स्याङ्जा २४ मंसिर । गल्याङ् नगरपालिकामाजारी राष्ट्रपति कप रनिङ शिल्ड प्रतियोगिताको उपाधी भानुभक्त माध्यमिक विद्यालयले जितेको छ । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नारा सहित आइतबार सुरु भएको प्रतियोगिता मंगलबार सकिएको हो ।
गल्याङ नगरपालिका ३ स्थित तल्लोगल्याङ खेल मैदानमा भएको प्रतियोगितामा भानुभक्त माविले ६ स्वर्ण, ५ रजत र ३ कास्य पदक सहित १४ पदक जितेर उपाधी पाएको हो । प्रतियोगितामा ६ स्वर्ण, ३ रजत र ५ कास्य सहित १४ पदक नै जितेर सार्बजनिक मावि दोश्रो भएको छ ।
पाँच स्वर्ण, ४ कास्य र ३ रजत गरी कुल १३ पदक सहित नेपाल राष्ट्र मावि तेस्रो भएको छ । तीन वटै सामुदायिक विद्यालय पहिलो, दोश्रो र तेस्रो भएका छन् ।
संस्थागत विद्यालय चिराग आवासीय माविले ४ स्वर्ण, ७ रजत र ५ कास्य सहित १६ पदक सहित सान्त्वना भएको छ ।
प्रथम, द्धितिय, तृतीय र सान्त्वना भएका विद्यालयलाई नगद पुरस्कार सहित शिल्ड, मेडल तथा प्रमाणपत्र वितरण गरिएको छ । नगरपालिकाभित्रका २२ वटा विद्यालय सहभागी भएको प्रतियोगितामा ७ वटा विद्यालय अंक विहीन भएका छन् ।
प्रतियोगितामा छात्र–छात्रा भलिबल, एथलेटिक्स, हाईजम्प, लङजम्प, सटपुट, मार्सल आर्ट कराते लगायत ३२ विधामा प्रतिस्पर्धा भएको थियो ।
पुरस्कृत गर्दे गल्याङ नगरप्रमुख गुरुप्रसाद भट्टराईले शिक्षा र खेलकूदलाई संगसंगै अघि बढाउनु पर्ने बताउनुभयो । शिक्षा र खेल क्षेत्रलाई नगरपालिकाले पहिलो प्राथमिकतामा राखेको भन्नुभयो ।
उपप्रमुख हेमा न्यौपाने, प्रमुख प्रशासकीय अधिकृत भविश्वर घिमिरे सहित वडाअध्यक्ष लगायतले शुभकामना ब्यक्त गनुर््भएको थियो भने कार्यक्रमको संचालन शिक्षा शाखा प्रमुख हिमलाल भण्डारीले गर्नुभएको थियो ।
