स्याङ्जा ४ मंसिर । “मासुमा आत्मनिर्भर तथा स्वस्थ मासु उत्पादन कार्यक्रम” अन्र्तगत पुतलीबजार नगरपालिकाले कुखुराका चल्ला र दाना बितरण कार्य सुरु गरेको छ ।
पुतलीबजार नगरपालिकाले वडा नं. १, २ र ३ मा कुखुराको चल्ला तथा दाना वितरण गरेको हो । कृषि उत्पादनको प्रवद्र्धन, आय–आर्जनको अवसर विस्तार तथा स्थानीय किसानहरूको जीविकोपार्जनमा योगदान पु¥याउने उद्देश्यले चल्ला सहित दाना निशुल्क उपलब्ध गराइएको हो ।
नगरप्रमुख तुलसीराम रेग्मीले ती वडाहरुमा पुगेर चल्ला सहितका सामाग्री हस्तान्तरण गरेका हुन । चल्ला सहितका सामाग्री हस्तान्तरण गर्दै ब्यवसाय संचालनका लागि जाकरुक एवं ब्यवसायी बनाउने उदेश्यले पालिकाले सहयोग गरेको बताउनुभयो । कुखुरा पालेर आत्मनिर्भर बन्नुका साथै आयआर्जन गर्न सक्नेछु भन्ने लक्ष्यका साथ अघि बढ्न सुझाव दिनुभयो ।
सम्बन्धित वडा कार्यालयबाट सिफारिस भई आएका कुखुरा पालका किसानहरुलाई दिईने कुखुरा सहित दाना नगरपालिकाका १४ वटै वडामा बितरण गरिने नगरपालिकाले जनाएको छ ।
कार्यक्रममा नगर प्रवक्ता मनोज पौडेल, सम्बन्धित वडा अध्यक्षहरु एवं सचिवहरु, नगरपालिका पशु सेवा शाखा कर्मचारी लगायतले शुभकामना सहित कुखुरा पालनका बारेमा जानकारी गराएका थिए ।
राष्ट्रिय पशु प्रजनन कार्यालय, पोखराबाट खरिद गरि ल्याइएका ती कुखुराका चल्ला तथा दाना निशुल्क रूपमा वितरण गरिएको नगरपालिकाले जनाएको छ ।
