स्याङ्जा १२ असोज । जेनजीको आन्दोलनका क्रममा तनहुँ कारागार दमौलीबाट फरार ४१ बर्षिय यमबहादुर विक पुतलीबजार नगरपालिका १४ बाट पक्राउ परेका छन् । भदौ २४ गते उनी कारागारबाट भागेको बताइएको छ ।
लागुओैषध हिरोइन मुद्धाका कैदी विकलाई बिशेष सूचनाका आधारमा प्रहरीले हिजो उनको घरबाट पक्राउगरी जिल्ला कारागार स्याङजा पठाइएको निमित्त सूचना अधिकारी एवं प्रहरी निरीक्षक प्रवेश तिवारीले जानकारी दिनुभयो ।
यसैगरी, यसअघि आन्दोलनका क्रममा केन्द, कास्की र तनहुँ कारागारबाट भागेका बिभिन्न मुद्धाका ६ जना कैदीबन्दी पक्राउगरी आवश्यक कारवाहीका लागि स्याङ्जा कारागारमा बुझाएका प्रहरीले जनाएको छ ।