Close Menu
    Facebook X (Twitter) Instagram
    Saturday, September 13
    Trending
    • बालदिवसमा हुने भनिएको पञ्चेबाजा प्रतियोगिता स्थगित
    • हट्यो स्याङ्जाको कफर्यू र निषेधाज्ञा
    • नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्धारा सपथ
    • स्याङ्जा अदालतले हाल अत्यावश्यक सेवा मात्र दिने
    • संबिधानको रक्षा गर भन्दै युवा संघ स्याङ्जाको प्रर्दशन
    • नेपालमा भएको जेन जी आन्दोलन र अहिलेको परिदृष्य
    • छिटो निकास दिलाउन स्याङ्जा ४ दलको संयुक्त आग्रह
    • वालिङमा वनस्पति नक्साङ्कन हुँदै, पतञ्जली र वालिङबीच ६ बुँदे सम्झौता
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » राङखोला धोवादी सडक पक्की बनाउन ३ साता बन्द हुने
    बिरुवा गाउँपालिका

    राङखोला धोवादी सडक पक्की बनाउन ३ साता बन्द हुने

    Syangja SandeshBy Syangja SandeshMarch 19, 2025Updated:March 19, 2025No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङजा ५ चैत । स्याङ्जाको राङ्खोलादेखि धोवादी हुँदै बिरुवा गाउँपालिका जाने सडकखण्ड स्तरोन्नतिसँगै पक्की गराउने काम भैरहेको छ ।

    राङ्खोला—धोवादी ६ किलोमिटर सडकमा स्तरोन्नति सहित पक्कीको काम भैरहेको हो । सडकको पीच गर्नका लागि आधारभूत कार्य पूरा भैसकेकाले यही चैत्र ७ देखि ३० गतेसम्म आवागमन बन्द गरिने भएको हो ।

    पीचको काममा बाधा पुग्ने भएकाले बिरुवादेखि जिल्ला सदरमुकाम पुतलीबजार सवारी आवागमनका लागि वैकल्पिक बाटोको प्रयोग गर्न ठेकेदार कम्पनीको अनुरोधमा प्रमुख जिल्ला अधिकारी, पत्रकार एवम् सरोकारवालाहरुको उपस्थितिमा जानकारी सहितको सरसल्लाहमा आवागमन रोकिने भएको पूर्वाधार विकास कार्यालयका सिनियर इन्जिनियर दयाराम अधिकारीले जानकारी दिनुभयो ।

    पीच गरिने क्षेत्रभित्र अति आवश्यक पर्ने एम्वुलेन्स भने रोकिने छैन । निर्धारित समयसम्मका लागि विभिन्न ४ वटा वैकल्पिक सडकबाट आवागमन गर्न गराउन अनुरोध गरिएको छ ।

    बिरुवा—ओरष्टे—ज्यामिरे हुँदै सदरमुकाम घुम्ती बस र जीपका लागि तोकिएको छ । यसैगरी बिरुवा—धोवादी—राङभाङ—ज्यामिरेहुँदै घुम्ती जीप सञ्चालन गर्न भनिएको छ । धोवादी—खाली—खाङराङ—ज्यामिरे घुम्तीसम्म आवतजावतका लागि पनि जीपमात्र सञ्चालन गर्न सकिने छ ।

    यस्तैगरी जीप सञ्चालनका लागि बिरुवा—बेलघारी—गुमार्दी—पेल्काचौरहँुदै जाडखोलाको यात्रा तय गरिएको छ । जिल्ला प्रशासन एवम् जिम्मेवार व्यक्तिहरुको सल्लाह र निर्माण कार्य छिटो सम्पन्न गर्नका लागि निर्धारित रुटहरुबाट तोकिए वमोजिमका सवारी साधन सञ्चालन गरेर सवारी धनिहरुले सेवा दिन बिरुवा गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर कुँवरले अनुरोध गर्नुभएको छ ।

    राङ्खोला—धोवादी ६ किलोमिटर सडकमा स्तरोन्नतिसहित पीच गर्नका लागि ठेकेदार कम्पनी गणेशकुण्ड इन्द्रायणी रक्तकन्या जेभी काठमाडौंले २०८० भदौ १२ गते सम्झौता गरेको थियो ।

    सम्झौता अनुसार कम्पनीले २०८२ साउन २८ गतेसम्ममा सम्पन्न गर्नुपर्ने छ । तर करिव ५ महिना अगावै काम सम्पन्न गर्ने ठेकेदार कम्पनीका ज्ञानराज घिमिरेले बताउनुभएको छ । मौसमले साथ दिएको खण्डमा निधारित समयभन्दा अगावै पीचको काम सकिने ठेकेदार घिमिरेको भनाई छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    बालदिवसमा हुने भनिएको पञ्चेबाजा प्रतियोगिता स्थगित

    September 13, 2025

    हट्यो स्याङ्जाको कफर्यू र निषेधाज्ञा

    September 13, 2025

    नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्धारा सपथ

    September 13, 2025

    स्याङ्जा अदालतले हाल अत्यावश्यक सेवा मात्र दिने

    September 13, 2025

    संबिधानको रक्षा गर भन्दै युवा संघ स्याङ्जाको प्रर्दशन

    September 13, 2025

    नेपालमा भएको जेन जी आन्दोलन र अहिलेको परिदृष्य

    September 13, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    बालदिवसमा हुने भनिएको पञ्चेबाजा प्रतियोगिता स्थगित

    September 13, 2025

    हट्यो स्याङ्जाको कफर्यू र निषेधाज्ञा

    September 13, 2025

    नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्धारा सपथ

    September 13, 2025

    स्याङ्जा अदालतले हाल अत्यावश्यक सेवा मात्र दिने

    September 13, 2025

    संबिधानको रक्षा गर भन्दै युवा संघ स्याङ्जाको प्रर्दशन

    September 13, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    बालदिवसमा हुने भनिएको पञ्चेबाजा प्रतियोगिता स्थगित

    September 13, 2025

    हट्यो स्याङ्जाको कफर्यू र निषेधाज्ञा

    September 13, 2025

    नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्धारा सपथ

    September 13, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.