Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, December 14
    Trending
    • रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
    • स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
    • वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
    • ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने
    • नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
    • बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर
    • पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
    • पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » स्वतन्त्रता दिवसमा स्याङ्जामा पत्रकारको स्वास्थ्य परिक्षण
    वालिङ् नगरपालिका

    स्वतन्त्रता दिवसमा स्याङ्जामा पत्रकारको स्वास्थ्य परिक्षण

    Syangja SandeshBy Syangja SandeshMay 4, 2025Updated:May 4, 2025No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २० बैशाख । विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा स्याङ्जामा पत्रकारहरुको स्वास्थ्य परिक्षण गरिएको छ ।

    पत्रकार महासंघ स्याङ्जाको आयोजना, वालिङ नगरपालिकाको सहयोग र गह्रौँ प्राथमिक अस्पताल वालिङको प्राविधिक सहयोगमा शनिबार गह्रौँ प्राथामिक अस्पतालमा पत्रकारहरुका लागी नसर्ने रोग, आँखा परिक्षण तथा महिला पत्रकाहरुका लागी पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ गरिएको हो ।

    कार्यक्रमको उद्दघाटन गर्दै वालिङ नगरपालिका उपप्रमुख कविता तिवारी गैह्रेले स्याङ्जाको पत्रकारीता विकास र दक्षताका लागी वालिङ नगरपालिका सँधै साथमा रहेको बताउनुभयो । उपप्रमुख तिवारी गैह्रेले भन्नुभयो, “वालिङ स्याङ्जाको केन्द्र हो यहाँको विकासका लागी पत्रकारहरुको सुझावको पनि आवश्यकता पर्दछ । जनप्रतिनिधिले नदेखेका धेरै विषय पत्रकारहरुको आँखाबाट देख्न सकिन्छ । तसर्थ यहाँको विकासका लागी पत्रकारहरुको अमुल्य सुझाव र सल्लाहका साथ हामी अगाडि बढ्नेछौँ ।” वालिङको छुट्टै गरिमा र पहिचान गरेकाले यसको साख बचाउँदै थप उचाईमा पु¥याउन तथा नगरका सकरात्मक कार्यहरुहरुलाई आम नागरिकसमक्ष पु¥याउन र कमीकमजोरी औँल्याउन पनि पत्रकारहरुले भुमिका खेल्ने उपप्रमुख तिवारीको भनाई थियो ।

    कार्यक्रममा गह्रौँ प्राथमिक अस्पताल वालिङका अध्यक्ष तथा वालिङ नगरपालिका निर्वतमान प्रमुख दिलिपप्रताप खांणले राज्यको चौँथो अंगको रुपमा रहेको पत्रकारिता स्वतन्त्र हुनुपर्ने बताउनुभयो ।

    कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश सदस्य श्रीकृष्ण सिग्देल, वालिङ नगरपालिका स्वास्थ्य साखा प्रमुख कमल पाण्डेलगायतले पत्रकारहरुप्रति पछिल्लो समय सामाजिक सञ्जालहरुमा आक्रमण भईरहेको भन्दै यसका लागी पत्रकारिताको छवि पनि स्वस्च्छ राख्न आवश्यक रहेको बताउनुभयो ।

    कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष प्रदिप कोईरालाले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा नसर्ने रोगसंगै आँखाको जाँच समेत थप गरेर यो शिविरको आयोजना गरिएको भन्दै सँधै समाज र राष्ट्रको शुसासन र स्वास्थ्यको चिन्ता गर्ने पत्रकारहरुले आफ्नै स्वास्थ्यलाई पनि ख्याल गर्नुपर्नेमा जोड दिनुभयो ।

    अध्यक्ष कोईरालाको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत वरिष्ठ उपाध्यक्ष माधव गैह्रे र सञ्चालन सहसचिव कला रानाले गर्नुभएको थियो ।

    नेपाल सरकार स्वास्थ्य मन्त्रालयले महिला पत्रकारहरुका लागी पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ गर्ने तथा नसर्ने रोगहरुको परिक्षण गर्ने परिपत्र नेपाल पत्रकार महासंघको केन्द्रिय कार्यालयलाई गरेकाले महासंघ स्याङ्जा साखाले यो शिविरको आयोजना गरेको बताउनुभयो ।

    कार्यक्रममा ७ जना महिला पत्रकारहरुको पाठेघरको मुख क्यान्सरको स्क्रिनिङ, २४ जना पत्रकारहरुले आँखा, मुटु, सुगर, उच्च रक्तचाप, मृगौलाको परिक्षण गराएका छन् ।

    शिविरमा गह्रौँ प्राथामिक अस्पतालका विशेषज्ञ डाक्टर सुमन थपलिया, मेडिकल अधिकृत डा. रोशन रेग्मी, अस्पताल नर्सिङ निरिक्षक भोजकुमारी शर्मा, ल्याब असिष्टेन्ट निरिक्षक इश्वर कोईरालालगायतको टोलीले सेवा दिनुभएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.