स्याङ्जा ११ भदौ । अपहरण तथा शरीर बन्धक कसुर मुद्धाका फरार कसुरदार १२ बर्षपछि पक्राउ परेका छन् ।
२०७० चैत १८ गते उच्च अदालत पोखराबाट अपहरण तथा शरीर बन्धक कसुर मुद्धामा २ बर्ष ९ महिना ५ दिन कैद र २५ हजार जरिवाना तोकिएपछि फरार ठाकुर विक पोखराबाट पक्राउ परेका हुन ।
स्याङ्जाबाट खटिएको बिशेष अप्रेसन टोलीले अर्जुनचौपारी गाउँपालिका ५ का ३८ बर्षिय विकलाई मंगलबार पक्राउ गरेको प्रहरी नायब उपरीक्षक प्रशन्नराज चौधरीले जानकारी दिनुभयो ।
पक्राउ परेका विकलाई बुधवार अदालतमा उपस्थित गराइएको पनि प्रहरीले जनाएको छ