Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, December 14
    Trending
    • रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
    • स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
    • वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
    • ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने
    • नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
    • बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर
    • पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
    • पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
    पुतलीबजार नगरपालिका

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    Syangja SandeshBy Syangja SandeshDecember 14, 2025Updated:December 14, 2025No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २७ मंसिर । पुतलीबजार नगरपालिकामा भएको आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी रोशनी आवासिय माविले जितेको छ । उपाधीसंगै रोशनीले लगातार तेस्रो पटक उपाधी जितेर रनिङ शिल्ड जित्न सफल भएको छ ।

    पुतलीबजार नगरपालिका १ स्थित मालेबगर खेलमैदानमा सम्पन्न प्रतियोगितामा सहभागी २४ विद्यालय मध्ये वडा नम्बर १ नारायणस्थानमा रहेको रोशनी माविले १९ स्वर्ण, ३ रजत र ४ कास्य पदक सहित उपाधी जितेको हो ।

    यसैगरी, प्रतियोगितामा पुतलीबजार नगरपालिका ६ स्थित हिमालय मावि ५ स्वर्ण, १ रजत पदक सहित दोश्रो भएको छ ।
    दुई स्वर्ण , ५ रजत र ३ कास्य पदक सहित स्याङ्जा मावि तेस्रो भएको भने १ स्वर्ण ५ रजत र ४ कास्य सहित त्रिभुवन आर्दश मावि सान्त्वना भएको छ ।

    प्रथम, द्धित्तिय र तृतीय हुने बिद्यालयले क्रमश ः १५ हजार, १० हजार र ७ हजार नगद सहित शिल्ड, मेडल, ट्रफी र प्रमाणपत्र पाएका छन् । प्रतियोगितामा बिभिन्न बिधामा उत्कृष्ठ भएका बिद्यार्थीलाई पनि ट्रफी सहितले पुरस्कृत गरिएको छ ।

    प्रतियोगितामा भलिबल, ट्रिपलजम्प, एथलेटिक्स (दौड), ज्याभलिन थ्रो, हाईजम्प, सटपुट, लङ्जम्प, कबड्डी, भलिवल र बिभिन्न मीटरका दौड लगायतका १५ वटा खेलहरू समावेश थिए । सबै प्रतियोगितामागरी १ हजार २८० बिद्यार्थी सहभागि थिए ।

    प्रथम, द्धितिय, तृतीय हुने बिद्यालयलाई नगद सहित रनिङ् शिल्ड, मेडल र प्रमाणपत्रले पुरस्कृत गर्दै नगर प्रमुख तुलसीराम रेग्मीले खेलकुद मार्फत विद्यार्थीहरूमा आत्मविश्वास, नेतृत्व क्षमता र अनुशासन विकास गर्ने उद्देश्य रहेको बताउनुभयो ।
    कितावी ज्ञान सहित खेलकूदका माध्यमबाट बालबालिकाको मानसिक एवं शारिरीक स्वस्थ्यताको विकास गराउनेमा जोड दिनुभयो । सबैका लागि खेलकूद आवश्यक रहेको जनाउदै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिदै जानेमा जोड दिनुभयो ।

    कार्यक्रममा नगर प्रवक्ता मनोज पौडेल, निमित्त प्रम्ुख प्रशासकिय अधिकृत बाबुराम बराल, वडा नं. ८ का अध्यक्ष इमबहादुर सेन, ७ का अध्यक्ष कृष्णबहादुर आले लगायतले पुरस्कृत गर्नुभएको थियो ।

    पुतलीबजार नगर खेलकूद विकास समितिका अध्यक्ष यामबहादुर गुरुङ्को अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन शिक्षा अधिकृत पुष्पराज जोशीले गर्नुभएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025

    पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी

    December 13, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.