स्याङ्जा २९ असार । पुतलीबजार नगरपालिकाले पुँजीगत बजेट झण्डै ८० प्रतिशत खर्च गरेको छ ।
आर्थिक वर्ष २०८१÷०८२ को वित्तीय प्रगति सार्वजनिकगर्दै नगरपालिकाले ७९ दशमलब २९ प्रतिशत पुँजीगत बजेट खर्च गरेको हो । नगरपालिकाले पुँजीगत शिर्षकमा विनियोजन गरेको ७४ करोड ९६ लाख ९१ हजारको झण्डै ८० प्रतिशत अर्थात ५९ करोड ४३ लाख ९८ हजार ५ सय १८ रुपैयाँखर्च भएको नगरपालिकाले सार्वजनिक गरेको वित्तीय प्रगतिमा जनाएको छ ।
नगरपालिकाद्धारा चालु शिर्षकमा विनियोजित ५९ करोड ६३लाख ६५ हजार ४ सय १५ रुपैयाँको ८६ दशमलब ७३ प्रतिशतले हुन आउने ५१ करोड ७२ लाख ५७हजार ४ सय २७ रुपैयाँखर्च गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज ढुङ्गानाले बताउनुभयो । पुतलीबजारको समग्रमा वित्तीय प्रगति भने ८२ दशमलब ५८ प्रतिशत रहेको छ ।
आर्थिक वर्ष २०८१÷०८२ मा नगरपालिकाको कुल बजेट १ अर्ब ३४ करोड ६० लाख ५६ हजार ४ सय १५ रुपैयाँमध्ये १ अर्ब ११ करोड १६ लाख ५५ हजार ९ सय ४६ रुपैयाँखर्च गरेको सार्वजनिक वित्तीय प्रगतिमा उल्लेख छ ।