Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, August 24
    Trending
    • स्याङजा अस्पतालबाट विस्तारित सेवा
    • स्वतन्त्र बिद्यार्थी यूनियनद्धारा तीज बिशेष कार्यक्रम
    • स्याङ्जा प्रहरीको फरार प्रतिवादी पक्राउ अभियान जारी
    • फोर नाइन जीआर पल्टनको ६४ औ पुनस्थापना दिवस सहित तीजको शुभकामना
    • खुला तीज गीत प्रतियोगितामा एकता बुहारी समूह प्रथम
    • राज्यले उपेक्षा गरेको निबृत्त राष्ट्र सेवकको गुनासो
    • ठकुरी समाज स्याङ्जाद्धारा तीज शुभकामना आदानप्रदान
    • अमोर सेवा बालगृहलाई सहयोग हस्तान्तरण
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » पुतलीबजार नगर बिज्ञ समिति गठन, संयोजकमा लम्साल
    पुतलीबजार नगरपालिका

    पुतलीबजार नगर बिज्ञ समिति गठन, संयोजकमा लम्साल

    Syangja SandeshBy Syangja SandeshJune 8, 2025Updated:June 8, 2025No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २५ जेठ । पुतलीबजार नगरपालिकाले विज्ञ समिति गठन गरेको छ । स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा १४ को उपदफा (२) र (३) मा भएको व्यवस्था अनुसार नगरपालिकाले विज्ञ समिति गठन गरिएको हो ।

    विज्ञ समितिको संयोजकमा स्याङ्जा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख भरतप्रसाद लम्साल मनोनित हुनु भएको छ । समितिका संयोजक लम्साल मुक्तिनाथ विकास बैंकका संचालक र उहा नेपाल शिक्षक संघ केन्द्रिय समितिका निर्वतमान उपाध्यक्ष, प्याब्सनका सल्लाहकार तथा हिसान स्याङ्जाका निर्वतमान अध्यक्ष पनि हुनुहुन्छ ।

    विज्ञ समितिको सदस्यहरुमा लक्ष्मीस्मृति पुस्तकालय तथा सामुदायिक रेडियो स्याङ्जाका अध्यक्ष ध्रुवबन्धु पौडेल, नेपाल पत्रकार महासंघ स्याङ्जाका निर्वतमान उपाध्यक्ष भवानी अधिकारी, स्याङ्जाका अग्रणी अगुवा कृषक बोधराज अर्याल र विद्यालय तथा सहकारीका संचालक मनोज मल्ल मनोनित हुनुभएको छ ।

    समितिले शिक्षा, स्वास्थ्य, कृषि तथा पशु विकास, सूचना प्रविधि, वन वातावरण, महिला, दलित, बालबालिका र जेष्ठ नागरिकका विषयमा नगरपालिलाई आफ्नो विज्ञता अनुसार नीति निर्माण, निर्णयमा राय, सरसल्लाह र सुझाब दिनसक्ने पुतलीबजार नगरपालिकाले जनाएको छ ।

    विज्ञ समितिका संयोजक सहित सदस्यहरु स्वास्थ्य तथा शिक्षा, कृषि एवं वातावरण, मानव अधिकार, बैंक तथा वित्तिय संस्था, सञ्चार प्रतिष्ठान, सहकारी तथा निजी विद्यालय संचालक, राजनैतिक दलमा आबद्ध रहेर सामाजिक क्षेत्रमा विशिष्ट योगदान पु¥याएका व्यक्तिहरु हुनुहुन्छ ।

    स्थानीय सरकार संचालन ऐन, २०७४ ले दिएको सुविधा उपयोग गर्दै पुतलीबजार नगरपालिकाको हालै सम्पन्न कार्यपालिकाको बैठकले उहाहरुलाई विज्ञ समितिको संयोजक र सदस्यमा मनोनयन गरेको नगरपालिका प्रमुख (मेयर) तुलसीराम रेग्मीले जानकारी दिनुभयो ।

    यसैगरी, नगरपालिकामा हिजो आयोजित कार्यक्रममा नगरप्रमुख रेग्मी, उपप्रमुख देवी अर्याल र प्रमुख प्रशासकिय अधिकृत धर्मराज ढुंगानाले शुभकामना सहित विज्ञ सदस्यहरुको राय, सल्लाह सुझावले समग्र पुतलीबजारको शैक्षिक, भौतिक, सामाजिक विकासका लागि सहयोग पुग्ने बताउनुभयो ।

    सोही कार्यक्रममा विज्ञ संयोजक भरतप्रसाद लम्सालले समितिले नगरपालिका र समुदायबीचको सेतु बन्दै नगरपालिकालाई आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    स्याङजा अस्पतालबाट विस्तारित सेवा

    August 22, 2025

    स्वतन्त्र बिद्यार्थी यूनियनद्धारा तीज बिशेष कार्यक्रम

    August 22, 2025

    स्याङ्जा प्रहरीको फरार प्रतिवादी पक्राउ अभियान जारी

    August 22, 2025

    फोर नाइन जीआर पल्टनको ६४ औ पुनस्थापना दिवस सहित तीजको शुभकामना

    August 21, 2025

    खुला तीज गीत प्रतियोगितामा एकता बुहारी समूह प्रथम

    August 21, 2025

    राज्यले उपेक्षा गरेको निबृत्त राष्ट्र सेवकको गुनासो

    August 21, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    स्याङजा अस्पतालबाट विस्तारित सेवा

    August 22, 2025

    स्वतन्त्र बिद्यार्थी यूनियनद्धारा तीज बिशेष कार्यक्रम

    August 22, 2025

    स्याङ्जा प्रहरीको फरार प्रतिवादी पक्राउ अभियान जारी

    August 22, 2025

    फोर नाइन जीआर पल्टनको ६४ औ पुनस्थापना दिवस सहित तीजको शुभकामना

    August 21, 2025

    खुला तीज गीत प्रतियोगितामा एकता बुहारी समूह प्रथम

    August 21, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    स्याङजा अस्पतालबाट विस्तारित सेवा

    August 22, 2025

    स्वतन्त्र बिद्यार्थी यूनियनद्धारा तीज बिशेष कार्यक्रम

    August 22, 2025

    स्याङ्जा प्रहरीको फरार प्रतिवादी पक्राउ अभियान जारी

    August 22, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.