स्याङ्जा २३ मंसिर । वालिङ नगरपालिका १ स्थित रणविर जनहित माध्यमिक बिद्यालयले सोही बिद्यालयमा अध्ययरत बिद्यार्थीलाई सस्कार एवं नेैतिक शिक्षा लागु गरेको छ ।
बिश्व हिन्दु युवा संघ स्याङ्जाको पहलमा रणविरमा संस्कार (नैतिक शिक्षा ) विषय लागु भएको प्रधानाध्यापक लक्ष्मीप्रसाद रेग्मीले बताउनुभयो ।
मानिसले नैतिकता विर्सदै गएकाले अहिलेको अवस्थामा संस्कार सहितको नैतिक बिषय अध्ययन अध्यापन गराउन अति नै आबश्यक रहेको जनाउदै आफ्नो विधालयमा लागु गरेको प्रअ रेग्मीको भनाई छ । आउदा दिनहरुमा अन्य बिधालयहरुले पनि यी विषय लागु गर्न गराउनु पर्नेमा उनले जोड दिनुभयो ।
सस्कार शिक्षा विषय कक्षा ६ देखि ८ सम्मका विधार्थीलाई पढाउनेगरी तयार पारिएको विश्व हिन्दु युवा संघ स्याङ्जाका अध्यक्ष नबराज पौडेलले जानकारी दिनुभयो । बिगतदेखि नै नैतिक शिक्षा विषयमा अध्ययन गर्न गराउनु पर्ने माग उठाउदै संघले पालिका पालिकामा पुगेर ध्यानाकर्षण गराउदै आएको छ ।
