Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, December 9
    Trending
    • राज्यको पहिलो प्राथमिकता स्वास्थ्योपचार हो — मन्त्री पाठक
    • लम्सालको ४५ औं पुण्यतिथि पारेर श्रवण माविमा रक्तदान
    • अर्जुनचौपारी र अपिहिमाल पालिकाबिच भगिनी सम्बन्ध
    • दुई वटा माछा पसल सिल, नियन्त्रणमा लिएमा माछा नष्ट
    • लैंगिक हिंसा बिरुद्धको अभिमूखीकरण सहित स्वयंसेविका सम्मान
    • मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन
    • कबिता प्रतियोगितामा ३२ जना विद्यार्थीबीच प्रतिस्पर्धा
    • वालिङ सडक खाना महोत्सव एक दिन लम्बियो
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » कम्यूनिष्ट पार्टीका संस्थापक पुष्पलालको स्मृति दिवसमा रक्तदान
    गल्याङ् नगरपालिका

    कम्यूनिष्ट पार्टीका संस्थापक पुष्पलालको स्मृति दिवसमा रक्तदान

    Syangja SandeshBy Syangja SandeshJuly 24, 2025No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ७ साउन । नेपाल कम्युनिष्ट पार्टी नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४७ औं स्मृति दिवस मनाईएको छ । दिवसको अवसर पारेर राष्ट्रिय युवा संघ जिल्ला कमिटी स्याङ्जाको आयोजनामा गल्याङ् नगरपालिकामा रक्तदान गरिएको हो ।

    रक्तदान जिवन दान, जिवन दान महादान भन्ने मुल नाराका साथ गरिएको कार्यक्रममा बोल्दै राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय महासचिव महेश चौलागाईले युवा संघले रचनात्मक गतिबिधिहरु गर्दै आईरहेको छ र निरन्तर गरिरहने प्रतिबद्धता जनाउनुभएको छ । युवा संघले देश तथा विदेशमा रहने नेपाली युवाहरुलाई उद्यमशिलताको माध्यमबाट जोड्दै अगाडी बढ्ने उद्देश्य रहेको समेत चौलागाईले बताउनुभयो ।

    कार्यक्रममा केन्द्रिय निर्वाचन आयोग अध्यक्ष मदन गिरी, नेकपा एमाले सल्लाहकार समिति सदस्य चक्रबहादुर पराजुली, केन्द्रिय अनुशासन आयोग अध्यक्ष महेन्द्र थापा, नेकपा एमालेका नेता मोहन रेग्मी, नेकपा एमाले जिल्ला अध्यक्ष सुर्य प्रसाद गैह्रे पारस, युवा संघ गण्डकी प्रदेशका अध्यक्ष पिताम्बर खनाल र युजा संघ ११ वटै पालिकाका अध्यक्षरुले आआफ्नो धारणा ब्यक्त गर्नुभएकोे थियो ।

    युवा संघ स्याङ्जाका कार्यबहाक अध्यक्ष राजन पोख्रेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गल्याङ् नगर कमिटि अध्यक्ष नेत्र रानाले स्वागत एवम् सञ्चालन सचिव राधा कृष्ण शर्माले गर्नुभएको थियो । कार्यक्रमबाट ७४ युनिट रगत संकलन भएको थियो ।

    नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलालको जन्म वि.सं. १९८१ असार १५ गते रामेछाप जिल्लामा भक्तलाल र तुलसीकुमारीको माहिला छोराका रूपमा भएको थियो । वि.सं. १९९८ सालमा पुष्पलाल श्रेष्ठले प्रेमबहादुर कंसाकार, शम्भुराम श्रेष्ठ, सूर्यबहादुर भारद्वाज र राजारामसँग मिलेर नेपाली प्रजातान्त्रिक संघको गठन गर्नुभयो ।

    नेपाली काँग्रेस र कम्युनिष्टहरू मिलेर संघर्ष गरेमा मात्र नेपालबाट निरंकुश पञ्चायती समाप्त हुन सक्छ भन्ने भविष्यवाणी गर्ने नेता पुष्पलालको २०३५ साल साउन ७ गते भारतको नयाँ दिल्लीस्थित अल इण्डिया मेडिकल इन्स्टीच्युटमा उपचार गराउँदा–गराउँदै निधन भएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    राज्यको पहिलो प्राथमिकता स्वास्थ्योपचार हो — मन्त्री पाठक

    December 8, 2025

    लम्सालको ४५ औं पुण्यतिथि पारेर श्रवण माविमा रक्तदान

    December 8, 2025

    अर्जुनचौपारी र अपिहिमाल पालिकाबिच भगिनी सम्बन्ध

    December 8, 2025

    दुई वटा माछा पसल सिल, नियन्त्रणमा लिएमा माछा नष्ट

    December 8, 2025

    लैंगिक हिंसा बिरुद्धको अभिमूखीकरण सहित स्वयंसेविका सम्मान

    December 6, 2025

    मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन

    December 6, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    राज्यको पहिलो प्राथमिकता स्वास्थ्योपचार हो — मन्त्री पाठक

    December 8, 2025

    लम्सालको ४५ औं पुण्यतिथि पारेर श्रवण माविमा रक्तदान

    December 8, 2025

    अर्जुनचौपारी र अपिहिमाल पालिकाबिच भगिनी सम्बन्ध

    December 8, 2025

    दुई वटा माछा पसल सिल, नियन्त्रणमा लिएमा माछा नष्ट

    December 8, 2025

    लैंगिक हिंसा बिरुद्धको अभिमूखीकरण सहित स्वयंसेविका सम्मान

    December 6, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    राज्यको पहिलो प्राथमिकता स्वास्थ्योपचार हो — मन्त्री पाठक

    December 8, 2025

    लम्सालको ४५ औं पुण्यतिथि पारेर श्रवण माविमा रक्तदान

    December 8, 2025

    अर्जुनचौपारी र अपिहिमाल पालिकाबिच भगिनी सम्बन्ध

    December 8, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.