Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, December 14
    Trending
    • रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
    • स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
    • वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
    • ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने
    • नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
    • बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर
    • पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
    • पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » पञ्चमूलकोे खोरिया बस्तीमा खानेपानी पुगेसंगै स्थानीय हर्षित
    आँधीखोला गाउँपालिका

    पञ्चमूलकोे खोरिया बस्तीमा खानेपानी पुगेसंगै स्थानीय हर्षित

    Syangja SandeshBy Syangja SandeshMarch 31, 2025Updated:March 31, 2025No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १७ चैत । पर्यटकीय गाउँ पञ्चमूलको खोरिया बस्तीमा खानेपानीको सुबिधा पुगेसंगेै यहाँका १२ घरधुरी खुशीले हर्षित भएका छन ।

    करिब २ महिनादेखि आगनमा धारमाबाट पानी झारेर खान पाएपछि खोरियाबासीले आफुलाई पानीको जोहो गरिदिने गण्डकी प्रदेशका उर्जा, जलश्रोत तथा खानेपानी पुर्वमन्त्री सरस्वती अर्याललाई सम्झिए अनि उदघाटनका लागि बोलाउने चाजोपाजो मिलाए ।

    यी सबै कामका लागि महिला नेतृ एवं पर्यटन ब्यवसायी उर्मिला गुरुङ्लाई खोरिया बस्तीले जिम्मेवारी दियो । अनि, पूर्वमन्त्री सोही स्थानमा पुगेर खानेपानी टंकी सहित धाराको उदघाटन गर्नुभयो । ‘धाराबाट पानी झरयो, प्रदेश सांसद समेत रहेका अर्यालले अंजुली भरेरे पानी पिउनुभयो ।’ खानेपानीको उदघाटन गरियो ।

    आधीखोला गाउँपालिका १ पञ्चमूलमा रहेको खोरिया बस्तीमा अधिकांश दलितहरुको बसोवास छ । उचाईमा रहेको गाउँ र सधैभरी घमाइलो हुने भएकाले पानीका स्रोत भने प्रर्याप्त नभएको स्थानीयको भनाई छ ।

    आफु मन्त्री हुदाँ स्थानीयबासीका माग र अत्यावश्यक पनि भएकाले खानेपानीको ब्यवस्था मिलाएको सांसद अर्यालको भनाई छ । पानी जीवन भएकाले सहिसदुपयोग र संरक्षण गर्न उनले सुझाव दिनुभयो ।

    पानीको स्रोतहरु हराउदै जानु चिन्ताको बिषय भएको जनाउदै पुराना पानीका स्रोतको पहिचान गर्दैे स्रोत बढाउनु पर्नेमा सांसद अर्यालले जोड दिनुभयो । सबै नागरिक खानेपानीको पहुँचमा पुग्नु पर्ने आफनो अभियान मन्त्री हुदा पनि थियो र आज पनि सोही रहेको उहाले भन्नुभयो ।

    सोही कार्यक्रममा आँधीखोला १ का वडासदस्य मोहदत्त ढकाल, नेपाली कांग्रेस महासमिति सदस्य तारा मल्ल, गण्डकी प्रदेश सदस्य उर्मिला गुरुङ, पञ्चमूल वडा सभापति एवं समाजसेवी नरबहादुर जिटी, खानेपानीका उपभोक्ता सुभाष विक, शान्ति विक, आमा समूहका अध्यक्ष ज्योती बिक लगायतले खानेपानीको अत्यन्तै दुख भएको स्थानमा खानेपानीको जोहो भएकोमा जोड दिनुभयो ।

    घर आगनमै खानेपानीको धारा भएपछि महभीर तथा पल्लो गाउँमा पुगेर ल्याउनु पर्ने वाध्यता हटेको ज्योती विकले सुनाउनुभयो । पानी बोक्ने समय अव अन्न तथा पशुपालनतर्फ खर्चिने उहाले भन्नुभयो ।

    खानेपानी टंकी २० हजार लिटर क्षमताको रहेको र १२ लाखको लागतमा निर्माण गरिएको निर्माणकर्ता युवराज गुरुङ्ले जानकारी दिनुभयो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.