Close Menu
    Facebook X (Twitter) Instagram
    Monday, October 13
    Trending
    • फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने
    • स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया
    • जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया
    • अण्डा दिवस पारेर स्याङ्जाका ६३ बिद्यालयमा १६ हजार अण्डा बितरण
    • डा. टिकाराम पोखरेलको ‘अन्त्यारम्भ’ कथासङ्ग्रह प्रकाशित
    • एक हजार २८ प्याकेट पटका बरामद
    • भीरकोटमा चौथो बयँरघारी रमाइलो मेला सुरु
    • एकैदिन बिभिन्न ९ मुद्धाका फरार ८ कसुरदार पक्राउ
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » राष्ट्रिय धान दिवसमा लामागे फाँटमा धान रोपाई
    पुतलीबजार नगरपालिका

    राष्ट्रिय धान दिवसमा लामागे फाँटमा धान रोपाई

    Syangja SandeshBy Syangja SandeshJune 30, 2025No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १५ असार । नयाँ धान, नयाँ आशा, समृद्ध नेपालको आधार भन्ने मूल नाराका साथ स्याङ्जामा पनि राष्ट्रिय धान दिवस मनाइएको छ ।

    पुतलीबजार नगरपालिका १४ लामागे फाटमा आयोजित कार्यक्रममा कृषि ज्ञान केन्द्र स्याङ्जाको मुख्य सहयोग र पुतलीबजार नगरपालिका, कृषि बीउ उत्पादन केन्द्र वालिङ, प्रधानमन्त्री कृषि आधुनिकीकरण सुन्तला सुपरजोन स्याङजा, गण्डकी यातायात बस ब्यवसायी समिति स्याङ्जाको बिशेष सहयोगमा रोपाई महोत्सव गरिएको हो ।

    शिवालय कृषि तथा पशुपालन सहकारी संस्थाको आयोजना जीवन बिज्ञान स्याङजाको समन्वय र जिल्ला प्रहरी कार्यालय स्याङ्जाको ब्यवस्थापनमा दिवसमा बिबिध कार्यक्रम सहित मनाइएको छ ।

    दिवसको उदघाटन गर्दै प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद अर्यालले नेपालको भूमि कृषि उत्पादनका लागि अति उपयुक्त भएको बताउनुभयो । त्यसमा पनि धान उत्पादनगरि आत्मनिर्भर बन्नु पर्नेमा जोड दिनुभयो । नेपालीका मुख्य खाद्यबालीका रुपमा रहेको धान उत्पादन बढाउनेगरि लाग्नु पर्ने उहाले भन्नुभयो ।

    कार्यक्रममा कृषि ज्ञान केन्द्रका प्रमुख बिनोद हमाल, प्रहरी उपरीक्षक दधिराम न्यौपाने लगायतले दिवसको शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो । सहकारीका अध्यक्ष सीता पुरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जीवन बिज्ञानका जिल्ला संयोजक राधा अर्यालले स्वागत र नगर संयोजक निर्मला लम्सालले संचालन गर्नुभएको थियो ।

    यसैगरी, धान रोपाइृ सहित डोरी तान्ने साथीलाई बोकेर दोैडने प्रतियोगिता गरिएको थियो । डोरी तान्ने प्रतियोगितामा महिला तथा पुरुषको प्रतिस्पर्धामा दुबैतर्फ जिल्ला प्रहरी कार्यालय प्रथम भएको छ । यसैगरी, साथीलाई बोकेर हिड्ने प्रतियोगितामा पनि प्रहरी कार्यालय प्रथम र जीवन विज्ञान द्धितिय भएका छन । दिवसमा औपचारिक कार्यक्रमसंगै धान रोपेर मनाइएको छ ।

    असार १५ अर्थात् राष्ट्रिय धान दिवस मनाइँदै छ । असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि मनाइन्छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खाँदा शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार १५ मनाउँने गरिन्छ । विसं २०६१ मंसिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो ।

    कृषिप्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेसा खेतीपाती हो । किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन् । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ । मध्य गर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन् । असारमा एकपटक हिलोमा पस्नैपर्ने मान्यता पनि रहेको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने

    October 12, 2025

    स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया

    October 12, 2025

    जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया

    October 11, 2025

    अण्डा दिवस पारेर स्याङ्जाका ६३ बिद्यालयमा १६ हजार अण्डा बितरण

    October 11, 2025

    डा. टिकाराम पोखरेलको ‘अन्त्यारम्भ’ कथासङ्ग्रह प्रकाशित

    October 11, 2025

    एक हजार २८ प्याकेट पटका बरामद

    October 11, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने

    October 12, 2025

    स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया

    October 12, 2025

    जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया

    October 11, 2025

    अण्डा दिवस पारेर स्याङ्जाका ६३ बिद्यालयमा १६ हजार अण्डा बितरण

    October 11, 2025

    डा. टिकाराम पोखरेलको ‘अन्त्यारम्भ’ कथासङ्ग्रह प्रकाशित

    October 11, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने

    October 12, 2025

    स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया

    October 12, 2025

    जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया

    October 11, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.