Close Menu
    Facebook X (Twitter) Instagram
    Thursday, October 16
    Trending
    • ‘दुई हजार ८ प्याकेट पटका प्रहरी नियन्त्रणमालिई नष्ट’
    • कृत्रिम गर्भाधानबाट जन्मेका उन्नत नश्लका पाडी तथा बाच्छी प्रोत्साहन
    • बिशेष महाधिवेशनको पक्षमा स्याङ्जा कांग्रेस
    • फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने
    • स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया
    • जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया
    • अण्डा दिवस पारेर स्याङ्जाका ६३ बिद्यालयमा १६ हजार अण्डा बितरण
    • डा. टिकाराम पोखरेलको ‘अन्त्यारम्भ’ कथासङ्ग्रह प्रकाशित
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » फागुन ६ देखि हुने सातौं स्याङ्जा महोत्सवको ८० प्रतिशत काम पुरा
    पुतलीबजार नगरपालिका

    फागुन ६ देखि हुने सातौं स्याङ्जा महोत्सवको ८० प्रतिशत काम पुरा

    Syangja SandeshBy Syangja SandeshFebruary 3, 2025Updated:February 3, 2025No Comments3 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २१ माघ । स्याङ्जा २१ माघ । स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघ स्याङ्जाले सातौं स्याङ्जा महोत्सव तयारीका बारे बिबिध विषयमा बिबिध पक्षबारे जानकारी गराएको छ ।

    संघद्धारा आयोजित पत्रकार सम्मेलनमा प्रदेश स्तरिय सास्कृतिक, कृषि, पर्यटन, औद्योगिक व्यापार मेला एवम् सातौ स्याङ्जा महोत्सव र तयारीका विषयमा जानकारी दिइएको हो ।

    पुतलीबजार नगरपालिका १ स्थित मालेबगर खेल मैदानमा फागुन ६ गते देखि १८ गतेसम्म सञ्चालन हुने महोत्सवका लागी १ हजार १११ सदस्यिय मुल आयोजक समिती र विभिन्न ३९ वटा उप समितिहरु गठन गरिएको छ ।

    पत्रकार सम्मेलनमा महोत्सवका सन्दर्भमा उठेका प्रश्न र पत्रकारहरुको जिज्ञासाको जवाफ दिदै संघका अध्यक्ष महादेव श्रेष्ठले सबैको साथ र सहयोगबाट नै महोत्सव सफल बनाउन सकिने बताउनुभयो । पत्रकारहरुका जिज्ञासालाई अध्यक्ष महादेव श्रेष्ठ र महासचिव रविन केसीले जवाफ दिनु भएको थियो ।

    ’स्याङ्जा महोत्सवको आधार – कृषि, पर्यटन नै आर्थिक समृद्धिको पूर्वाधार’ भन्ने नाराको साथ आयोजना गर्न लागिएको महोत्सवको ८० प्रतिशत तयारी पूरा भएको जानकारी दिनुभयोे ।

    कार्यक्रममा संघका पूर्वकेन्द्रिय सदस्य दीपक लम्साल, निवर्तमान अध्यक्ष रविन्द्रमान श्रेष्ठ, पत्रकार महासंघका अध्यक्ष प्रदिप कोईराला, पुर्वअध्यक्ष ओमप्रकाश शर्मा लगायतले महोत्सव सम्बन्धित जिज्ञासा सहित सुझाव दिनुभएको थियो ।

    स्थानिय वस्तु तथा सेवाको बजार प्रवद्र्धन, उद्योग ब्यवसाय सहित व्यवसायीलाइ प्रोत्साहन, उत्पादक र उपभोक्ताबीचको अन्र्तक्रिया, हस्तकला व्यवसायको खोजी, कृषि सुन्तला कफि लगायतको प्रवद्र्धन गर्ने, पर्यटन प्रवद्र्धन, लोक सस्कृती संरक्षण, सूचना प्रबिधि, होम स्टे, स्थानीय खाना तथा स्थानीय उत्पादनको प्रवद्र्धन लगायतको उद्देश्यका साथ आयोजना गरिएको बताइएको छ ।

    महोत्सवमा विद्यालय स्तरिय नृत्य प्रतियोगिता, भजन चुड्का प्रतियोगिता, रत्यौली प्रतियोगिता, मम्मी डान्स प्रतियोगिता, पञ्चेबाजा प्रतियोगिता लगायतका प्रतियोगिता गरिने जानकारी दिईएको छ ।

    यसेैगरी, महोत्सवमा बाल उद्यान, औद्योगिक व्यापार मेला, सास्कृतिक कार्यक्रम तथा भेषभुषा प्रदर्शनी, कृषि मेला तथा पशुपंक्षी प्रदर्शनी, सुन्तला प्रदर्शनी, ताजा तरकारी प्रदर्शनी, अर्गानिक कफि प्रदर्शनी, माछा महोत्सव, पशुपंक्षी प्रदर्शनी तथा विक्री कक्ष, अगुवा कृषक तथा कृषी विशेषज्ञ बिचको अन्तरक्रिया कार्यक्रम, सुचना प्रविधी र शैक्षिक सामग्री प्रदर्शनी, अटोमोबाइल, पर्यटन मेला तथा फोटो प्रदर्शनी, हस्तकला प्रदर्शनी गरिने छ ।

    महोत्सवले स्थानीय उत्पादनलाई ब्रान्डिङ्ग गर्ने, होम स्टे स्टलको व्यवस्था गर्ने लगायतका विषयमा समेत केन्द्रित भएको संघका अध्यक्ष महादेव श्रेष्ठले बताउनुभयो ।

    उद्योग वाणिज्य संघका अध्यक्ष महादेव श्रेष्ठको अध्यक्षतामा सम्पन्न सम्मेलनमा वरिष्ठ उपाध्यक्ष भिम कुमार श्रेष्ठले स्वागत एवम महासचिव रविन्द्र केसी संचालन गर्नुभएको थियो । महोत्सव प्रवेशका लागि १ सय रुपैंयाको टिकट दर तोकिएको छ । परिचयपत्रको आधारमा विद्यार्थीलाई ५० प्रतिशत छुट र र ज्येष्ठ नागरिकलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

    महोत्सव टिकट आम्दानीको ५ प्रतिशत संस्थाको सामाजिक उत्तरदायित्व वहन अन्तर्गत विभिन्न सामाजिक कार्यमा खर्च गरिने आयोजकले जानकारी दिएको छ । महोत्सवबाट बचत रकमबाट महिला उद्यमी विकास कोष, विपद् राहत कोष, व्यवसायीक राहत कोष स्थापना गर्ने लक्ष्य राखेको छ ।

    महोत्सवले ८ करोड सम्मको व्यापारीक कारोबार र ३ लाख ५० हजार दर्शक भित्र्याउने लक्ष्य लिएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    ‘दुई हजार ८ प्याकेट पटका प्रहरी नियन्त्रणमालिई नष्ट’

    October 14, 2025

    कृत्रिम गर्भाधानबाट जन्मेका उन्नत नश्लका पाडी तथा बाच्छी प्रोत्साहन

    October 14, 2025

    बिशेष महाधिवेशनको पक्षमा स्याङ्जा कांग्रेस

    October 14, 2025

    फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने

    October 12, 2025

    स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया

    October 12, 2025

    जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया

    October 11, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    ‘दुई हजार ८ प्याकेट पटका प्रहरी नियन्त्रणमालिई नष्ट’

    October 14, 2025

    कृत्रिम गर्भाधानबाट जन्मेका उन्नत नश्लका पाडी तथा बाच्छी प्रोत्साहन

    October 14, 2025

    बिशेष महाधिवेशनको पक्षमा स्याङ्जा कांग्रेस

    October 14, 2025

    फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने

    October 12, 2025

    स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया

    October 12, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    ‘दुई हजार ८ प्याकेट पटका प्रहरी नियन्त्रणमालिई नष्ट’

    October 14, 2025

    कृत्रिम गर्भाधानबाट जन्मेका उन्नत नश्लका पाडी तथा बाच्छी प्रोत्साहन

    October 14, 2025

    बिशेष महाधिवेशनको पक्षमा स्याङ्जा कांग्रेस

    October 14, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.