Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, November 9
    Trending
    • चापाकोट स्थित गुरुकुलका विद्यार्थीलाई स्वास्थ्य बीमा सुविधा
    • स्याङ्जामा माघ २६ देखि सडक महोत्सव र सामुहिक बेल बिवाह
    • स्याङ्जा प्रहरीद्धारा ६ महिने गतिबिधि सार्वजनिकरण
    • पुतलीबजारले किसानलाई ५० प्रतिशत अनुदानमा आलुको बीउ
    • फरार मध्ये ४ कारागार चलान २ को लगत कट्टा
    • खुला प्रतिस्पर्धाबाट छानिए गल्याङ बहुुमुखी क्याम्पस प्रमुखमा बस्याल
    • कात्तिक पूर्णिमाको साँझ मकै सुकाएर मनाइयो स्याङ्जामा साकिमन पर्व
    • कृषकका असल साथी, सम्झनामा माधव सर
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » पुतलीबजारमा ५७ करोडका पूर्वाधार निर्माण
    पुतलीबजार नगरपालिका

    पुतलीबजारमा ५७ करोडका पूर्वाधार निर्माण

    Syangja SandeshBy Syangja SandeshSeptember 10, 2025Updated:September 10, 2025No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा, २३ भदौ । विकासको प्रमुख आधार भएको मान्दै तिनै तहका सरकार पछिल्लो समय सडक तथा पूर्वाधार निर्माणमा केन्द्रित छन् । सडक नबन्दासम्म विकासमा पछाडी पर्यौ भन्ने हाम्रो मानसिकता छ । आमनागरिकको बुझाईसँगै सरकारले पुँजीगत खर्चको ठूलो हिस्सा सडक र पूर्वाधार निर्माणमै लगानी गरेको छ । केन्द्र तथा स्थानीय तहले पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको जस्तै स्याङ्जाको पुतलीबजार नगरपालिकाले सडक समेतका पूर्वाधारमा झण्डै ५७ करोड लगानी गरेकोे छ ।

    पुतलीबजारले ठूला सडक तथा पूर्वाधारतर्फ ९ वटा सडकमा ५२ करोड ६१ लाख ७६ हजार २९१ र सिँचाइ तथा खेलकुदमा ४ करोड ६७ लाख ८३ हजार ९१२ रुपैयाँ लगानी गरेको नगर प्रमुख तुलसी रेग्मीले बताए । आर्थिक वर्ष २०८१÷०८२ मा नगरका ठूला ११ सडक र पूर्वाधार निर्माणमा ५७ करोड २९ लाख ६० हजार २०३ रुपैयाँ लगानी गरेको रेग्मीले जानकारी दिनुभयो ।

    स्याङ्जा र तनहुँ जोड्ने प्रगतिनगर–बहाकोट, काल्खु सडकमा ३६ करोड ५३ लाख २८ हजार ४४३ रुपैयाँ लगानी भएको पुतलीबजारको सबै भन्दा ठूलो योजना हो । करिब ७ किलोमिटर पक्की सडक संघीय सरकार माफर्त विश्व बैंकको झण्डै ४५ करोड सहुलियत ऋण सहयोगमा निर्माण गरेको पुतलीबजारले जनाएको छ । ट्रयाक खोलेको झण्डै २५ वर्षपछि स्तरोन्नती गरिएको सडक समयसिमा भित्रै एकै वर्षमा निर्माण भएको हो ।

    पुतलीबजारले पुतलीखेत–सतौ, आरुचौर जोड्ने सडकमा ७ करोड ५२ लाख, नयाँबजार–ठूलाडिही सडक स्तरोन्नतिमा ५ करोड १७ लाख लगानी भएको जनाएको छ । बाडखोला–नयाँबजार खण्डको चम्फापानीमा एक करोड १५ लाख लगानी भएको नगर प्रमुख तुलसीराम रेग्मीले मसर्का–मोहोरिया, रामकोष–नयाँखोरिया, जाँडखोला–पेल्काचौर, नयाँबजार–पौवैगौडे, टक्सार र पुराना सडकको स्तरोन्नती गर्न झण्डै ३ करोड लगानी गरेको सुनाउनुभयो ।

    जिल्ला मुकाममै झण्डै ५ करोडको लागतमा १० वर्षपछि कभर्डहल निर्माण भएको छ । गएकै वर्ष पुतलीबजारले दुई करोड ७५ लाख २३ हजार लगानी गरेपछि कभर्डहल निर्माण सम्पन्न भएको हो । करोडौ लगानीमा वर्षौपछि बनेको कभर्डहलमा ब्याडमिन्टनका ४ टिमलाई खेल्न मिल्ने दुईवटा कोटमात्रै छन् ।

    पुतलीबजारले पूर्वाधार तर्फकै ठूला योजना सिँचाइमा एक करोड ९२ लाख, खानेपानी संरचनामा एक करोड ६ लाख ८२ हजार, सरसफाई संरचनामा ३४ लाख ५० हजार र भवनको संरचनात्मक सुधारमा २० लाख ५० हजार लगानी गरेको जनाएको छ । गएकै वर्षमा १४ वटा वडाका दुई दर्जन सडकहरुमा पुतलीबजारले करिब २ करोड रकम खर्चेर स्तरोन्नति गरेको जनाएको छ ।

    आर्थिक वर्ष २०८१÷०८२ को एक अर्ब ३४ करोड ६० लाख ५६ हजार ४१५ रुपैयाँको कुल बजेटमा एक अर्ब ११ करोड १४ लाख १९ हजार अर्थात ८२ प्रतिशत कुल वित्तीय प्रगति प्राप्त गरेको पुतलीबजारले पुँजीगत शिर्षकको भौतिक निर्माणमा ७९ प्रतिशत रकम खर्च गरेको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    चापाकोट स्थित गुरुकुलका विद्यार्थीलाई स्वास्थ्य बीमा सुविधा

    November 8, 2025

    स्याङ्जामा माघ २६ देखि सडक महोत्सव र सामुहिक बेल बिवाह

    November 8, 2025

    पुतलीबजारले किसानलाई ५० प्रतिशत अनुदानमा आलुको बीउ

    November 7, 2025

    फरार मध्ये ४ कारागार चलान २ को लगत कट्टा

    November 6, 2025

    खुला प्रतिस्पर्धाबाट छानिए गल्याङ बहुुमुखी क्याम्पस प्रमुखमा बस्याल

    November 6, 2025

    कात्तिक पूर्णिमाको साँझ मकै सुकाएर मनाइयो स्याङ्जामा साकिमन पर्व

    November 6, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    चापाकोट स्थित गुरुकुलका विद्यार्थीलाई स्वास्थ्य बीमा सुविधा

    November 8, 2025

    स्याङ्जामा माघ २६ देखि सडक महोत्सव र सामुहिक बेल बिवाह

    November 8, 2025

    स्याङ्जा प्रहरीद्धारा ६ महिने गतिबिधि सार्वजनिकरण

    November 8, 2025

    पुतलीबजारले किसानलाई ५० प्रतिशत अनुदानमा आलुको बीउ

    November 7, 2025

    फरार मध्ये ४ कारागार चलान २ को लगत कट्टा

    November 6, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    चापाकोट स्थित गुरुकुलका विद्यार्थीलाई स्वास्थ्य बीमा सुविधा

    November 8, 2025

    स्याङ्जामा माघ २६ देखि सडक महोत्सव र सामुहिक बेल बिवाह

    November 8, 2025

    स्याङ्जा प्रहरीद्धारा ६ महिने गतिबिधि सार्वजनिकरण

    November 8, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.