Close Menu
    Facebook X (Twitter) Instagram
    Wednesday, December 3
    Trending
    • ‘प्रथम वालिङ सडक खाना महोत्सव आजबाट सुरु’
    • भाग्योदयको स्वर्णमहोत्सव उदघाटनमा राष्ट्रपति पौडेल स्याङ्जा आउने
    • पूर्वनगरप्रमुख थापाको स्मृति दिवसमा रक्तदान
    • त्रिभुवन आदर्श माध्यमिक बिधालयमा बिज्ञान प्रदर्शनी
    • गल्याङमा लैगिक हिंसा विरुद्ध सचेतना कार्यक्रम
    • भीरकोटमा महिलासमूहबीच पञ्चेबाजा प्रतियोगितासंगै सचेतनामूलक कार्यक्रम
    • वालिङमा दश दिने बारिष्टा सीप स्तरोन्नति तालिम सुरु
    • मौलिकता झल्कनेगरि पालिकागान रचना गर्न वालिङको आग्रह
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » पुतलीबजारले बजार अनुगमन कार्ययोजना अनुरुप अनुगमन गर्ने
    पुतलीबजार नगरपालिका

    पुतलीबजारले बजार अनुगमन कार्ययोजना अनुरुप अनुगमन गर्ने

    Syangja SandeshBy Syangja SandeshSeptember 18, 2024Updated:September 18, 2024No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ३१ भदौ । पुतलीबजार नगरपालिकाले बजार अनुगमन कार्ययोजना बमोजिम अनुगमन गर्ने भएको छ । चालु आर्थिक बर्ष सुरु भएसंगै नगरपालिकाले निश्चित मापदण्ड तोकी कार्ययोजना तयार पारेको जनाएको छ ।

    बजार तथा पसल अनुगमन र उपभोक्ता सचेतीकरण गर्नेगरी बनाइएको कार्ययोजना नगर स्तरीय बजार अनुगमन समितिको बैठकले मंगलवार पारित गरेको छ । कार्ययोजनामा सचेत, जरिवाना र जफत गर्नेसम्मका अधिकार राखिएका छन ।

    ‘ब्यापारी र उपभोक्ता कुनै पनि ब्यवसायिक मारमा पर्नु हुदैन्। खरिद तथा बिक्री गर्ने सबै सामाग्रीमा शुद्धता र तोकिएको मूल्य बमोजिम कारवार गर्न सुझाव दिनेगरी अनुगमन तथा निरीक्षण कार्य अघि बढाईनु पर्ने’ नगरप्रमुख तुलसीराम रेग्मीले सुझाव दिनुभयो ।

    खाद्यान्न, औषधी, मासु, मिठाई, पेय पदार्थ, तरकारी तथा फलफुलमा मिसावट मिसाइएको तथा म्याद गुज्रेका सामाग्री खरिद गर्नु परेको उपभोक्ताका गुनासा छन । अर्कोतर्फ, घुमन्ते र पोके ब्यापारीका कारण घर तथा भाडाका ब्यवसायी मार्कामा परेको पनि ब्यापारीका भनाई छन् ।

    बजार अनुगमनका लागि आवश्यक उपकरण, औजार, बिज्ञ टोलीको अभाव रहेको जनाउदै आवश्यकता अनुरुप जनशक्ति र उपकारणका लागि खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालयसंग पनि समन्वय र सहकार्यगरि अनुगमन गरिने उपप्रमुख देवी अर्यालको भनाई छ ।

    यसअघि गरिएका बजार अनुगमनमा पनि मुख्य बजार क्षेत्रमै दर्ता नगरिएका पसल तथा होटल संचालन गरेका, नविकरण नगरिएका, म्याद गुज्रेका खाद्य सामाग्री, मूल्यमा एक रुपता नभई बिक्री गर्ने गरिए, पान नम्बर नलिएको भेटिएपछि सोही बमोजिम सचेत एवं सामाग्री जफत गरिएको पालिकाले जनाएको छ ।

    चाडबाड नजिकिएसंगै अनाधिकृत रुपमा ब्यापार ब्यवसायमा बृद्धि हुने, खाद्य तथा अखाद्य बस्तुको मिसावट तथा तोकिएका भन्दा बढी मूल्यमा बिक्री वितरण हुने हुदाँ नियमित रुपमा अनुगमन तथा निरीक्षण गर्नु पर्ने प्रमुख प्रशासकिय अधिकृत चिरञ्जिवी पौडेलले बताउनुभयो ।

    अनुगमन समितिमा नगर उपप्रमुखको नेतृत्वमा, नगरपालिकाका बजार अनुगमन अधिकृत, प्रहरी र प्रशासन कार्यालयबाट तोकिएका एक÷एक कर्मचारी, उपभोक्ता मंच, उद्योग वाणिज्य संघ, च्याम्बर अफ कमर्श, संचारकर्मी लगायत एक÷एक जना प्रतिनिधि रहने ब्यवस्था छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    ‘प्रथम वालिङ सडक खाना महोत्सव आजबाट सुरु’

    December 3, 2025

    भाग्योदयको स्वर्णमहोत्सव उदघाटनमा राष्ट्रपति पौडेल स्याङ्जा आउने

    December 2, 2025

    पूर्वनगरप्रमुख थापाको स्मृति दिवसमा रक्तदान

    December 2, 2025

    त्रिभुवन आदर्श माध्यमिक बिधालयमा बिज्ञान प्रदर्शनी

    December 2, 2025

    गल्याङमा लैगिक हिंसा विरुद्ध सचेतना कार्यक्रम

    December 2, 2025

    भीरकोटमा महिलासमूहबीच पञ्चेबाजा प्रतियोगितासंगै सचेतनामूलक कार्यक्रम

    December 2, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    ‘प्रथम वालिङ सडक खाना महोत्सव आजबाट सुरु’

    December 3, 2025

    भाग्योदयको स्वर्णमहोत्सव उदघाटनमा राष्ट्रपति पौडेल स्याङ्जा आउने

    December 2, 2025

    पूर्वनगरप्रमुख थापाको स्मृति दिवसमा रक्तदान

    December 2, 2025

    त्रिभुवन आदर्श माध्यमिक बिधालयमा बिज्ञान प्रदर्शनी

    December 2, 2025

    गल्याङमा लैगिक हिंसा विरुद्ध सचेतना कार्यक्रम

    December 2, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    ‘प्रथम वालिङ सडक खाना महोत्सव आजबाट सुरु’

    December 3, 2025

    भाग्योदयको स्वर्णमहोत्सव उदघाटनमा राष्ट्रपति पौडेल स्याङ्जा आउने

    December 2, 2025

    पूर्वनगरप्रमुख थापाको स्मृति दिवसमा रक्तदान

    December 2, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.