स्याङ्जा २४ मंसिर । पुतलीबजार नगरपालिकाले पालिकामा आउने सेवाग्राहीले स्वास्थ्य परीक्षण गर्ने सुबिधा पाउने भएका छन् ।
नगरपालिकाले मधुमेह र रक्तचाप सम्बन्धी समस्यालाई पालिकाबाटै सहजरुपमा जानकारी दिलाउने उदेश्यले सो सेवा निशुल्क उपलब्ध गराइएको हो ।
अबदेखि नगरपालिकामा आउने सेवाग्राहीसंगै जनप्रतिनिधि र कर्मचारीले आफुमा मधुमेह र रक्तचापको अवस्था के कस्तो छ भनी स्वास्थ्य परीक्षण गर्न सक्ने भएका हुन । पालिकाका स्वास्थ्य कर्मचारीले सेवाग्राही, कर्मचारी सहित जनप्रतिनिधिका मधुमेह र रक्तचाप सम्बन्धी परीक्षण गरेका छन ।
बुधवारदेखि सुरु गरिएको निशुल्क स्वास्थ्य परीक्षणको नगरप्रमुख तुलसीराम रेग्मीले शुभारम्भ गर्नुभएको थियो । प्रमुखसंगै प्रमुख प्रशासकिय अधिकृत धर्मराज ढुंगाना, नगर प्रवक्ता मनोज पौडेल लगायत नगरपालिकामा आएका सेवाग्राहीले पनि स्वास्थ्य परीक्षण गराएका थिए ।
स्वास्थ्य परीक्षणमा स्वास्थ्य शाखा प्रमुख अनिषा सुवेदी र स्वास्थ्य अधिकृत इश्वर थापाले सहजीकरण गर्नुभएको छ ।
