Close Menu
    Facebook X (Twitter) Instagram
    Saturday, November 22
    Trending
    • आइएसओ सर्टिफाइडका लागि गल्याङमा अभिमूखीकरण
    • पञ्चेबाजाको उपाधी कालीगण्डकी गाउँपालिकाको जनता माविलाई
    • शितला माविका विद्यार्थीलाई न्यानो कपडा
    • आँधीखोला गाउँपालिकामा उत्पादित दूध पोखरामा
    • एआई—एक्सरेद्धारा क्षयरोग खोजपड्ताल शिविरमा पुतलीबजारका २०८ जना लाभान्वित
    • पुतलीबजारका वडाहरुमा कुखुराका चल्ला बितरण सुरु
    • पर्यटक लोभ्याउदै स्याङ्जाकै अग्लो चिउरीको झोलुंगे पुल
    • बहुवर्षिय मझौला आयोजनाको ३६ प्रतिशत वित्तीय प्रगति
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » पञ्चेबाजाको उपाधी कालीगण्डकी गाउँपालिकाको जनता माविलाई
    कालिगण्डकी गाउँपालिका

    पञ्चेबाजाको उपाधी कालीगण्डकी गाउँपालिकाको जनता माविलाई

    Syangja SandeshBy Syangja SandeshNovember 22, 2025Updated:November 22, 2025No Comments3 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ५ मंसिर । विश्व बालदिवसको अवसर पारेर स्याङ्जामा बालबालिकाका समूह बीच भएको पञ्चेबाजा प्रतियोगितामा कालीगण्डकी गाउँपालिकाको जनता मावि प्रथम भएको भएको छ । दोश्रो पटक भएको यो प्रतियोगितामा गतबर्ष पनि कालीगण्डकी नै प्रथम भएको थियो ।

    आँधीखोला गाउपालिका स्थित जनहित मावि द्धितीय र पुतलीबजार नगरपालिका स्थित लामागे पञ्चेबाजा समूह तृतीय र पुतलीबजार नागडाँडा स्थित सरस्वती मावि सान्त्वना भएका छन् । उद्योग तथा पर्यटन मन्त्रालय र सामाजिक विकास, युवा तथा खेलकूद मन्त्रालय एकीकृत सेवा कार्यालय स्याङ्जाको आयोजनामा आयोजित प्रतियोगितामा पालिकागत बालबालिकाका ८ समूह सहभागि थिए ।

    बिजयी समूहलाई गण्डकी प्रदेश सांसद तथा सार्वजनिक लेखा समितिका संयोजक सुधिर पौडेल, उद्योग तथा पर्यटन र सामाजिक विकास, एकीकृत सेवा कार्यालय प्रमुख जीवन पौडेलले नगद सहित प्रमाणपत्र प्रदान गर्नुभएको छ ।

    कार्यक्रममा बोल्दै सांसद पौडेलले कला र संस्कृतिको संरक्षणसंगै पुस्तातरणका लागि यस्ता कार्यक्रम प्रभावकारी बन्ने बताउनुभया । जुन मुलुकमा कला र संस्कृतिको सम्मान हुन्छ त्यस मुलुकको विकास र समृद्धि पनि उच्च र जीवन्त रहने बताउनुभयो ।

    ‘राष्ट्रको बिखण्डन गर्नुछ भने सबेै भन्दा पहिला कला, सस्कृतिमा प्रहार हुन्छ । अहिले मुलुकलाई बिखण्डनतर्फ लगिदैछ । हाम्रा कला, संस्कृतिमा प्रहार भएको छ । राजनीतिक अधिकार खोसिदैछ । राजनीतिक ब्यवस्था ठिक भएका बेला धेरै अधिकार प्राप्त भएको थियो । अहिले राजनीतिक अवस्था ठिक ठाउमा छैंन । बालअधिकार मिचिएको छ । हाम्रा अधिकार खुम्चिएको छ ।’ उहाले भन्नुभयो ।

    गणतन्त्र प्राप्तिसंगै हामीले पाएको संबिधान मिचिएको जनाउनुभयो । संंबिधानको संरक्षण र पालना नभएसम्म हाम्रा बालअधिकार सहित मानवअधिकारको सुनिश्चितता नहुने जनाउदै राजनीतिक दललाई नियन्त्रण गर्ने कामले कसैको पनि अधिकार उपयोग हुनै नसक्ने दावी गर्नुभयो ।

    चुनावको मिति तोकेको सरकारले ढुक्कसंग मतदान गर्ने अवस्था नरहेको दावी गर्नुभयोे । राजनीतिक अधिकार हनन् भएका बेला बालअधिकारसंगै सबैका अधिकार हनन हुनेमा जोड दिनुभयो । जेलबाट भागेका एक कैदीले एक रातमा ३ वटा मोटरसाइकल चोरेर डिडेको छ । तर, उसलाई पक्राउ गर्न सकेको छैंन भने कुन आधारमा टेकेर चुनाव होला, कस्तो चुनाव होल उनको प्रश्न थियो । शान्ति सुरक्षा कायम गर्दै भयरहित वातावरण बनाउन समेत सरकारलाई सांसद पौडेलको आग्रह छ ।

    आयोजक कार्यालयका प्रमुख जीवन पौडेलले बाल अधिकार सहित बालबालिकाको आवाजलाई गायन र पञ्चेबाजाको संगित मार्फत् थप बुलन्द बनाउन र बालबालिकामा रहेको अन्तरनिहित प्रतिभा प्रस्फुटनमा गराउने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको जानकारी गराउनुभयो ।

    कार्यक्रममा भूतपूर्व सैनिक आवासिय मावि ब्यवस्थापन समितिका अध्यक्ष सुवेदार कृष्णमान प्रधान, नगर शिक्षा समिति सदस्य मुक्तिप्रसाद रेग्मी, गण्डकी प्रदेश बाल परिषद अध्यक्ष अध्यक्ष सन्दीप चापागाइले बालअधिकार र वालबालिका लक्षित सृजनशिल प्रतियोगिताको प्रशंसा गर्दै सबैका हक, हित र अधिकार कार्यान्वयनका निम्ति राज्य र सरोकारवाला सबै निकायले आ आफना जिम्मेवारी पुरा गर्नुपर्नेमा जोड दिनुभयो ।

    सोही कार्यक्रममा दोहोरी गायक, सर्जक लोेकनाथ सापकोटाले गीत गाउनु भएको थियो भने प्रतियोगिता निर्णायक समितिका संयोजक बुद्धिबहादुर परियारले प्रतियोगी बालबालिका आचारसंहिता सहित नियमका बारेमा जानकारी गराउनुभएको थियो ।

    प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः १५ हजार, १० हजार, ७ हजार, ४ हजार सहित प्रमाणपत्र प्रदान गरिएको छ । यसैगरी, उत्कृष्ट सहनाई, ढोलकी र दमाह वादक क्रमश ः आदर्श सुनाम, राहुल परियार र कुशल परियारलाई नगद सहित पुरस्कृत गरिएको थियो ।

    जिल्ला बाल संजालका अध्यक्ष सुजाता पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन संचारकर्मी बिक्रम परियारले गर्नुभएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    आइएसओ सर्टिफाइडका लागि गल्याङमा अभिमूखीकरण

    November 22, 2025

    शितला माविका विद्यार्थीलाई न्यानो कपडा

    November 21, 2025

    आँधीखोला गाउँपालिकामा उत्पादित दूध पोखरामा

    November 21, 2025

    एआई—एक्सरेद्धारा क्षयरोग खोजपड्ताल शिविरमा पुतलीबजारका २०८ जना लाभान्वित

    November 21, 2025

    पुतलीबजारका वडाहरुमा कुखुराका चल्ला बितरण सुरु

    November 21, 2025

    पर्यटक लोभ्याउदै स्याङ्जाकै अग्लो चिउरीको झोलुंगे पुल

    November 21, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    आइएसओ सर्टिफाइडका लागि गल्याङमा अभिमूखीकरण

    November 22, 2025

    पञ्चेबाजाको उपाधी कालीगण्डकी गाउँपालिकाको जनता माविलाई

    November 22, 2025

    शितला माविका विद्यार्थीलाई न्यानो कपडा

    November 21, 2025

    आँधीखोला गाउँपालिकामा उत्पादित दूध पोखरामा

    November 21, 2025

    एआई—एक्सरेद्धारा क्षयरोग खोजपड्ताल शिविरमा पुतलीबजारका २०८ जना लाभान्वित

    November 21, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    आइएसओ सर्टिफाइडका लागि गल्याङमा अभिमूखीकरण

    November 22, 2025

    पञ्चेबाजाको उपाधी कालीगण्डकी गाउँपालिकाको जनता माविलाई

    November 22, 2025

    शितला माविका विद्यार्थीलाई न्यानो कपडा

    November 21, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.