Close Menu
    Facebook X (Twitter) Instagram
    Monday, December 8
    Trending
    • लैंगिक हिंसा बिरुद्धको अभिमूखीकरण सहित स्वयंसेविका सम्मान
    • मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन
    • कबिता प्रतियोगितामा ३२ जना विद्यार्थीबीच प्रतिस्पर्धा
    • वालिङ सडक खाना महोत्सव एक दिन लम्बियो
    • लैंगिक हिंसा बिरुद्ध सरोकारवालाबीच सचेतनामूलक अन्तरक्रिया
    • फलफुल तथा तरकारी नर्सरी ब्यवस्थापन तालिम
    • अन्तर्राष्ट्रिय अंपागता दिवसमा ८ वटा बिबिध कार्यक्रम
    • जबरजस्ती करणीका फरार आरोपी १३ बर्षपछि पक्राउ
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » समयानुकूल परिवर्तन हुन आवश्यक ः सांसद परियार
    वालिङ् नगरपालिका

    समयानुकूल परिवर्तन हुन आवश्यक ः सांसद परियार

    Syangja SandeshBy Syangja SandeshAugust 13, 2025Updated:August 13, 2025No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङजा २७ साउन । नेपाली काँग्रेसका सह–महामन्त्री तथा संघीय सांसद जिवन परियारले पार्टीको संगठन, नीति र कार्यशैली समयानुकूल परिमार्जन गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।

    वालिङ नगरपालिकाको आयोजना तथा दलित महिला केन्द्र नेपालको सहकार्यमा आयोजित ‘स्थानीय तहको निर्वाचनमा महिला जनप्रतिनिधिको सहभागिता सुनिश्चितता’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै परियारले जनताको अपेक्षाअनुसार पार्टीले आफ्नो नीति तथा कार्यशैली अद्यावधिक गर्नुपर्नेमा जोड दिनुभयो ।

    “बहुदलीय व्यवस्था आएपछि एक विद्यालय, एक शिक्षिका कार्यक्रम ल्यायौं, तर त्यसको प्रभाव र महत्व आम नागरिकलाई बुझाउन सकेनौं,” उहाले भन्नुभयो, महिलाहरुलाई अग्रसर बनाउन नेपाली काँग्रेसले स्थापना कालदेखि नै महत्वपूर्ण भूमिका खेल्दै आएको परियारको भनाई थियो ।

    सोही कार्यक्रममा नेपाली काँग्रेसका नगर सभापति नेत्र प्रसाद पाण्डेले नेपालको संविधानमा २०७२ ले महिलाहरुलाई दिएको ३३ प्रतिशत सहभागि अनिवार्य पार्टीको तर्फबाट कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

    नेपाली काँग्रेसभित्र महिलाहरुको भूमिका अन्तर्गत , चुनौती , बर्तमान अवस्था र आगामी कदमको विषयमा टोली नेता सीता विक , शान्ता थापा र सीता थापाले आआफ्नो धारणा ब्यक्त गर्नुभयो ।महिलाहरुलाई पार्टी प्रशिक्षणको अभाव , उहाहरुलाई हेर्ने सामाजिक दृष्टिकोण र आर्थिक तथा पारिवारिक दबाब जस्तो बर्तमान अवस्था रहेको कारण पार्टीमा महिला जनप्रतिनिधिको नेतृत्व समस्यामा परेको नगर कार्यपालिका सदस्य सीता विकले बताउनुभयो ।

    सोही कार्यक्रममा नेपाली काँग्रेसका महासमिति सदस्य तथा दलित संघ जिल्लाका अध्यक्ष लिल बहादुर रनपाल , पूर्व कार्यपालिका सदस्य गीता रनपाल , नेपाली काँग्रेस नगर उपसभापति सीता थापा लगायतले पार्टीले महिलाहरुको भूमिकामा उत्तरदायी हुनुपर्ने विचार व्यक्त गर्नुभयो ।

    ‘स्थानीय तहको निर्वाचनमा महिला जनप्रतिनिधिको सहभागिता सुनिश्चितता’ विषयक कार्यक्रममा नेकपा एमाले लगाएत जिल्ला स्थित सबै राजनैतिक दलसँग अन्तक्रिया कार्यक्रम संचालन गरिने दलित महिला केन्द«का फिल्ड अधिकृत रितेश सांशकरले बताउनुभयो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    लैंगिक हिंसा बिरुद्धको अभिमूखीकरण सहित स्वयंसेविका सम्मान

    December 6, 2025

    मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन

    December 6, 2025

    कबिता प्रतियोगितामा ३२ जना विद्यार्थीबीच प्रतिस्पर्धा

    December 6, 2025

    वालिङ सडक खाना महोत्सव एक दिन लम्बियो

    December 6, 2025

    लैंगिक हिंसा बिरुद्ध सरोकारवालाबीच सचेतनामूलक अन्तरक्रिया

    December 5, 2025

    फलफुल तथा तरकारी नर्सरी ब्यवस्थापन तालिम

    December 5, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    लैंगिक हिंसा बिरुद्धको अभिमूखीकरण सहित स्वयंसेविका सम्मान

    December 6, 2025

    मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन

    December 6, 2025

    कबिता प्रतियोगितामा ३२ जना विद्यार्थीबीच प्रतिस्पर्धा

    December 6, 2025

    वालिङ सडक खाना महोत्सव एक दिन लम्बियो

    December 6, 2025

    लैंगिक हिंसा बिरुद्ध सरोकारवालाबीच सचेतनामूलक अन्तरक्रिया

    December 5, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    लैंगिक हिंसा बिरुद्धको अभिमूखीकरण सहित स्वयंसेविका सम्मान

    December 6, 2025

    मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन

    December 6, 2025

    कबिता प्रतियोगितामा ३२ जना विद्यार्थीबीच प्रतिस्पर्धा

    December 6, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.