Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, December 14
    Trending
    • रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
    • स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
    • वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
    • ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने
    • नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
    • बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर
    • पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
    • पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » पुतलीबजारमा तनाब न्यूनिकरणमा भाषा, कला, साहित्य र संगीतको महत्व बिषयक प्रशिक्षण
    पुतलीबजार नगरपालिका

    पुतलीबजारमा तनाब न्यूनिकरणमा भाषा, कला, साहित्य र संगीतको महत्व बिषयक प्रशिक्षण

    Syangja SandeshBy Syangja SandeshDecember 8, 2024Updated:December 8, 2024No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २३ मंसिर । ब्यस्त जीवनलाई तनाव न्यूनिकरण गर्ने बनाउने उदेश्यले पुतलीबजार नगरपालिकाले शनिवार तनाब न्युनिकरण सम्बन्धी प्रशिक्षण गरेको छ ।

    पुतलीबजार प्रज्ञा प्रतिष्ठानको आयोजनामा भाषा, कला, साहित्य र संगीतको उपयोग गर्दै तनाव न्यूनिकरण गर्न सकिने जनाउदै प्रशिक्षण गरिएको हो ।

    मुरली वादकलाई मुरली हस्तान्तरण गरेर कार्यक्रमको उद्घाटन गर्दै पुतलीबजार नगरपालिकाका प्रमुख तुलसीराम रेग्मीले कला, भाषा, साहित्य र संगीतको माध्यमबाट जीवनमा आइपर्ने जुनसुकै तनाबहरुलाई न्युनिकरण गर्न सकिने बताउनुभयो । उहाले ब्यस्त जीवनले उत्पन्न हुन सक्ने मानसिक, सामाजिक तथा शारिरीक थकानलाई घटाउन भाषा, कला, साहित्य र संगीतको उपयोग गर्न सकिनेमा जोड दिनुभयो ।

    पुतलीबजारको भाषा, कला, साहित्य र संगीतको सम्बद्र्धन र संरक्षण गर्नका लागि पुतलीबजार प्रज्ञा प्रतिष्ठान गठनगरि सहयोग गर्दै आएको जानकारी गराए । आउदा दिनमा समेत नगरपालिकाले यि क्षेत्रमा आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । ।

    नगर उपप्रमुख देवी अर्याल, नगर प्रवक्ता मनोज पौडेल, स्याङ्जा साहित्य प्रतिष्ठानका उपाध्यक्ष डा. टिकाराम वाग्ले, त्रिभुवन आदर्श बहुमुखी क्याम्पस प्रमुख अर्जुनबन्धु अर्याल, त्रिभुवन आदर्श मा.वि.का विद्यार्थी संगम ढकाल लगायतले नगरपालिकामा गठित प्रतिष्ठानको महत्व र यसले पुरयाउदै आएको सकारात्मक प्रभावका बारेमा जानकारी गराउनुभयो । ।

    प्रतिष्ठानका उपकुलपति दुर्गाबहादुर शाह बाबाले तनाब न्युनिकरणमा कला, भाषा, साहित्य र संगीतको महत्व विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।

    कार्यपत्रमाथि प्राध्यापक डा. ज्ञान बहादुर कार्कीले टिप्पणी सहितको मन्तव्य राखेका थिए भने डा. अच्युतशरण अर्याल, मुक्तिप्रसाद रेग्मी, मनोज मल्ल, विरबहादुर क्षेत्री, प्रमोद पंग्यानी लगायतले भाषा, कला, साहित्य र संगीत सबै प्रााणीजगतका लागि उत्तीकै महत्व रहेकोमा जोड दिनुभयो । ।

    सोही कार्यक्रममा योगगुरु बसन्त बराल, सम्झना थापा र लक्ष्मी काफ्लेले आ–आफ्नो साहित्यिक प्रस्तुती राख्नु भएको थियो ।

    पुतलीबजार प्रज्ञा प्रतिष्ठानका कुलपति विश्वप्रेम अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत प्राज्ञ सदस्य भवानी अधिकारी र संचालन पुतलीबजार प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव बाबुराम बरालले गर्नुभएको थियो ।

    प्रशिक्षणमा पुतलीबजार नगरकार्यपालिका सदस्यहरु, वडाध्यक्षहरु, निजी तथा सरकारी बिद्यालयका प्रधानाध्यापक, बिद्यार्थी लगायतको सहभागिता थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.