स्याङजा १ भदौ । पुतलीबजार नगरपालिकाद्धारा आयोजित नगरस्तरीय हरितालिका तीजगीत प्रतियोगिता आइतवार सिटीहलमा सम्पन्न भएको छ । प्रतियोगितामा वडा नं. ९ कोल्मास्थित एकता बुहारी समूह प्रथम भएको छ ।
यसैगरी, वडा नं. ११ स्थित सुम्रेखाला आमा समूह द्धितिय, वडा नं. ३ स्थित कालिका भैरब आमा समूह तृतीय, वडा नं. १ स्थित माइस्थान टोल विकास समितिले सान्त्वना भएका मूल्यांकन समितिका संयोजक एवं लोकगायक घनश्याम रिजालले जानकारी दिनुभयो । प्रतियोगितामा बिभिन्न १६ वटा समूह सहभागी थिए ।
तीजगीत कार्यक्रमको उदघाटन गर्दै नगरप्रमुख तुलसीराम रेग्मीले महिलाहरुका महानपर्व तीजको शुभकामना ब्यक्त गर्नुभयो । दिदीबहीनीलाइृ स्वावलम्बी र आत्मनिर्भर बनाउनेतर्फ पुतलीबजारले बिभिन्न सीपमूलक तथा आयआर्जनसंग सम्बन्धित तालिम तथा प्रशिक्षण दिदै आएको बताउनुभयो । आउदा दिनमा पनि सीपमूलक तथा आयआर्जन सम्बन्धि कार्यलाई निरन्तरता दिईनेमा जोड दिनुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्याल, नगर स्तरीय बिज्ञ समूहका संयोजक भरतप्रसाद लम्साल लगायतले धार्मिक, सामाजिक एवं सांस्कृतिक महत्व जोडिएको तीज पर्वको शुभकामना दिनुभएको थियो ।
प्रतियोगितमाप्रथम, द्धितिय, तृतीय र सान्त्वनाहुनेले नगद सहित प्रमाणपत्रले पुरस्कृत गरिएको छ । विजयी समूहलाई नगरप्रमुख तुलसीराम रेग्मी र उपप्रमुख देवीअर्यालले पुरस्कार प्रदान गर्नुभएको हो ।
नगर उपप्रमुख देवी अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यपालिका सदस्यअनिता रुचालले स्वागत एवं शिक्षाशाखाका शोभा बस्यालले संचालन गर्नुभएको थियो ।