स्याङ्जा १६ भदौ । सामाजिक विकास कार्यालय स्याङ्जाले फेदीखोला गाउँपालिकास्थित शिवालय माध्यमिक विद्यालयलाई पुस्तकहरु उपलब्ध गराएको छ ।
राष्ट्रिय पुस्तकालय दिवसको अवसर पारेर यहाँ अध्ययरत बिद्यार्थीलाई ६० वटा बालसाहित्य पुस्तक वितरण गरिएको सामाजिक विकास कार्यालय प्रमुख जीवन पौडेलले जानकारी दिनसभयो ।
बाल कथा, बाल कविता, बाल गीत, बाल नाटक, बाल गजल, बाल उपन्यास लगायतका पुस्तकहरु उपलब्ध गराइएको हो ।
बालबालिकाले यस्ता पुस्तक रमाइलोसंग पढ्ने हुँदा उनीहरुमा पढ्ने बानीको विकास हुनुका साथै बिबिध क्षेत्रको समेत ज्ञान बढ्ने प्रमुख पौडेलको भनाई छ ।
बालसाहित्य पुस्तकले बालबालिकाको आत्मविश्वास बढ्नुका साथै सामाजिक सदभाव कायम रहनेमा जोड दिदै भाषिक सीप र सिर्जनात्मक क्षमता बढ्ने बताउनुभयो । हरेक वर्ष भदौ १५ गते नेपालभर राष्ट्रिय पुस्तकालय दिवस मनाउने गरिन्छ ।