स्याङ्जा २८ जेठ । पुतलीबजार नगरपालिका १, स्याङ्जामा वाद्यबादन तालिम सम्पन्न भएको छ । व्यावसायिक तथा सीप विकास तालिम केन्द्र पोखराको आयोजना तथा पुतलीबजार १ नम्वर वडा कार्यालयको समन्वयमा विष्णुपधेँरामा संचालित १५ दिने वाद्यबादन तालिम आज सम्पन्न भएको हो ।
सो तालिमको समापन गर्दै पुतलीबजार नगरउपप्रमुख देवी अर्यालले सिकेको सीपलाई व्यवहारमा लागु गर्नपर्ने कुरामा जोड दिनुभयो । नेपाली मौलिक कला र संस्कृतिको संरक्षणमा पालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । बाद्यवादनले मानसिक तनावलाई मुक्त बनाई शान्ति बनाउने हुदाँ यस्ता तालिमको आवश्यकता रहनेमा जोड दिनुभयो ।
कार्यक्रममा वडा अध्यक्ष उत्तम प्रसाद श्रेष्ठ, वडा सदस्य विष्णु कुमार श्रेष्ठ, प्रशिक्षक विजय गुरुङ्ग, प्रशिक्षार्थी भवानी अधिकारी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
व्यावसायिक तथा सीप विकास तालिम केन्द्र पोखराका लेखा अधिकृत विनोद रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा दुर्गादेवी सामुदायिक विकास केन्द्रका संयोजक युवराज पराजुलीले स्वागत र सञ्चालन तालिम केन्द्रका प्रशिक्षक कृष्ण प्रसाद थापाले गर्नुभएको थियो ।
तालिममा विजय गुरुङ्गले प्रशिक्षण दिनुभएको थियो । २२ जना सहभागि रहेको तालिममा हार्मोनियम, मादल, गिटार लगायतका वाद्यवादन बजाउन सिकाइएको थियो ।