स्याङ्जा ३१ भदौ । गल्याङ नगरपालिका –८ करादीखोलामा “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना गरिएको छ ।
स्वर्गीय पोतप्रसाद उपाध्याय, स्वर्गीय पवित्रादेवी उपाध्याय र स्वर्गीय प्रवीण ज्ञवालीको स्मृतिमा करादीखोलाका ज्ञानप्रसाद – कमला उपाध्यायका घरपरिवारको तर्फबाट स्मृति पुरस्कार कोषको स्थापना गरेको युवा साहित्यकार मिलन समीरले जानकारी दिनुभयो ।
नेपाली साहित्यको क्षेत्रमा क्रियाशील रहेर महत्त्वपूर्ण योगदान पु¥याएका राष्ट्रियस्तरका एकजना सिर्जनशील अग्रज स्रष्टालाई विसं. २०८३ सालदेखि सो पुरस्कारले पुरस्कृत ÷ सम्मानित गरिने उहाले बताउनुभो ।
पहिलो पुरस्कार २०८३ साल भदौको कृष्ण पक्षको षष्टी तिथीमा वितरण गरिनेछ । पहिलो वर्ष साहित्य पुरस्कारको नगद राशि ११ हजार १११, दोस्रो वर्ष १२ हजार २१२ र तेस्रो वर्ष १३ हजार ३१३ गर्दै पुरस्कार राशिमा वृद्धि गर्दै लगिने बताइएको छ ।