स्याङ्जा २५ असार । फेदीखोला साहित्य प्रतिष्ठान स्याङ्जाले साहित्यिक रचना वाचन सहित फेदीखोला साहित्यिक पत्रिका अंक ३ विमोचन गरेको छ । फेदीखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदी, उपाध्यक्ष देउकुमारी गुरुङ् लगायतका साहित्यकारहरुद्धारा संयुक्तरुपमा पत्रिका बिमोचन गरिएको हो ।
बिमोचन कार्यक्रममा बोल्दै अध्यक्ष सुवेदीले भाषा, कला, साहित्यको संरक्षणका लागि पालिका सदैव तयार रहेको बताउनुभयो । प्रतिष्ठानको संरक्षकको नाताले पनि संचालनका लागि आवश्यक पर्ने आर्थिक, भौतिक, नैतिक सहयोग पुर्याउदै आएको र आउदा दिनहरुमा पनि सहयोग निरन्तर रहीरहने बताउनुभयो ।
भाषा, कला, संस्कृति जोगाउनु हामी सबैको जिम्मेवारी रहेको जनाउदै कला संस्कृतीको संरक्षण र जगेर्नाका लागि नीतिगत व्यवस्था गरेर अघि बढेको उहाँले जानकारी गराउनुभयो ।
कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष देऊकुमारी गुरुङ जिल्ला समन्वय समितिका सदस्य निरमाया कार्की, गजल सन्ध्या पोखराका पूर्वअध्यक्ष बसन्त विनोद, पुच्छार सिटे अभियान पोखराका संयोजक गजलकार सञ्जीव पौडेल, स्याङ्जा साहित्य प्रतिष्ठानका सचिव सम्भू अर्याल, साहित्यकार मिलन समीर लगायतका साहित्यकार, प्रतिष्ठानका आजीवन सदस्य लगायतले आ आफना रचना, गीत, गजल, मुक्तक सहित शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
फेदीखोला साहित्य प्रतिष्ठानका अध्यक्ष हिमालयजंग बानियाँको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष निरमाया कार्कीले स्वागत र संचालन साहित्यकार सुरज उपाध्यायले गर्नु भएको थियोे ।
बिमोचित पुस्तकको समीक्षा साहित्यकार मिलन समिरले गर्नु भएको थियो । आजिवन सदस्यहरूलाई प्रमाणपत्र दिई सम्मान गरिएको थियो ।