स्याङ्जा २२ माघ । प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशको अध्यक्षमा पुनः अर्जुन काफ्ले निर्वाचित हुनुभएको छ । सोमबार सम्पन्न तेस्रो अधिवेशनबाट दोस्रो कार्यकालका लागि स्याङ्जाका काफ्ले सर्वसम्मतरुपमा अध्यक्ष पदमा चयन हुनुभएको हो ।
अधिवेशनले पछि थप गर्नेगरी २७ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ । प्रदेश समितिको उपाध्यक्षमा सन्तोष गौतम (खुला), सन्देश श्रेष्ठ (समावेशी), महिला उपाध्यक्षमा सविना राना, महासचिवमा गुणराज रोका, सचिवमा अग्निधर लुइँटेल (खुला), सुरेशराज अधिकारी (खुला), दानबहादुर गुरुङ (जनजाती), साने बहादुर नेपाली (दलित) र कोषाध्यक्षमा श्रीभद्र पौडेल रहनुभएको छ ।
यसैगरी, महिला सदस्यमा सविता कुमारी शर्मा, सदस्यहरुमा सन्तोष परियार, राजकिरण छत्कुली, राजबाबु पिसि, बिमल आचार्य, फडिन्द्र अधिकारी, रवि दाहाल, प्रनिस गिरी, चिरञ्जीवी पौडेल र पूर्णभद्र निउरे रहनुभएको छ ।