Close Menu
    Facebook X (Twitter) Instagram
    Monday, December 15
    Trending
    • रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
    • स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
    • वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
    • ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने
    • नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
    • बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर
    • पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
    • पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » पुतलीबजारको ११ करोड ५६ लाखको विकासे बजेट
    पुतलीबजार नगरपालिका

    पुतलीबजारको ११ करोड ५६ लाखको विकासे बजेट

    Syangja SandeshBy Syangja SandeshOctober 30, 2025Updated:October 30, 2025No Comments3 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ११ कात्तिक । स्याङ्जाको सदरमुकाममा रहेको पुतलीबजार नगरपालिकाले ठूला पूर्वाधार विकास योजनामा साँढे ११ करोड लगानी गर्ने भएको छ ।

    आर्थिक वर्ष २०८२÷०८३ मा नगरपालिकाले नगरभित्रका २४ वटा ठूला योजनाहरुलाई ११ करोड ५६ लाख रुपैयाँ लगानी गर्ने भएको हो । योजनाहरुमा संघ, प्रदेशको अनुदान र नगरपालिकाको आन्तरिक श्रोत समेतको साझेदारीमा उक्त रकम खर्च हुनेछ ।

    ठूला योजनामध्ये एक करोड ४० लाखको लगानीमा फोहोरमैला व्यवस्थापन, एक करोड ३५ लाखको लागतमा आमडाँडा–सतौ सडक निर्माण गर्नेछ । ९०÷९० लाखको लगानीमा मायाँटारी, पोखरीचौर–बेलबास सडक स्तरोउन्नती गरिने छ भने पुतलीबजार नगरपालिका–१४ को वडा कार्यालय–मैदान जोड्ने सडक निर्माण गर्ने लक्ष्य राखिएको नगरपालिकाले जनाएको छ ।

    सडक बोर्डसँगको साझेदारीमा ८० लाखको लगतमा नगरपालिकाले आवश्यकताका आधारमा झोलुङ्गे निर्माण गर्ने जनाएको छ । ६७ लाख रुपैयाँको लगानीमा नगरपालिकाको वडा नं.–१ मालेबगरस्थित खेल पूर्वाधारमा मैदान र कभर्ड हलको व्यवस्थापन र स्तरोउन्नती गर्ने तयारी गरिएको नगरपालिकाका योजना शाखाका डोलराज ढकालले जानकारी दिनुभयो ।

    चालु वर्षमा पूर्वाधार तर्फका एक दर्जन योजनाहरु कार्यान्वयनको चरणमै पुगिसकेको ढकालले बताउनुभयो । नगरपालिकाले सडक स्तरोउन्नती तर्फका ठूला योजनालाई कालोपत्रे र ढलान गर्नेछ । नगरका २४ वटै ठूला योजना समयमै निर्माण कार्य सक्नेगरी तयारी गरिएको ढकालले जनाउनुभयो ।

    नगरपालिकाले ६० लाखको लागतमा सडक स्तरोउन्नती, ४०÷४० लाखको लगानीमा तीन वटा योजना कान्छिबजार–आरुपाटा, सुम्रखोला–ओढोर–ढिम्रीगाउँ र छिपेहटिया–अर्जुनचौचारी–खोरबार जाने सडक निर्माण गर्नेछ । ३६ लाखको लागतमा मासुमा आत्मनिर्भर तथा स्वास्थ्य मासु उत्पादन परियोजना संचालन गर्ने भएको नगरपालिकाले जनाएको छ ।

    टापु सिँचाइ योजनाको दोस्रो चरणका लागि ३५ लाख विनियोजना गरेको नगरपालिकाले ३०÷३० लाखको लगानीमा रिङ्दी–स्यालढुङ्गा कुलो निर्माण गर्नेछ । २५ लाखका ७ योजनामध्ये खानेपानी, भवनको संरचनात्मक सुधार, विश्व शान्तिस्तुपा भवन निर्माणसँगै सडकहरु निर्माण र स्तरोउन्नती गर्ने लक्ष्य राखिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज ढुङ्गानाले सुनाउनुभयो ।

    गएको आर्थिक वर्षको दायित्व भुक्तानीमा २३ लाख २५ हजार रुपैयाँ व्यवस्था गरेको नगरपालिकाले बहाकोट स्वास्थ्य चौकी समेतका दुई योजनालाई २०÷२० लाख विनियोजन गरेको छ । नगरका पूर्वाधार योजनामा नगरपालिकाले साँढे ११ करोड खर्च गर्ने लक्ष्य राखेको भएपनि पुतलीबजार नगरमा पूर्वाधार, खानेपानी र सिँचाइ कार्यालयले झण्डै ५० करोडका योजनाहरु निर्माण गर्नेछन् ।

    नगरपालिकाले चालु आर्थिक वर्षमा सम्पन्न गर्ने लक्ष्य राखेका योजनामा नगरपालिकाको आन्तरिक श्रोत, संघीय सरकारको विषेश, समपुरक र शसर्तसँगै प्रदेश सरकारबाट हस्तातरित कार्यक्रममा समाबेश आयोजनाहरु रहेको नगरपालिकाका नगर प्रमुख तुलसीराम रेग्मीले बताउनुभयो । वडास्तर र नगर तहबाट साना र ठूला गरी करिब १५० योजनाहरुलाई चालु वर्षमा झण्डै ५० करोड विनियोजन गरिएको प्रमुख रेग्मीको भनाई छ ।

    देश संघीयतामा गएसँगै बनेका स्थानीय तहले पूर्वाधार विकास निर्माणलाई प्राथमिकता दिएका छन् । पछिल्लो समय विकासको गति हेर्दा स्थानीय तहबीच कसले छिटो र राम्रो पूर्वाधार बनाउने भन्ने प्रतिस्पर्धा नै चलेको जस्तो भान हुन्छ । यसैक्रममा स्याङ्जाका ११ स्थानीय पालिकाले पूर्वाधार विकासलाई उच्च प्राथमिकता दिदै बजेटको ठूलो हिस्सा खर्च गर्दै आएका छन् ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.