Close Menu
    Facebook X (Twitter) Instagram
    Friday, October 17
    Trending
    • पेल्काचौरमा जारी भलिवलको उपाधि शुक्लागण्डकी १२ लाई
    • राधिका अर्याल (राधा) को “अङ्कुर“ कविता सङ्ग्रह विमोचन
    • प्रहरी दिवसका अवसरमा खुला रक्तदान
    • खसी बोकाबाट कालीगण्डकीलाई एक करोड ३६ लाख आम्दानी
    • भूमि आयोग पुनस्र्थापनाको माग
    • बाख्रापालक किसानलाई खोर निर्माणमा अनुदान
    • गण्डकी महामेला एवं दामोदर धर्मोत्सवमा भक्तजनको घुईंचो
    • सरकारी सेवाप्रवाह सन्तोषजनक— उपप्रमुख सुवेदी
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » राधिका अर्याल (राधा) को “अङ्कुर“ कविता सङ्ग्रह विमोचन
    वालिङ् नगरपालिका

    राधिका अर्याल (राधा) को “अङ्कुर“ कविता सङ्ग्रह विमोचन

    Syangja SandeshBy Syangja SandeshOctober 17, 2025No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ३१ असोज । कवि राधिका अर्याल (राधा) को पहिलो साहित्यिक कृतिको कविता सङ्ग्रह “अङ्कुर“ को विमोचन गरिएको छ । ५६ वटा कबिता संग्रह गरिएको कृति विमर्श एवम “त्रियासी साहित्य साँझको आयोजनागरि बिमोचन गरिएको हो ।

    साहित्यिक पुनर्जागरणको छैटौँ वर्षोत्सव सहित त्रिभुवन अर्यालको ११ औँ वार्षिक पुण्यतिथि पारेर वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान, स्याङ्जाको संयोजन तथा प्रतिभा जागरण केन्द्र, वालिङ, स्याङ्जाको आयोजनामा “अङ्कुर“ कविता कृति विमोचन संगै “त्रियासी साहित्य साँझ“ त्रियासीमा गरिएको हो ।

    कार्यक्रममा वरिष्ठ साहित्यकार देवीप्रसाद वनवासी, समाजसेवी मोहन रेग्मी र वालिङ नगर उपप्रमुख कविता तिवारी, वक्ता द्वय दीपक लम्साल र विष्णु सुवेदीेसँगै कवि स्वयंद्वारा “अङ्कुर“ कविता कृतिको विमोचन गरिएको थियो । कविता लेखनमाथि केन्द्रित रहेर वक्ता द्वय सुवेदी र लम्सालले समीक्षात्मक जानकारी दिनुभयो ।

    बुवा त्रिभुवन अर्याल र आमा पार्वती अर्यालका छोरी कवि राधिका अर्याल (राधा) ले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातक र टोरोन्टो मेट्रोपोलीटियन युनिभर्सिटीबाट नर्सिङ विषयमा स्नातकोत्तर गर्नुभएको छ । नर्सिङशास्त्र र शिक्षाशास्त्रमा स्नातक गरिसकेकी र त्रिभुवन विश्वविद्यालय अन्तर्गतको शिक्षण अस्पतालमा २१ वर्ष सेवा पुरा गरेकी अर्याल हाल ओन्टारियो, क्यानडामा नर्सिङ व्यवस्थापकको रूपमा कार्यरत हुनुहुन्छ ।

    राधाको “अङ्कुर“ पहिलो साहित्यिक कृति हो । कवि स्वयंद्वारा प्रकाशित र मिलन समीरद्वारा भाषिक सम्पादन गरिएको “अङ्कुर“ मा विभिन्न समसामयिक विषय, प्रसङ्ग र सन्दर्भसँग सम्बन्धित ५६ वटा कविताहरु समावेश छन् । सानै उमेरदेखि नै साहित्य, व्यवहारिक शिक्षा र समाजसेवामा रुचि राख्ने अर्यालका थुप्रै सूचनामुलक लेख रचनाहरु स्वदेश तथा विदेशबाट प्रकाशित हुँदै आएका पत्र– पत्रिकामा समावेश भएका छन् । उहा विभिन्न समयमा भएका साहित्यिक प्रतियोगिता तथा काव्य गोष्ठीहरुमा पुरस्कृत तथा सम्मानित भैसक्नु भएको छ ।

    आमा पार्वती अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा किशोर अर्यालले स्वागत र वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान स्याङ्जाका संस्थापक संयोजक एवं कबि मिलन समीरले संचालन र शार्दुल अर्यालले धन्यवाद मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

    त्रियासी साहित्य साँझमा स्याङ्जाली स्रष्टाहरु प्रेमबन्धु सुवेदी, इन्द्रप्रसाद पाठक, गुरुप्रसाद ढकाल, वसन्त खनाल, शम्भु अर्याल, पूजा रेग्मी, लेखनाथ काफ्ले, शोभाकान्त रेग्मी, ढालबहादुर के.सी., खगेन्द्रजंग थापा, पारिश्वर न्यौपाने, राधिका अर्याल, चण्डिकाप्रसाद भट्टराई, सागर काफ्ले, सरस्वती अर्याल काफ्ले, डालकुमारी रेग्मी, दमकुमारी बगाले लगायतले आ आफ्ना रचनाहरु प्रस्तुत गरेका थिए ।
    समारोहमा प्रमुख आमन्त्रित व्यक्तित्व देवीप्रसाद वनवासीलाई दोसल्ला सहित सम्मान गरिएको थियोे भने विशिष्ट आमन्त्रित व्यक्तित्वहरुलाई मायाको चिनो प्रदान गरिएको थियोे ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    पेल्काचौरमा जारी भलिवलको उपाधि शुक्लागण्डकी १२ लाई

    October 17, 2025

    प्रहरी दिवसका अवसरमा खुला रक्तदान

    October 16, 2025

    खसी बोकाबाट कालीगण्डकीलाई एक करोड ३६ लाख आम्दानी

    October 16, 2025

    भूमि आयोग पुनस्र्थापनाको माग

    October 16, 2025

    बाख्रापालक किसानलाई खोर निर्माणमा अनुदान

    October 16, 2025

    गण्डकी महामेला एवं दामोदर धर्मोत्सवमा भक्तजनको घुईंचो

    October 16, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    पेल्काचौरमा जारी भलिवलको उपाधि शुक्लागण्डकी १२ लाई

    October 17, 2025

    राधिका अर्याल (राधा) को “अङ्कुर“ कविता सङ्ग्रह विमोचन

    October 17, 2025

    प्रहरी दिवसका अवसरमा खुला रक्तदान

    October 16, 2025

    खसी बोकाबाट कालीगण्डकीलाई एक करोड ३६ लाख आम्दानी

    October 16, 2025

    भूमि आयोग पुनस्र्थापनाको माग

    October 16, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    पेल्काचौरमा जारी भलिवलको उपाधि शुक्लागण्डकी १२ लाई

    October 17, 2025

    राधिका अर्याल (राधा) को “अङ्कुर“ कविता सङ्ग्रह विमोचन

    October 17, 2025

    प्रहरी दिवसका अवसरमा खुला रक्तदान

    October 16, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.