Close Menu
    Facebook X (Twitter) Instagram
    Wednesday, September 10
    Trending
    • सामुदायिक रेडियो स्याङ्जा तथा टेलिभिजनको बार्षिकोत्सव
    • पूर्णामृतका विद्याथीलाई स्वागतमै पढ्दै कमाउदै बारे अभिमुखीकरण
    • मुक्तिनाथ कृषि कम्पनीद्धारा ५५ लाखको सुन्तलाका बिरुवा बिक्री
    • माध्यमिक विद्यालय शिक्षक युनियन स्याङ्जाको बिरोध सभा
    • स्याङ्जामा शारीरिक अपांगता पहिचान तथा स्वास्थ्य परिक्षण शिविर
    • मानव बेचबिखन विरुद्धको दिवस स्याङ्जामा पनि
    • स्थानीय पालिकाका शिक्षा शाखा प्रमुख र सामाजिक विकास कार्यालयबीच अन्तरक्रिया
    • पैगम्बरको जन्मदिनमा बहिरा बिद्यालयलाई खाद्यान्न र नगद
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » सामुदायिक रेडियो स्याङ्जा तथा टेलिभिजनको बार्षिकोत्सव
    पुतलीबजार नगरपालिका

    सामुदायिक रेडियो स्याङ्जा तथा टेलिभिजनको बार्षिकोत्सव

    Syangja SandeshBy Syangja SandeshSeptember 9, 2025Updated:September 9, 2025No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २३ भदौ । नयाँ नेपाल निर्माणको आधार , ज्ञान, शक्ति र संचारमा समुदायको अधिकार भन्ने मूल नारा सहित सामुदायिक रेडियो स्याङ्जा एफ एम र स्याङ्जा टेलिभिजनले सोमबार बार्षिकोत्सव मनाएको छ ।

    बार्षिकोत्सवको उदघाटन गर्दे जिल्ला समन्वय समिति स्याङ्जाका प्रमुख श्रीप्रसाद घर्तिले आमनागरिकलाई शिक्षित बनाउने उदेश्यले स्याङ्जा सदरमुकाममा पुस्तकालय स्थापना गरिएको बताउनुभयो । विस २०४० सालमा स्थापित पुस्तकालय वाचनालयदेखि सुरुवात भएको उहाको भनाई छ ।

    तत्कालिन राजनीतिक तथा सामाजिक ब्यक्तिहरुको अगुवाईमा पुस्तकालयले जमघट हुने र अध्ययन तथा छलफल गर्ने स्थल बनाएको र आज संचार गृहका रुपमा स्थापित हुन हामी सबैको सुखद खबर भएको बताउनुभयो । पुस्तकालय, रेडियो तथा टेलिभिजन सबैको साझा संस्थाको रुपमा स्थापित भई समय सान्दर्भिकरुपमा अघि बढेको पनि उहाले भन्नुभयो । उहाले पुस्तकालयको ई– लाईब्रेरी को अवधारणा शुभारम्भ गर्नुभयो ।

    कार्यक्रममा सल्लाहकारहरू अनन्तराज मरासिनी, ख्यामनारायण शर्मा, ओमप्रकाश शर्मा, भरतप्रसाद लम्साल, लोकनाथ रेग्मी, संघ ताम्राकार, नारायणप्रसाद लम्साल, सुरजकुमार अधिकारी, कोषाध्यक्ष चन्द्रमणी पौडेल, प्रमुख व्यबस्थापक रमेश गोदारले शुभकामना मन्तव्य सहित संचार गृहको महत्व र आवश्यकताका बारेमा आ आफना धारणा ब्यक्त गर्नुभएको थियो ।

    संस्थाको अध्यक्ष ध्रुबबन्धु पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बरिस्ठ उपाध्यक्ष यादबराज शर्माले स्वागत र सचिब बलराम दोरंगाले संचालन गर्नुभएको थियो ।

    सामुदायिक रेडियो स्याङ्जा एफएम सोमबारबाट सत्रौँ वर्षमा र स्याङ्जा टेलिभिजन सातौंैं बर्षमा प्रवेश गरेको छ । समुदायमा सुचनाको पहुँच विस्तार गर्ने उद्देश्यले वि.सं. २०६६ साल भदौ २३ गते देखि रेडियो र २०७६ भदौ २३ गतेदेखि टेलिभिजन नियमित प्रसारणमा आएका हुन् । रेडियो स्याङ्जा तथा टेलिभिजन हाल दैनिक १८ घण्टा प्रशारण हुदैँ आएको छ ।

    लक्ष्मी स्मृति सामुदायिक पुस्तकालयले संचालनमा ल्याएको रेडियो र टेलिभिजनको बार्षिकोत्सवका अवसरमा अझ गुणस्तरीय र श्रोतामुखि समाचार र कार्यक्रम प्रसारण गर्ने अध्यक्ष ध्रुबबन्धु पौडेलले प्रतिबद्धता जनाउनुभयो । पाँच सय वाट प्रसारण क्षमता रहेको रेडियोको प्रशारण स्याङ्जा, पर्वत, कास्की, तनहुँ, पाल्पा, गुल्मी लगायतका जिल्लामा सुन्न सकिन्छ भने म्याक्स, मेरो, सिम टिभी लगायतका विभिन्न रिसिभर तथा अनलाइनमा टेलिभिजन हेर्न सकिने साथै अनलाइन माध्ययममा विश्वभर सुन्न सकिन्छ ।

    बार्षिकोत्सवको अवसर पारेर दुई हप्ताअघि यसअघि हाजिरी जवाफ प्रतियोगिता गरिएको थियो भने बार्षिकोत्सवमा दिन सरोकारवालीबीच समसामयिक बिषयमा छलफल एवं अन्र्तक्रिया गरिएको हो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    पूर्णामृतका विद्याथीलाई स्वागतमै पढ्दै कमाउदै बारे अभिमुखीकरण

    September 7, 2025

    मुक्तिनाथ कृषि कम्पनीद्धारा ५५ लाखको सुन्तलाका बिरुवा बिक्री

    September 7, 2025

    माध्यमिक विद्यालय शिक्षक युनियन स्याङ्जाको बिरोध सभा

    September 7, 2025

    स्याङ्जामा शारीरिक अपांगता पहिचान तथा स्वास्थ्य परिक्षण शिविर

    September 7, 2025

    मानव बेचबिखन विरुद्धको दिवस स्याङ्जामा पनि

    September 6, 2025

    स्थानीय पालिकाका शिक्षा शाखा प्रमुख र सामाजिक विकास कार्यालयबीच अन्तरक्रिया

    September 6, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    सामुदायिक रेडियो स्याङ्जा तथा टेलिभिजनको बार्षिकोत्सव

    September 9, 2025

    पूर्णामृतका विद्याथीलाई स्वागतमै पढ्दै कमाउदै बारे अभिमुखीकरण

    September 7, 2025

    मुक्तिनाथ कृषि कम्पनीद्धारा ५५ लाखको सुन्तलाका बिरुवा बिक्री

    September 7, 2025

    माध्यमिक विद्यालय शिक्षक युनियन स्याङ्जाको बिरोध सभा

    September 7, 2025

    स्याङ्जामा शारीरिक अपांगता पहिचान तथा स्वास्थ्य परिक्षण शिविर

    September 7, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    सामुदायिक रेडियो स्याङ्जा तथा टेलिभिजनको बार्षिकोत्सव

    September 9, 2025

    पूर्णामृतका विद्याथीलाई स्वागतमै पढ्दै कमाउदै बारे अभिमुखीकरण

    September 7, 2025

    मुक्तिनाथ कृषि कम्पनीद्धारा ५५ लाखको सुन्तलाका बिरुवा बिक्री

    September 7, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.