Close Menu
    Facebook X (Twitter) Instagram
    Monday, December 15
    Trending
    • रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
    • स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
    • वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
    • ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने
    • नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
    • बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर
    • पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
    • पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » पुष्प—चन्द्र ट्रष्टको साधारणसभा सम्पन्न, ५ जनालाई सम्मान
    समाचार

    पुष्प—चन्द्र ट्रष्टको साधारणसभा सम्पन्न, ५ जनालाई सम्मान

    Syangja SandeshBy Syangja SandeshOctober 25, 2025Updated:October 25, 2025No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ७ कात्तिक । पुष्प —चन्द्र ट्रष्टको दोश्रो साधारणसभा सम्पन्न भएको छ । अघिल्ला कार्यकालका प्रतिवेदन पारित र आगामी दिनका कार्ययोजना सार्वजनिकरण गर्दै ट्रष्ट स्थापना र संचालनका लागि सहयोग पुरयाउने ५ जनालाई सम्मान एवं अभिनन्दन गर्दै सभा सम्पन्न भएको हो ।

    पुतलीबजार नगरपालिका ३ बाडखोला स्थित सूर्योदय क्लबको भवनमा आयोजित साधारणसभाको उदघाटन गर्दै पुतलीबजार नगरपालिका ३ का वडा सदस्य अमिरबक्स मियाले पुष्पमान श्रेष्ठ र चन्द्र लक्ष्मीको सामाजिक योगदानको चर्चा गर्नुभएको थियो । तत्कालिन अवस्थामा पुष्पमानले सामाजिक क्षेत्रमा गरेका कामको स्मरण गराउनुभयो ।

    पुष्पमान श्रेष्ठ निस्वार्थ भावबाट प्रेरित भएका एक हक्की, निडर, सामाजिक, राजनीतिकर्मी अभियन्ता भएको बताउनुभयो । पुष्पमानले तत्कालिन टाठाबाठा र सामन्तीसोचबाट प्रेरित ब्यक्तिका बिरुद्धमा आवाज उठाउदै गरिब तथा निमुखाको पक्षमा धेरै काम गरेको बताउनुभयो ।

    कार्यक्रममा ट्रष्ट संस्थापक सदस्य द्धय ओमप्रकाश शर्मा र अनन्तकुमार श्रेष्ठ, पूर्व प्रधानाध्यापक ऋषिराम शर्मा, रेडियो स्याङजा तथा टेलिभिजनका ब्यवस्थापक रमेश गोदार, युवा समाजसेवी मोतिप्रसाद मरासीनी, समाजसेवी रामचन्द्र गिरी र शालिकराम शर्माले पुष्पमान र चन्द्रलक्ष्मीका योगदानका बारेमा चर्चा एवं स्मरण मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

    सोही कार्यक्रममा ट्रष्टका संस्थापक सदस्य द्धय ओमप्रकाश शर्मा, अनन्तकुमार श्रेष्ठ र पूर्व प्रधानाध्यापक ऋषिराम शर्मालाई अभिनन्दन र रेडियो स्याङजा तथा टेलिभिजनका ब्यवस्थापक रमेश गोदार, युवा मोतिप्रसाद मरासीनीलाई सम्मान गरिएको थियो ।

    बिभिन्न क्षेत्रमा क्रियाशिल रहेर पनि पुष्प(चन्द्र ट्रष्टको संस्थापना संगै आजसम्मका गतिबिधिमा साथ र सहयोग गर्दे महत्वपूर्ण योगदान पुरयाएको भन्दै सामाजिक ,शैक्षिक , बैंकिङ एवं पत्रकारिता क्षेत्रलाई समेटदै अभिनन्दन एवं सम्मान गरिएको हो ।

    पुष्प —चन्द्र ट्रष्टका अध्यक्ष महेन्द्रमान ब्यथितको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ट्रष्टका संरक्षक बिद्या श्रेष्ठले स्वागत, अर्का संरक्षक अनन्तमान श्रेष्ठले आर्थिक तथा प्रगती प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने संरक्षक योगेन्द्रमान श्रेष्ठले कार्यक्रम संचालन गर्नुभएको थियो ।

    विस २०७८ सालमा स्थापित ट्रष्टले काजीमान हरिटिकामा पुष्प चन्द्र स्मृति अक्षयकोष स्थापना गर्नुका साथै नानीबाबुको मुहारमा खुशी भन्ने नाराका साथ ८ सय ८५ जना बिद्यार्थीलाइै शैक्षिक सामाग्री बितारण गरेको, राष्ट्रिय स्तरको कबिता महोत्सव सम्पन्न गरिसकेको र आउदा दिनमा पनि यस्ता कार्यक्रमलाइृ निरन्तरता दिइदै जाने संरक्षण योगेन्द्रमान श्रेष्ठले जानकारी दिनुभयो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.