Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, September 16
    Trending
    • बाबुको तिथिमा कारागारलाई सहयोग
    • स्याङ्जा अदालतका स्थगित सेवा सोमबारदेखि पुनः सुचारु
    • बालदिवसमा हुने भनिएको पञ्चेबाजा प्रतियोगिता स्थगित
    • हट्यो स्याङ्जाको कफर्यू र निषेधाज्ञा
    • नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्धारा सपथ
    • स्याङ्जा अदालतले हाल अत्यावश्यक सेवा मात्र दिने
    • संबिधानको रक्षा गर भन्दै युवा संघ स्याङ्जाको प्रर्दशन
    • नेपालमा भएको जेन जी आन्दोलन र अहिलेको परिदृष्य
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » पौवेखोलामाथि नबनिर्मित पुलको उदघाटन
    पुतलीबजार नगरपालिका

    पौवेखोलामाथि नबनिर्मित पुलको उदघाटन

    Syangja SandeshBy Syangja SandeshJuly 27, 2025Updated:July 27, 2025No Comments3 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १० साउन । पुतलीबजार नगरपालिका ५ स्थित पौवैखोलामा निर्मित मोटरेबल पुलको शनिवार उदघाटन गरिएको छ । बाडखोला—पौवेगौडे—टक्सार—दुलेगौडा सडक अन्र्तगत पर्ने पुलको उदघाटन गरिएको हो ।

    पुल उदघाटन मन्तब्य ब्यक्त गर्दै गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात ब्यवस्था मन्त्री प्रकाशबहादुर के.सी.ले उदघाटन स्याङ्जा — पोखरा आवतजावतको बैकल्पिक रुपमा रहेको बाडखोला—दुलेगौडा अर्थात पोखरासम्मको सडक निर्माणलाई प्राथमिकतामा राखेको बताउनुभयो ।

    पुल बनेसंगै अव दैनिक आवतजावत, कृषि उत्पादनगरी ब्यवसायमा लागि आर्थिकोपार्जनमा समेत ध्यान दिन मन्त्री केसीले सुझाव दिनुभयो । जनताका आवश्यकतालाई ध्यान दिदै प्रधानमन्त्री केपी ओली र मुख्यमन्त्री सुरेन्द्र पाण्डेसंग सहकार्य अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।

    ‘यही बाटोमा पर्ने बुढीखोला पुलको लागि १ करोड बिनियोजन गरिएको छ । र सडक निर्माणका लागि आगामी बर्ष पहल गर्नेछु।’ उहाले भन्नुभयोे, ‘अबदेखि यो पुल तपाईंहरुको हो। यसको संरक्षण र उपयोग गर्दे आयआर्जनमा समेत ध्यान दिनुहोस् । बजारबाट सामान ल्याउने मात्र नभई यहाँ उत्पादन बढाएर निर्यात गर्नुहोस ्।’

    दुई करोड ३१ लाख ८० हजार लागत अनुमान गरिएको थियो। पुल निर्माणका लागि राङखोला सिद्धबाबा निर्माण सेवा भ्याट तथा पिएस रकम सहित १ करोड ८६ लाख ९२ हजारमा सम्झौता गरेको थियो ।

    पूर्वाधार विकास कार्यालय स्याङजाले आयोजना कार्यान्वयन गरेको थियो भने स्थानीय सडक पुल सहयोग इकाइको प्राबिधिक सहयोग रहेको पूर्वाधार विकास कार्यालयका प्रमुख दयाराम अधिकारीले जानकारी दिनुभयो ।

    पुलको लम्सालाई १५ दशमलब ६ मिटर लम्बाई अर्थात १ वाई १५ स्पान छ । पुलको चौडाई ८ दशमलब ४ र गाडी गुड्ने चौडाई ६ मिटरको छ । मानिस हिड्नका लागि पुलका दुबैतर्फ १ दशमलब २ मीटर फुटपाथ बनाइएको छ । निर्माण कम्पनीले तोकिएको समय भन्दा एक महिना अगावै सम्पन्न गरेको छ। सम्झौता मितिले १५ महिनामा निर्माण सम्पन्न भएको हो ।

    वि.स.२०७१ सालमा आएको बाढीले पुल बगाएपछि बाडखोला — पोखरा — दुलेगौडा ओहोरदोहोर गर्ने सहित स्थानीयबासीको जीवनयापन निकै कठिनाई भोग्दै आएका थिए । पुल बन्नुअघि उनीहरुले खोलाबाटै ओहोर दोहोर गर्दै आएका थिए ।

    सोही कार्यक्रममा गण्डकी प्रदेश राप्रपाका संसदीय दलका नेता एवं पूर्वमन्त्री पञ्चराम गुरुङ, सार्वजनिक लेखा समिति सभापति सुधिरकुमार पौडेल, सांसद एवं पूर्वमन्त्री सीता सुन्दास, सांसद कल्पना तिवारी, जिल्ला समन्वय समितिका अध्यक्ष श्रीप्रसाद जिटी, उपप्रमुख खडगराज सुवेदी, पुतलीबजारका उपप्रमुख देवी अर्याल, पूर्व नगरप्रमुख सीमा, मन्त्रालयका सचिव कोमलकुमार अधिकारी, जिसस पूर्वउपसभापति मदनबहादुर कार्की, लगायतले सानो पुल भएपनि यो भूमि उपयोग गर्नेका लागि निकै ठूलो कार्य भएकोमा जोड दिदै विकास निर्माणमा सहकार्य गर्दै अघि बढ्नु पर्ने बताउनुभयो ।

    पुल निर्माणसंगै बाडखोला—पोखरा—दुलेगौडा अन्र्तगत पक्की हुन बाँकी रहेका सडकलाई पक्की बनाउन आग्रह गर्दै विकास निर्माणमा सबै राजनीतिक दलबीच सहकार्य गर्दे अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।

    सिद्धार्थ राजमार्ग अन्र्तगतको स्याङ्जा — पोखरा सडकमार्ग भन्दा बाडखोला—पोखरासम्म पुग्नका लागि ६ किलोमिटर र बाडखोला—दुलेगौडा पुग्नका लागि १५ किलोमिटर बाटोको दुरी कम पर्ने उहाहरुको भनाई छ ।

    वडाअध्यक्ष अर्जुनकुमार कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा सदस्य सन्तोष रेग्मीले स्वागत एवं वडा सचिव राजेश पुरीले संचालन गर्नुभएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    बाबुको तिथिमा कारागारलाई सहयोग

    September 15, 2025

    स्याङ्जा अदालतका स्थगित सेवा सोमबारदेखि पुनः सुचारु

    September 15, 2025

    बालदिवसमा हुने भनिएको पञ्चेबाजा प्रतियोगिता स्थगित

    September 13, 2025

    हट्यो स्याङ्जाको कफर्यू र निषेधाज्ञा

    September 13, 2025

    नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्धारा सपथ

    September 13, 2025

    स्याङ्जा अदालतले हाल अत्यावश्यक सेवा मात्र दिने

    September 13, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    बाबुको तिथिमा कारागारलाई सहयोग

    September 15, 2025

    स्याङ्जा अदालतका स्थगित सेवा सोमबारदेखि पुनः सुचारु

    September 15, 2025

    बालदिवसमा हुने भनिएको पञ्चेबाजा प्रतियोगिता स्थगित

    September 13, 2025

    हट्यो स्याङ्जाको कफर्यू र निषेधाज्ञा

    September 13, 2025

    नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्धारा सपथ

    September 13, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    बाबुको तिथिमा कारागारलाई सहयोग

    September 15, 2025

    स्याङ्जा अदालतका स्थगित सेवा सोमबारदेखि पुनः सुचारु

    September 15, 2025

    बालदिवसमा हुने भनिएको पञ्चेबाजा प्रतियोगिता स्थगित

    September 13, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.