Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, August 24
    Trending
    • भेषजराज साहित्य प्रतिष्ठानको ८८ औं रचना वाचन
    • मुक्तिनाथ फाउण्डेशनद्धारा बृद्धाश्रमलाई खाद्यान्न सहयोग
    • स्याङ्जाका पालिका स्वमुल्याङ्कनमा सुधारोन्मुख
    • स्याङजा अस्पतालबाट विस्तारित सेवा
    • स्वतन्त्र बिद्यार्थी यूनियनद्धारा तीज बिशेष कार्यक्रम
    • स्याङ्जा प्रहरीको फरार प्रतिवादी पक्राउ अभियान जारी
    • फोर नाइन जीआर पल्टनको ६४ औ पुनस्थापना दिवस सहित तीजको शुभकामना
    • खुला तीज गीत प्रतियोगितामा एकता बुहारी समूह प्रथम
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » फेदिखोला बालश्रम र सडक बालबालिका मुक्त गाउँपालिका घोषणा
    फेदिखोला गाउँपालिका

    फेदिखोला बालश्रम र सडक बालबालिका मुक्त गाउँपालिका घोषणा

    Syangja SandeshBy Syangja SandeshJuly 8, 2025Updated:July 8, 2025No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २३ असार । फेदिखोला गाउँपालिकालाई बालश्रम र सडक बालबालिका मुक्त पालिका घोषणा गरिएको छ । घोषणा गरिएसंगै बालश्रम र सडक बालबालिमा मुक्त पालिका घोषणा गरिनेमा फेदिखोला जिल्लाकै दोश्रो पालिका बनेको छ ।

    सडक बालबालिकाको उद्धार र ब्यवस्थापन गरौं, बाल श्रम अन्त्य गरौं भन्ने मुल नाराका साथ सोमबार गाउँपालिकालाई बालश्रम र सडक बालबालिका मुक्त पालिका घोषणा गरिएको हो ।

    गाउँपालिकामा आयोजित औपचारिक कार्यक्रममा घोषणा गर्दै जिल्ला समन्वय समिति स्याङ्जाका प्रमुख श्रीप्रसाद घर्तिले बालअधिकारको संरक्षण तथा कार्यान्वयनका लागि गाउँपालिकाले गरेको कामको प्रशंसा गर्दै बर्षेनी पनि यस्ता सामाजिक कार्यलाई निरन्तरता दिन सुझाव दिनुभयो ।

    सबै बालवालिकाले पाउनु पर्ने आधारभूत आवश्यकता संगै शिक्षा, सुरक्षाको ब्यवस्थाका लागि तीनै तहका सरकार गम्भीर भएर लाग्नु पर्नेमा जोड दिनुभयो । बालबालिकाको उज्वल भविष्य निर्माणमा हामी सबेैको सरोकारको बिषय भएको उहाले बताउनुभयो ।
    बालअधिकारका सम्बन्धी संयुक्त राष्ट्र संघको बडापत्रमा हस्ताक्षर गरिसकेको नेपालले यस्ता कार्यलाई पछयाउनु सुखद रहेको प्रमुख घर्तिको भनाई छ ।

    कार्यक्रममा उपप्रमुख खडगराज सुवेदी, वडा नं. ३ का अध्यक्ष कृष्णबहादुर रानाभाट, नेपाली कांग्रेसका सभापति महेन्द्र थापा, नेकपा एमालेका अध्यक्ष हर्कबहादुर कार्की, सिद्धार्थ बहुमुखी क्याम्पस प्रमुख पुष्पराज बराल, मैदान माविका प्रधानाध्यापक ख्यामप्रसाद सुवेदी, अमोर सेवा नेपालका संचालिका कमला पराजुली लगायतले शुभकामना मन्तब्य सहित गाउँपालिकालाई बालश्रम र सडक बालबालिका मुक्त बनाउने प्रतिवद्धता जनाउनुभयो ।

    गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष देउकुमारी गुरुङले स्वागत एवं सामाजिक विकास शाखा प्रमुख शान्ति पराजुली र शिक्षा शाखा सहायक बिष्णुमाया पोखरेलले संचालन गरेका थिए ।

    सोही कार्यक्रममा सिद्धार्थ माविमा अध्ययनरत सुयल सुवेदीले कबिता र अमोर सेवा नेपालका बालबालिकाले नाटक, नृत्य, गीत गाउनुभयो ।

    यसैगरी, औपचारिक कार्यक्रम पूर्व फेदिखोला गाउपालिका वडा नं. २ स्थित मुख्य बजारको परिक्रमागरि सभामा परिणत गरिएको थियो । बिद्यालयका छात्रछात्रा सहित शिक्षक, कर्मचारी, जनप्रतिनिधि, अभिभावक, राजनीतिकर्मी लगायतको उपस्थिती रहेको थियो ।
    सिद्धार्थ राजमार्गमा पर्ने गाउँपालिकाका मुख्य बजारमा बाल श्रमिक र सडक बालबालिका नभेटिएको पालिकाले जनाएको छ ।

    पालिकाभित्र रहेका १ सय ५ जना विपन्न परिवारका बालबालिकालाई पनि जनही एक÷एक हजार नगद सहित शैक्षिक सामाग्री खरिदका लागि सहयोग गरिएको पालिकाका अध्यक्ष घनश्याम सुवेदीले जानकारी दिनुभयो ।

    सोही कार्यक्रममा फेदिखोला गाउँपालिका १ स्थित अमोर सेवा नेपाल (बालगृह) लाई नगद सहित सम्मानपत्रद्धारा सम्मान गरिएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    भेषजराज साहित्य प्रतिष्ठानको ८८ औं रचना वाचन

    August 24, 2025

    मुक्तिनाथ फाउण्डेशनद्धारा बृद्धाश्रमलाई खाद्यान्न सहयोग

    August 24, 2025

    स्याङ्जाका पालिका स्वमुल्याङ्कनमा सुधारोन्मुख

    August 24, 2025

    स्याङजा अस्पतालबाट विस्तारित सेवा

    August 22, 2025

    स्वतन्त्र बिद्यार्थी यूनियनद्धारा तीज बिशेष कार्यक्रम

    August 22, 2025

    स्याङ्जा प्रहरीको फरार प्रतिवादी पक्राउ अभियान जारी

    August 22, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    भेषजराज साहित्य प्रतिष्ठानको ८८ औं रचना वाचन

    August 24, 2025

    मुक्तिनाथ फाउण्डेशनद्धारा बृद्धाश्रमलाई खाद्यान्न सहयोग

    August 24, 2025

    स्याङ्जाका पालिका स्वमुल्याङ्कनमा सुधारोन्मुख

    August 24, 2025

    स्याङजा अस्पतालबाट विस्तारित सेवा

    August 22, 2025

    स्वतन्त्र बिद्यार्थी यूनियनद्धारा तीज बिशेष कार्यक्रम

    August 22, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    भेषजराज साहित्य प्रतिष्ठानको ८८ औं रचना वाचन

    August 24, 2025

    मुक्तिनाथ फाउण्डेशनद्धारा बृद्धाश्रमलाई खाद्यान्न सहयोग

    August 24, 2025

    स्याङ्जाका पालिका स्वमुल्याङ्कनमा सुधारोन्मुख

    August 24, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.