स्याङ्जा ७ असोज । जेन–जी आन्दोलनको क्रममा गत भदौ २४ गते काठमाडौंको केन्द्रीय कारागार जगन्नाथदेवलबाट भागेका बिनोद दर्जीलाई स्याङ्जा प्रहरीले पक्राउ गरेको छ ।
चापाकोट नगरपालिका –४ का दर्जीलाई विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय स्याङ्जा र प्रहरी चौकी बिरुवा अर्चलेको संयुक्त टोलीले मंगलबार बिरुवा –६ धरादीबाट नियन्त्रणमा लिएको हो । जबरजस्ती करणी मुद्दाका कैद सजाए भोगिरहेका बताइएको छ ।
दर्जीलाई आवश्यक प्रक्रिया पूरा गरी कानूनी कारवाहीकालागि जिल्ला कारागार स्याङ्जामा बुझाइएको प्रहरी नायब उपरीक्षक प्रसन्नराज चौधरीले जानकारी दिनुभयो ।