स्याङ्जा ७ असोज । जेन—जी का आन्दोलनका क्रममा भदौ २४ गते राती कास्की कारागारबाट भागेका यमबहादुर रोका स्याङ्जामा पक्राउ परेका छन ।
कर्तव्य ज्यान मुद्दाका कैद भुक्तान गरिरहेका स्याङ्जा भीरकोट नगरपालिकाका उनी असोज ६ गते सोमबार आफ्नै घरबाट पक्राउ परेका हुन ।
जिल्ला र वडा प्रहरी कार्यालयको समन्वयमा खटिएको टोलीले विशेष सूचनाको आधारमा उनलाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक प्रसन्नराज चौधरीले जानकारी दिनुभयो ।
रोकालाई आवश्यक प्रक्रिया पूरा गरी कानूनी कारवाहीकालागि जिल्ला कारागार, स्याङ्जा पठाइएको प्रहरीले जनाएको छ ।