Close Menu
    Facebook X (Twitter) Instagram
    Wednesday, October 15
    Trending
    • ‘दुई हजार ८ प्याकेट पटका प्रहरी नियन्त्रणमालिई नष्ट’
    • कृत्रिम गर्भाधानबाट जन्मेका उन्नत नश्लका पाडी तथा बाच्छी प्रोत्साहन
    • बिशेष महाधिवेशनको पक्षमा स्याङ्जा कांग्रेस
    • फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने
    • स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया
    • जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया
    • अण्डा दिवस पारेर स्याङ्जाका ६३ बिद्यालयमा १६ हजार अण्डा बितरण
    • डा. टिकाराम पोखरेलको ‘अन्त्यारम्भ’ कथासङ्ग्रह प्रकाशित
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » प्रगतिनगर — डाडाँस्वारा पक्की सडक निर्माण कार्य ७३ प्रतिशत पुरा
    पुतलीबजार नगरपालिका

    प्रगतिनगर — डाडाँस्वारा पक्की सडक निर्माण कार्य ७३ प्रतिशत पुरा

    Syangja SandeshBy Syangja SandeshApril 11, 2025Updated:April 11, 2025No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २९ चैत । पुतलीबजारको प्रगतिनगर(डाडाँस्वारा सडक पक्की निर्माण कार्य ७३ प्रतिशत पूरा भएको जनाइएको छ।

    पुतलीबजार नगरपालिका अन्तर्गत रहेको प्रगतिनगर(बहाकोट(नाम्चे(काल्खु मोटरबाटोको बाटो फराकिलो बनाउने, पर्खाल लगाउने, नाली बनाउने, ग्रेड मिलाउने लगायतका कामहरु पूरा भएको पुतलीबजार नगरपालिकाका इन्जिनियर सुदीप बरालले बताउनुभयो।

    इन्जिनियर बरालले भन्नुभयो, ‘बाटो फराकिलो बनाउने काम सबै पूरा भएको छ। टेवा, पर्खाल र नाली निर्माणका कामहरू ९५ प्रतिशत पूरा भएको छ। यसैगरी, ५ दशमलव ९ किलोमिटर नाली, ५ दशमलव ५ किलोमिटर ग्रेड मिलाइएको र ५ दशमलव ३ किलोमिटरमा सबबेसका काम भएको छ।’

    मार्च महिनाको अन्तिम दिनसम्म भौतिक प्रगति करिब ७३ प्रतिशत पूरा भएको उहाले जानकारी दिनुभयो । वैशाखको पहिलो साताभित्र कालोपत्रे गर्नेगरी तयारी भइरहेको छ। विश्व बैंकको आर्थिक सहयोग तथा पुतलीबजार नगरपालिकाको प्राविधिक सहयोगमा कच्ची सडक फराकिलो सहित कालोपत्रे बनाइने नगरप्रमुख तुलसीराम रेग्मीले बताृउनुभयो ।

    यो सडकले स्याङ्जा र तनहुँ जिल्ला जोड्ने छ। पुतलीबजार हुँदै तनहुँको दुलेगौडासँग जोडिने भएको हो। यसबाट पुतलीबजार नगरपालिकाका वडा नं। ३, ८, ९ का स्थानीयवासी प्रत्यक्ष लाभान्वित हुनेछन् भने सयौं व्यक्तिले सो बाटोको उपयोग गर्न पाउने नगरप्रमुख रेग्मीले जानकारी दिनुभयो ।

    प्रगतिनगर शिक्षा चोकदेखि काँफलडाँडा(भन्ज्याङ(बहाकोट(नाम्चे(काल्खुसम्म ७ दशमलव ६ किलोमिटर पक्की सडक बन्दैछ। नाली र टेवा पर्खाल सहित दुई लेनको सडकको चौडा ७ मिटर हुनेछ।

    विश्व बैंकको ४३ करोड १८ लाखको लागतमा निर्माण गरिने पक्की सडक अबको ३ महिनाभित्र महिनाभित्र पूरा गरिसक्नु पर्ने समयसीमा छ। सन २०२४ अप्रिल ९ मा सम्झौता भएको सो सडक २०२५ जुलाई ८ मा पूरा गर्नुपर्ने छ। लामा कन्स्ट्रक्सन कम्पनीले निर्माणको जिम्मा पाएको हो।

    नेपाल शहरी शासकीय तथा पूर्वाधार कार्यक्रम अन्तर्गत विश्व बैंकको ऋण तथा अनुदान सहयोग तथा पुतलीबजार नगरपालिकाको प्राविधिक सहयोगमा सडक चौडा गरिएको हो।

    पुतलीबजार नगरपालिका, विश्व बैंकका प्रतिनिधि, सडक उपभोक्ता सहित सरोकारवालाको समूहले पटक पटक स्थलगत छलफल गरेपछि बाटो निर्माणका लागि सहज बनेको हो। तोकिएको समयमै सडक निर्माण सम्पन्न गर्नेगरी निर्माण अघि बढाइएको आयोजना प्रमुख इन्जिनियर नरनाथ पौडेलको भनाई छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    ‘दुई हजार ८ प्याकेट पटका प्रहरी नियन्त्रणमालिई नष्ट’

    October 14, 2025

    कृत्रिम गर्भाधानबाट जन्मेका उन्नत नश्लका पाडी तथा बाच्छी प्रोत्साहन

    October 14, 2025

    बिशेष महाधिवेशनको पक्षमा स्याङ्जा कांग्रेस

    October 14, 2025

    फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने

    October 12, 2025

    स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया

    October 12, 2025

    जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया

    October 11, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    ‘दुई हजार ८ प्याकेट पटका प्रहरी नियन्त्रणमालिई नष्ट’

    October 14, 2025

    कृत्रिम गर्भाधानबाट जन्मेका उन्नत नश्लका पाडी तथा बाच्छी प्रोत्साहन

    October 14, 2025

    बिशेष महाधिवेशनको पक्षमा स्याङ्जा कांग्रेस

    October 14, 2025

    फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने

    October 12, 2025

    स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया

    October 12, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    ‘दुई हजार ८ प्याकेट पटका प्रहरी नियन्त्रणमालिई नष्ट’

    October 14, 2025

    कृत्रिम गर्भाधानबाट जन्मेका उन्नत नश्लका पाडी तथा बाच्छी प्रोत्साहन

    October 14, 2025

    बिशेष महाधिवेशनको पक्षमा स्याङ्जा कांग्रेस

    October 14, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.