स्याङ्जा ३० असोज । स्याङ्जा जिल्ला प्रहरी कार्यालयले ७० औँ प्रहरी दिवस पारेर खुलला रक्तदानको आयोजना गरिएकोे छ ।
रक्तदान कार्यक्रममा ३७ जना प्रहरी र ६ जना स्थानीयबासीगरी ४३ जनाले रक्तदान गरेका छन् । कार्यक्रममा प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक दधिराम न्यौपानेले प्रहरी दिवसका अवसरमा रक्तदान कार्यक्रम गरिएको भन्दै रक्तदान जीवनदान भएको जनाउदै सहभागी सबैलाई धन्यावद ब्यक्त गर्नुभयो ।
मानवीय जीवन रक्षाका लागि सहयोग पुरयाउने उदेश्यले जिल्ला प्रहरी कार्यालय स्याङ्जाको आयोजनामा नेपाल रेडक्रस सोसाईटी स्याङ्जाको प्राविधिक सहयोगमा कार्यालयको प्रांंगणमा रक्तदान कार्यक्रम गरिएको हो ।