मनाएको छ ।
दिवसको अवसर पारेर पुतलीबजार नगरकार्यपालिकाको आयोजनामा नगरपालिका भित्रका महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान सहित लैगिंक हिंसा लगायतको स्वास्थ्य सम्बन्धी प्रशिक्षण दिइएको छ ।
दिवसको उदघाटन गर्दै नगरप्रमुख तुलसीराम रेग्मीले स्वयंसेवीभावबाट सेवारत स्वयंसेविका पहिलो डाक्टर भएको बताउनुभयो । स्वास्य स्वयंसेविकाको सहयोग र भूमिका समाजमा अतुलनीय रहेको जनाउदै उहाहरु सधैधरी सम्मानयोग्य रहेको जनाउनुभयो । महिला स्वयंसेविकालाई लक्षित गर्दै उहाको आयआर्जनमा ध्यानदिई आत्मनिर्भर बनाउनका लागि नगरपालिकाले बिशेष योजना सहित अघि बढेको जानकारी दिनुभयो ।
कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत धर्मराज ढुंगाना, नगर प्रवक्ता मनोज पौडेल, सिनियर अनमी गीता न्यौपाने, स्वास्थ्य स्वयंसेविका भिमा जिटी लगायतले स्यंसेविकाको काम, कर्तब्य र भूमिकाका बारेमा जानकारी गराउनु भएको थियो ।
नगरस्तरीय सामुदायिक अहिला स्वास्थ्य स्वयंसविका समिति संयोजक तथा उपप्रमुख देवी अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वास्थ्य अधिकृत भवानीशंकर पोखरेलले स्वागत एवं स्वास्थ्य शाखा प्रमुख अनिषा सुवेदीले संचालन गर्नुभएको थियो ।
सोही कार्यक्रममा नगरपालिकाभित्र उत्कृष्ठ सेवा पुरयाउनु भएको १३ जना महिला स्वास्थ्य स्वंसेविकालाई सम्मान गरिएको थियो ।
सम्मानित हुनेमा वडा नं २ देखि १४ सम्मका क्रमश ः महिला स्वास्थ्य स्वयंसेविकाहरुमा जमूना गुरुङ, भिमकुमारी गुरुङ, तारा पोखरेल, खुमकुमारी मल्ल, सुमित्रा कार्की, मैना थापा, रमानाकुमारी शाही, राममाया राना, सुशिलादेवी राना, होमकुमारी लामिछाने, शोभा गुरुङ, भीमा जि.टी. र तीलकुमारी मल्ल हुनुहुन्छ ।