Close Menu
    Facebook X (Twitter) Instagram
    Monday, December 15
    Trending
    • रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
    • स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
    • वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
    • ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने
    • नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
    • बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर
    • पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
    • पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने
    गल्याङ् नगरपालिका

    फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने

    Syangja SandeshBy Syangja SandeshOctober 12, 2025No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २६ असोज । स्याङ्जाका विभिन्न स्थानमा रहेर फोटोग्राफी पेशामा संलग्न व्यवसायीहरूलाई एउटै संस्थागत संरचनामा एकत्रित गर्ने उद्देश्यले स्थापना गरिएको फोटोग्राफर मञ्च स्याङजाको दोस्रो साधारण सभा तथा अधिवेशन शनिबार गल्याङमा सम्पन्न भएको छ ।

    अधिवेशनले हिमाल न्यौपानेलाई सर्वसम्मत रूपमा मञ्चको नयाँ अध्यक्षमा चयन गरेको छ । नवगठित १४ सदस्यीय कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष बाबुराम रेग्मी, उपाध्यक्ष शिव भण्डारी, सचिव प्रदीप पाठक, सहसचिव नरेश रोका, कोषाध्यक्ष विक्रम खाण, सहकोषाध्यक्ष विनोद गुरुङ साथै सदस्यहरुमा गीता भट्टराई, केदार मान श्रेष्ठ, कमला लम्साल, विवेक श्रेष्ठ, सन्जोक थापा, रबिन थापा, सुरेश उचाई ठकुरी चयन भएका छन् । त्यस्तै सल्लाहकारमा बाबुराम खनाल, महेन्द्र श्रेष्ठ र निवर्तमान अध्यक्ष बिमल खनाल चयन भएका छन् ।

    उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित गण्डकी प्रदेश फोटोग्राफर संघका उपाध्यक्ष तुल्सिराम सुवेदीले फोटोग्राफी व्यवसायलाई कला, पेशा र अभिव्यक्तिको माध्यमका रूपमा सम्मान जनक स्थानमा पु¥याउन संस्थागत एकता अपरिहार्य भएको बताउनुभयो । उहाँले स्याङ्जा मञ्चले प्रदेशका अन्य जिल्लाका लागि पनि उदाहरणीय कार्य गर्न सक्ने विश्वास व्यक्त गर्नुभयो ।

    गल्याङ नगरपालिका प्रवक्ता तथा वडा नं. ३ का अध्यक्ष कृष्ण प्रसाद भट्टराईले फोटोग्राफरहरू समाजका ऐनाका रूपमा काम गर्ने भएकाले स्थानीय तह र फोटो पेशाबीच सहकार्य आवश्यक रहेको बताउनुभयो । उहाँले नगरस्तरमा पनि फोटोग्राफरहरूको भूमिकालाई सशक्त बनाउने प्रयास गरिने विश्वास व्यक्त गर्नुभयो ।

    कार्यक्रमको सभापतित्व गर्दै अध्यक्ष बिमल खनालले फोटोग्राफर मञ्च स्याङ्जाको स्थापना फोटो पेशालाई पहिचान दिने र पेशागत हकहित सुरक्षित गर्ने उद्देश्यका लागि भएको बताउनुभयो । उहाँले सबै मिलेर मञ्चलाई अझ सशक्त, व्यवस्थित र सबै फोटोग्राफरहरूको साझा घर बनाउने लक्ष्यमा अग्रसर रहेको बताउनुभयो ।

    त्यसैगरी नव–निर्वाचित अध्यक्ष हिमाल न्यौपानेले जिल्लाभरका फोटोग्राफरहरूलाई संगठित गर्दै पेशागत हकहित, सीप विकास र सशक्तिकरणका पक्षमा मञ्च सक्रिय रूपमा अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।

    उक्त कार्यक्रममा फोटोग्राफर गण्डकी प्रदेश महासचिव प्रेम पराजुली, गल्याङ चेम्बर अफ कमर्सका अध्यक्ष अर्जुन रानाभाट, लायन्स क्लब अफ गल्याङका अध्यक्ष दधिराम न्यौपाने, गल्याङ जेसीजका अध्यक्ष ज्ञानेन्द्र पाठक, ब्याडमिन्टन क्लबका अध्यक्ष सुरेश सुवेदी, उद्योग वाणिज्य संघका कोषाध्यक्ष रफि खान लगायतका अतिथिहरूले बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो ।

    उक्त कार्यक्रमको सञ्चालन सचिव बाबुराम रेग्मीले गर्नुभएको थियो भने निर्वाचन प्रक्रिया तुल्सिराम सुवेदीको संयोजकत्वमा गठित समितिले सम्पन्न गरेको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.