स्याङ्जा २४ असोज । नेपालीहरुको दोस्रो ठुलो पर्व तिहारलाई लक्षित गर्दै ल्याईएको पटका प्रहरीले बरामद गरेको छ ।
सिद्धार्थ राजमार्ग अन्र्तगत गल्याङ् नगरपालिका १ राम्दी स्थित सिद्धार्थ राजमार्ग नजिक रहेको अस्थायी प्रहरी चौकी राम्दी खटिएको प्रहरी टोलीले सवारी साधनहरू चेकजाँच गर्ने क्रममा बुटवलबाट वालिङतर्फ आउँदै गरेको बा ७७०४ नम्बरको स्र्कापियो जीपमा लुकाई छिपाई ल्याएको अवस्थामा १ हजार २८ प्याकेट पटका बरामद गरेको हो । बरामद गरिएको पटका स्थानिय जनप्रतिनिधी, समाजसेवी, पत्रकार लगायतको उपस्थिति र रोहवरमा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।
त्यस्तै प्रहरीले फरार व्यक्तिलाई पक्राउ गरेको छ । अदालतबाट भएको फैसला कार्यान्वयनलाई चुस्त, दुरूस्त र प्रभावकारी बनाई न्यायीक कारवाहीलाई पूर्णता दिई, सुरक्षित र न्यायपूर्ण समाज निर्माणको सुनिश्चितताको अभियानाका साथ सक्रिय प्रहरीले दुई जना फरार व्यक्तिलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको विशेष अप्रेसन टोलीले सम्मानित अदालतबाट निम्न मुद्दा फैसला भई जरिवाना भुक्तान गर्न बाँकी रहेका पाल्पाको रम्भा गाउँपालिका १ घर भई गल्याङ ९ बस्ने यामबहादुर गाहा र आँधीखोला गाउँपालिका ५ का रमा पौडेललाई बाँकी सजया भुक्तानीका लागी अदालत पठाएको छ । गाहा बिना ईजाजत सालको काठ ओसारपसार र पौडेल भ्रष्टाचार मुद्धाका व्यक्तिहरु हुन् ।