Close Menu
    Facebook X (Twitter) Instagram
    Monday, October 13
    Trending
    • फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने
    • स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया
    • जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया
    • अण्डा दिवस पारेर स्याङ्जाका ६३ बिद्यालयमा १६ हजार अण्डा बितरण
    • डा. टिकाराम पोखरेलको ‘अन्त्यारम्भ’ कथासङ्ग्रह प्रकाशित
    • एक हजार २८ प्याकेट पटका बरामद
    • भीरकोटमा चौथो बयँरघारी रमाइलो मेला सुरु
    • एकैदिन बिभिन्न ९ मुद्धाका फरार ८ कसुरदार पक्राउ
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » पुतलीबजार मेयर कपको उपाधी ठुलाडिही र पेल्काचौरलाई
    खेलकुद

    पुतलीबजार मेयर कपको उपाधी ठुलाडिही र पेल्काचौरलाई

    Syangja SandeshBy Syangja SandeshApril 16, 2025No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २ बैशाख । पुतलीबजार नगरपालिकाद्धारा आयोजित मेयर कप पुरुष तथा महिला भलिबल प्रतियोगिताको उपाधी वडा नं. ७ र १२ ले जितेका छन्। वडा स्तरीय प्रतियोगिता ५ दिन संचालन भएको थियो।

    पुरुषतर्फ वडा नम्बर ७ ठूलाडिही र महिलातर्फको उपाधी वडा नम्बर १२ पेल्काचौरले जितेको हो। खेलमा वडा नं. १२ लाई वडा नं. ७ ले हराउँदै मेयर कप पुरुष भलिबलको उपाधि जितेको हो।

    उपाधी जिजेता ठूलाडिही ले प्रथम स्थान सहित ८० हजार नगद ट्रफि मेडल र प्रमाणपत्र पाएको छ। यसैगरी उपविजतो पेल्काचौरले ५० हजार नगद सहित ट्रफि मेडल र प्रमाणपत्र हात पाएको छ।

    तेस्रो स्थानको वडा नम्बर ६ टक्सारले ३० हजार रुपैयाँ नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र पायो।

    यसैगरी महिलातर्फको प्रतियोगितामा वडा नम्बर १२ पेल्काचौर ले वडा नम्बर ६ टक्सार लाई हराउँदै उपाधि जित्न सफल भएको छ।
    प्रतियोगितामा पेल्काचौर प्रथम हुँदै ४५ हजार नगद सहित ट्रफि मेडल र प्रमाणपत्र उपविजेता वडा नम्बर ६ टक्सार दोस्रो स्थान मा रहदैै ३५ हजार नगद सहित ट्रफि मेडल र प्रमाणपत्र पाएको छ।

    तेस्रो स्थानमा आएको वडा नम्बर १३ सातुपसल ले २० हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ।

    भलिबल प्रतियोगितामा पुरुषतर्फ उत्कृष्ट खेलाडी ७ ठूलाडिही का सन्जु बिक्रम शाह, उत्कृष्ट सर्भर ७ ठूलाडिहीका सूर्य श्रेष्ठ, उत्कृष्ट डिफेन्डर १२ का जापान गुरुङ, उत्कृष्ट सेटर मा ७ का अन्जन केसी, उत्कृष्ट स्पाइकरमा र ६ राजु गुरुङ, उत्कृष्ट ब्लकर मा र १२ का मनोज भुजेल रहनुभएको छ । वडा नम्बर ७ का उत्तम थापा प्रशिक्षक मा उत्कृष्ट घोषित भए।

    महिलातर्फ उत्कृष्ट खेलाडीमा पुतलीबजार १२ पेल्काचौरका सुदिना गुरुङ , उत्कृष्ट सर्भरमा ६ टक्सारका दिया गुरुङ, उत्कृष्ट डिफेन्डरमा १२ का लोकशिला गुरुङ, उत्कृष्ट सेटरमा ६ का अनुष्का गुरुङ, उत्कृष्ट स्पाइकरमा १२ का सदिक्षा गुरुङ, उत्कृष्ट ब्लकरमा १३ का पूर्णता शाही र उत्कृष्ट प्रशिक्षकमा वडा नम्बर १२ पेल्काचौरका पदम गुरुङ उत्कृष्ट भएका हुन।

    विजयी खेलाडीलाई पुरस्कार एवं ट्रफि प्रदान गर्दै गरप्रमुख तुलसी रेग्मीले पुतलीबजार खेलकूदको हब बन्दै गएको बताउनुभयो । खेलकुदका पूर्वाधारसंगै आवश्यक सिप तथा तालिमको समेत ब्यवस्थापन गरिदै जाने उनले भने। पछिल्लो समय पुतलीबजारमा क्रिकेट, भविलवल र फुटवल जस्ता खेलमा निकै राम्रा खेलाडी उत्पादन हुन थालेको समेत जानकारी गराउनुभयो ।

    उपप्रमुख देवी अर्याल, प्रमुख प्रशासकीय अधिकृत धर्मराज ढुङ्गाना, नगर प्रवक्ता मनोज पौडेलले शुभकामना सबैका लागि खेल र स्वास्थ्यका लागि पनि खेल भएकोमा जोड दिनुभयो ।

    पुतलीबजार नगर खेलकुद समितिका अध्यक्ष यामप्रसाद गुरुङ्गको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन शिक्षा शाखा शोभा बस्यालले गर्नुभएको थियो । प्रतियोगितामा पुरुषतर्फ १० र महिलातर्फ ४ समूह प्रतिस्पर्धामा थिए।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने

    October 12, 2025

    स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया

    October 12, 2025

    जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया

    October 11, 2025

    अण्डा दिवस पारेर स्याङ्जाका ६३ बिद्यालयमा १६ हजार अण्डा बितरण

    October 11, 2025

    डा. टिकाराम पोखरेलको ‘अन्त्यारम्भ’ कथासङ्ग्रह प्रकाशित

    October 11, 2025

    एक हजार २८ प्याकेट पटका बरामद

    October 11, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने

    October 12, 2025

    स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया

    October 12, 2025

    जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया

    October 11, 2025

    अण्डा दिवस पारेर स्याङ्जाका ६३ बिद्यालयमा १६ हजार अण्डा बितरण

    October 11, 2025

    डा. टिकाराम पोखरेलको ‘अन्त्यारम्भ’ कथासङ्ग्रह प्रकाशित

    October 11, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने

    October 12, 2025

    स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया

    October 12, 2025

    जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया

    October 11, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.