स्याङ्जा १३ असार । बाख्रापालक किसानका लागि पुतलीबजार नगरपालिकाले बाख्रापालन सम्बन्धी तालिम सहित प्रबिधि हस्तान्तरण गरेको छ ।
नगरपालिकाले गरिबी निबारणका लागी लघु उद्धम बिकास कार्यक्रम (मेडपा) कार्यक्रम अन्र्तगत नगरपालिकाभित्रका १४ वटै वडाका बाख्रापालन कृषकहरुको सहभागितामा तालिम दिएको हो ।
तालिमको समापनसंगै प्रबिधि हस्तान्तरण गर्दै पुतलीबजार बाख्रापालनका लागि उपयुक्त हावापानी र प्रशस्त घाँस भएको क्षेत्र भएकाले ध्यानपूर्वक वाख्रा पालन गर्न आग्रह गर्नुभयो । बाख्रापालन गरेर राम्रो आम्दानी गर्न सकिने जनाउद ब्यवसायिकरुपमा बाख्रा पालेर राम्रो आम्दानी गर्नु पर्ने बताउनुभयो ।
तालिमलाई व्यबहारमा लागु गर्दे उद्धमशिल बन्न सुझाव दिदै बाख्रापालनसंगै खेतीबाली सहित तरकारी र फलफूलमा समेत जोडिन सकिने उहाको भनाई छ ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत धर्मराज ढुङ्गाना, नगर पशु चिकित्सक डा. अनिल चौधरी, वडा बिकास कार्यक्रम सदस्य मिना पौडेल लगायतले किसानका लागि बाख्रापालन उपयुक्त ब्यवसाय भएकोमा जोड दिनुभयो । कार्यक्रमको सहजीकरण रोजगार संयोजक लक्ष्मी शर्माले गर्नुभएको थियो ।