Close Menu
    Facebook X (Twitter) Instagram
    Friday, October 17
    Trending
    • प्रहरी दिवसका अवसरमा खुला रक्तदान
    • खसी बोकाबाट कालीगण्डकीलाई एक करोड ३६ लाख आम्दानी
    • भूमि आयोग पुनस्र्थापनाको माग
    • बाख्रापालक किसानलाई खोर निर्माणमा अनुदान
    • गण्डकी महामेला एवं दामोदर धर्मोत्सवमा भक्तजनको घुईंचो
    • सरकारी सेवाप्रवाह सन्तोषजनक— उपप्रमुख सुवेदी
    • ‘दुई हजार ८ प्याकेट पटका प्रहरी नियन्त्रणमालिई नष्ट’
    • कृत्रिम गर्भाधानबाट जन्मेका उन्नत नश्लका पाडी तथा बाच्छी प्रोत्साहन
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » पूर्व शिक्षामन्त्री श्रेष्ठद्धारा शैक्षिक सामाग्री वितरण अभियान
    पुतलीबजार नगरपालिका

    पूर्व शिक्षामन्त्री श्रेष्ठद्धारा शैक्षिक सामाग्री वितरण अभियान

    Syangja SandeshBy Syangja SandeshNovember 16, 2024Updated:November 16, 2024No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङुजा १ मंसिर । गण्डकी प्रदेशका पूर्वमन्त्री मेखलाल श्रेष्ठले स्याङ्जामा शैक्षिक सामाग्री वितरण अभियानलाई निरन्तरता दिनु भएको छ ।

    बराह कालिका लोकल्याणकारी संस्था स्याङ्जाले दलित तथा जेहेन्दार बिद्यार्थीहरुलाई लक्षित गदैैै शैक्षिक सामाग्री वितरण गरिएको हो । पुतलीबजार नगरपालिका वडा नं. ११ स्थित बिद्योदय आधारभूत बिद्यालयमा आयोजित कार्यक्रममा ९४ जना लक्षित बालबालिकालाई शैक्षिक सामाग्री प्रदान गरिएको हो ।

    गण्डकी प्रदेश शिक्षा, सामाजिक तथा स्वास्थ्य पूर्वमन्त्री मेखलाल श्रेष्ठले आफनो ब्यक्तिगततर्फबाट ति सामाग्री उपलब्ध गराएका हुन । शैक्षिक सामाग्री प्रदान गर्दै पूर्वमन्त्री श्रेष्ठले शिक्षाका माध्यमबाट मात्र आर्थिक तथा सामाजिक जागरण आउने जनाउदै सवैभन्दा पहिला शिक्षामा आर्कषण बढाउन आफुले यस्तो अभियान संचालन गरेको जानकारी दिनुभयो ।

    बालबालिकालाई अध्ययनप्रति उत्प्रेरित गर्ने गराउने मुख्य उदेश्य रहेको उहाले बताउनुभयो । निजी र सरकारी बिद्यालयमा पढ्ने बिद्यार्थी र अभिभावकका रुची र क्रियाशिलतामा ठुलो फरकपन रहेको जनाउदै सरकारी बिद्यालयका अभिभावले कम चासो दिएका कारण शिक्षाले चाहे अनुरुपको गति लिन नसकेको उहाको दावी छ । एक सातादेखि सुरु गरिएको अभियान लिएर आफु सामुदायिक बिद्यालयहरुमा पुग्ने पनि उहाको भनाई छ ।

    शिक्षामन्त्री हुदाँ आफुले केही बुझने र अध्ययन गर्ने अवसर पाएको उहाले बताउनुभयो । उहाले भन्नुभयोे, ‘नेपालमा मात्र सरकारी बिद्यालयप्रति चासो कम देखिएको हो । बिदेशतर्फ सरकारी बिद्यालयको स्थान र माग उच्च रहन्छ । यहाँ यस्तो अवस्था आउनुमा एउटा कारण अभिभावकको चासो र निगरानी कम हुनु हो ।’

    पूर्वसांसद भागवतप्रकाश मल्लले शैक्षिक गुणस्तर बृद्धिका लागि सामाजिक अभियान संचालन गर्नुपर्ने बताउनुभयो । संघ, प्रदेश, स्थानीय तहका सरकार सहित समुदायले शिक्षामा बढी केन्द्रित हुनु पर्नेमा जोड दिनुभयो ।

    कार्यक्रममा स्याङ्जा जिल्ला उद्योग वािणज्य संघका अध्यक्ष महादेब श्रेष्ठ, वडाअध्यक्ष मनोज पौडेल, पत्रकार महासंघका उपाध्यक्ष भवानी अधिकारी, नेपाली कांग्रेस वडासचिव पृथ्वीप्रसाद अर्याल लगायतले पूर्वमन्त्री एवं कांग्रेस नेता श्रेष्ठको अभियानले सकारात्मक प्रभाव पार्नेमा जोड दिदै विपन्न तथा जेहेन्दार बालबालिकालाई राहत पुग्ने बताउनुभयो ।

    बिद्योदय आधारभूत बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष मुक्तिनारायण अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रधानाध्यापक कोैशिला अर्यालले स्वागत, स्थानीय समाजसेवी तेजनारायण रेग्मीले धन्यवाद एवं कालिका माध्यमिक बिद्यालयका शिक्षक कृष्णशरण लामिछानेले संचालन गर्नुभएको थियो ।

    सोही कार्यक्रममा सहभागी स्थानीयबासी एवं अभिभावकले पूर्वमन्त्री श्रेष्ठ एवं पूर्वसांसद मल्ललाई आफनो समुदायमा लागि खानेपानी, पहिरो ब्यवस्थापन सहित सडक निर्माणका लागि आवश्यक बजेट तथा योजनाको माग गरेका थिए ।

    नेपाली कांग्रेस गण्डकी प्रदेशमा उपसभापति समेत रहनु भएका श्रेष्ठले यसअघि पनि पुतलीबजार नगरपालिका १२ स्थित पेल्काचौर स्थित मनकामना माध्यमिक बिद्यालयमा अध्ययरत ८४ जना बालबालिकालाई पनि शैक्षिक सामाग्री प्रदान गर्नुभएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    प्रहरी दिवसका अवसरमा खुला रक्तदान

    October 16, 2025

    खसी बोकाबाट कालीगण्डकीलाई एक करोड ३६ लाख आम्दानी

    October 16, 2025

    भूमि आयोग पुनस्र्थापनाको माग

    October 16, 2025

    बाख्रापालक किसानलाई खोर निर्माणमा अनुदान

    October 16, 2025

    गण्डकी महामेला एवं दामोदर धर्मोत्सवमा भक्तजनको घुईंचो

    October 16, 2025

    सरकारी सेवाप्रवाह सन्तोषजनक— उपप्रमुख सुवेदी

    October 16, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    प्रहरी दिवसका अवसरमा खुला रक्तदान

    October 16, 2025

    खसी बोकाबाट कालीगण्डकीलाई एक करोड ३६ लाख आम्दानी

    October 16, 2025

    भूमि आयोग पुनस्र्थापनाको माग

    October 16, 2025

    बाख्रापालक किसानलाई खोर निर्माणमा अनुदान

    October 16, 2025

    गण्डकी महामेला एवं दामोदर धर्मोत्सवमा भक्तजनको घुईंचो

    October 16, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    प्रहरी दिवसका अवसरमा खुला रक्तदान

    October 16, 2025

    खसी बोकाबाट कालीगण्डकीलाई एक करोड ३६ लाख आम्दानी

    October 16, 2025

    भूमि आयोग पुनस्र्थापनाको माग

    October 16, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.