Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, November 2
    Trending
    • कर्तब्य ज्यान मुद्धाका आरोपित खवास पक्राउ
    • शीतला माविको अध्यक्षमा शेरबहादुर चयन
    • हलगोरु पालक किसानलाई गल्याङको प्रोत्साहन अनुदान
    • रोयल बचत तथा सहकारीको २४ औं बार्षिक साधारणसभा सम्पन्न, पत्रकार सिग्देललाई सम्मान
    • स्याङ्जाका सहायक ४० मार्गमा तोकिए नयाँ भाडादर
    • स्याङ्जा सडक महोत्सव सहित सामुहिक बेल विवाह गरिने
    • डिजिटल साक्षरता र कृत्रिम बुद्धिमत्ता तालिम सञ्चालन
    • काशीराज पाण्डे भागवत् प्रतिष्ठानद्धारा समाजसेवी र बिद्यार्थी सम्मानित
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » पूर्णामृतका विद्याथीलाई स्वागतमै पढ्दै कमाउदै बारे अभिमुखीकरण
    वालिङ् नगरपालिका

    पूर्णामृतका विद्याथीलाई स्वागतमै पढ्दै कमाउदै बारे अभिमुखीकरण

    Syangja SandeshBy Syangja SandeshSeptember 7, 2025Updated:September 7, 2025No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    वालिङ २१ भदौ । वालिङ स्थित एक सामुदायिक बिद्यालयमा अध्ययरत विद्यार्थीहरुले नवआगन्तुक बिद्यार्थीलाई स्वागत तथा पढ्दै कमाउदै सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरेका छन । वालिङ नगरपालिका —१० स्थित फूलबारीस्थित पूर्णामृत भवानी माध्यमिक विद्यालयको कक्षा १२ मा अध्ययरत विद्यार्थीहरुले ११ लाई स्वागत कार्यक्रममै पढ्दै कमाउदै सम्बन्धी अभिमुखीकरणको कार्यक्रम गरेका हुन् ।

    कार्यक्रमा नेक्सस इन्स्टिच्युट अफ रिसर्च एण्ड इनोभेशन(निरी) फाउडेशनका अध्यक्ष एवम् क्यालिफोर्निया विश्वविद्यालयका प्रोफेसर डा. तारा सिग्देलले विद्यार्थीलाई कमाउदै पढ्दै कार्यक्रमकाबारे सहजीकरण गर्नुभएको हो । अमेरिका लगायतका विभिन्न देशमा विद्यार्थीलाई अध्ययनकै क्रममा आफूहरुलाई व्यवसायसँग समाहित गर्दै उनीहरुले आय आर्जन गर्छन भने नेपालमा त्यस्तो अभ्यास नभएकाले परीक्षणकारुपमा गर्न लागिएको प्रोफेसर डा. सिग्देलले बताउनुभयो ।

    त्यसका लागि पहिलो चरणमा नेपालमा दुईवटा विद्यालय छनौट गरिएका थिए् । उहाले भन्नुभयोे, “यस अन्तर्गत ११ कक्षामा पढ्दै गरेका भद्रकाली मावि पोखरा र पूर्णामृत भवानी मावि गरी दुईवटा विद्यालयमा परीक्षणकारुपमा पढ्दै कमाउदै कार्यक्रम सञ्चालनमा ल्याइएको छ । यसमा विद्यार्थीहरुलाई १५ वटा समूह बनाएर १० देखि २० हजारसम्म सिडमनी प्रदान गरिने छ ।

    यसलाई कमाउदै पढ्दै गर्ने सिकाई गराइने छ । यसमा घाटा परेमा फाउण्डेशनले बेहोर्ने छ भने भएको कमाई विद्यार्थीलाई वितरण गरिने छ ।”विद्यालयका शिक्षक एवम् कार्यक्रम संयोजक प्रदिप बगालेले अमेरिका लगायतका देशहरुमा अध्ययनकै क्रममा कमाई गर्ने जुन अभ्यस छ त्यसलाई हामीले स्थानीय स्तरमा पनि सिकाई गराउन लागिएको जानकारी गराउनुभयो ।

    यस अन्तर्गत पहिलो चरणमा वित्तीय सेवा सम्बन्धी अभिमुखीकरण गराइसकिएको छ भने अहिले यो दोस्रो चरणको कार्यक्रम गर्न लागिएको हो । संयोजक बगालेका अनुसार कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरुका लागि लन्च गरिएको कार्यक्रममा अहिले एउटा विद्यालयमा ५ जनाका दरले १५ देखि २० समूह रहनेछन् । उहाहरुले १० देखि २० हजारसम्मको बीउपूँजी पाउने छन् । विद्यार्थीले हप्ताको ६ दिन साविकको कक्षामा अध्ययन गर्नेछन् भने १ दिन पढ्दै कमाउदै कार्यक्रम मा सहभागी हुने छन् ।

    विशेषगरी कृषि, उत्पादन, सेवा र प्रविधिसँग सम्बन्धित सिकाई हुनेछ । अहिले पाइलोट प्रोग्रामकारुपमा गरिएको र ६ महिनापछि पुनः प्रोमोशन गर्दै लैजान सकिने संयोजक बगालेले उल्लेख गर्नुभयो । कार्यक्रममा कक्षा १२ ले ११ का विद्यार्थीहरुलाई स्वागत तथा नृत्य सहितका साङ्गीतिक प्रस्तुतिद्वारा मनोरञ्जन प्रदान गरेका थिए ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    कर्तब्य ज्यान मुद्धाका आरोपित खवास पक्राउ

    November 1, 2025

    शीतला माविको अध्यक्षमा शेरबहादुर चयन

    November 1, 2025

    हलगोरु पालक किसानलाई गल्याङको प्रोत्साहन अनुदान

    November 1, 2025

    रोयल बचत तथा सहकारीको २४ औं बार्षिक साधारणसभा सम्पन्न, पत्रकार सिग्देललाई सम्मान

    November 1, 2025

    स्याङ्जाका सहायक ४० मार्गमा तोकिए नयाँ भाडादर

    October 31, 2025

    स्याङ्जा सडक महोत्सव सहित सामुहिक बेल विवाह गरिने

    October 31, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    कर्तब्य ज्यान मुद्धाका आरोपित खवास पक्राउ

    November 1, 2025

    शीतला माविको अध्यक्षमा शेरबहादुर चयन

    November 1, 2025

    हलगोरु पालक किसानलाई गल्याङको प्रोत्साहन अनुदान

    November 1, 2025

    रोयल बचत तथा सहकारीको २४ औं बार्षिक साधारणसभा सम्पन्न, पत्रकार सिग्देललाई सम्मान

    November 1, 2025

    स्याङ्जाका सहायक ४० मार्गमा तोकिए नयाँ भाडादर

    October 31, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    कर्तब्य ज्यान मुद्धाका आरोपित खवास पक्राउ

    November 1, 2025

    शीतला माविको अध्यक्षमा शेरबहादुर चयन

    November 1, 2025

    हलगोरु पालक किसानलाई गल्याङको प्रोत्साहन अनुदान

    November 1, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.