स्याङ्जा ३१ बैशाख । पुतलीबजार नगरपालिका वडा नं. ३ बाडखोलामा ५ दिने जरी माला बनाउने सीपमुलक तालिम सकिएको छ ।
पुतलीबजार नगरपालिकाको आयोजना तथा बाड्खोला मुस्लिम समाजको व्यवस्थापनमा हुने तालिमको समापन गर्दै नगर प्रमुख तुलसीराम रेग्मी महिलाहरुलाई सीपसंगै ब्यवसायी बनाउने उदेश्यले तालिम आयोजना गरिएको बताउनुभयो ।
सीप सिकेर आयआर्जन गर्न सुझाव दिदै प्रमुख रेग्मीले ब्यवसायका लागि थप आवश्यक भएमा एडभान्स खालका तालिम समेत उपलब्ध गराउने बताउनुभयो ।

कार्यक्रममा उपप्रमुख देवी आर्याल, वडासदस्य अमिर बक्स मिया, पत्रकार भवानी अधिकारी, तालिमका सहभागि संगीता हमाल, प्रशिक्षक हसिना मिया लगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
बाड्खोला मुस्लिम समाजका कार्यबहाक अध्यक्ष शा खालिद मियाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहसचिव अमिर आलमले संचालन गर्नुभएको थियो । प्रशिक्षक हसिना मियाले प्रशिक्षण दिनुभएको सो तालिममा मुस्लिम र गैरमुस्लिमगरि २५ जना सहभागी थिए ।
