स्याङ्जा १३ फागुन । पूर्वराजा ज्ञानेन्द्र शाह स्याङ्जा आउनु भएको छ । आफना बहिनी र छोरीका साथ सोमबार स्याङ्जा आउनु भएको हो । सोमबार उहाहरु वालिङ्मा बस्नु भएको हो ।
कालीगण्डकी गाउँपालिका ३ मा रहेको शाहबंशीय कुलमन्दिर आलमदेवीको पुजाका लागि यहाँ आउनु भएको सचिवालयले जनाएको छ । मंगलबार बिहान कुलदेवता आलमदेवी मन्दिरमा रुद्रीपुजन सहितको पुजाअर्चनापछि उहाँहरु पोखरा फर्कनु भएको छ ।
वालिङ र गल्याङमा स्वागतका लागि बसेका ब्यक्तिहरुले राजा आउ देश बचाउको नारा लगाएका थिए ।